वाम एकताको अभियानः आशा भन्दा आशंका धेरै

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन १८, २०७४
|
|
३८ पटक हेरिएको
Shares
वाम एकताको अभियानः आशा भन्दा आशंका धेरै

सारांश

  • एमाले, माओवादी र नयाँ शक्ति पार्टीले चुनावी तालमेलसँगै पार्टी एकता नै गर्ने भए भन्ने सुन्दा अझै पनि धेरैलाई विश्वास लागेको छैन ।
  • दसैँको रमझम नसकिँदै एकाएक देखिएको राजनीतिक तरंगले धेरै आश्चर्य चकित भएका छन् ।
  • मंगलबार तीन पार्टीका शीर्ष नेताहरुले सहमतिपत्रमा हस्ताक्षर र हातेमालो गर्दै एउटै कम्युनिष्ट पार्टी बनाउने उद्घोष गर्दा आशासँगै आशंका गर्नेहरुको जमात पनि बढेको छ ।

एमाले, माओवादी र नयाँ शक्ति पार्टीले चुनावी तालमेलसँगै पार्टी एकता नै गर्ने भए भन्ने सुन्दा अझै पनि धेरैलाई विश्वास लागेको छैन । दसैँको रमझम नसकिँदै एकाएक देखिएको राजनीतिक तरंगले धेरै आश्चर्य चकित भएका छन् । मंगलबार तीन पार्टीका शीर्ष नेताहरुले सहमतिपत्रमा हस्ताक्षर र हातेमालो गर्दै एउटै कम्युनिष्ट पार्टी बनाउने उद्घोष गर्दा आशासँगै आशंका गर्नेहरुको जमात पनि बढेको छ । यो एकीकरण चुनावसम्म मात्र हो कि त्यसपछि साँच्चै एउटै कम्युनिष्ट पार्टी बन्छ भन्नेमा स्वयं नेता कार्यकर्ता समेत अलमलमा छन् ।

पहिलो कुरा त चुनावको मुखमा कम्युनिष्ट पार्टीहरुबिच एकता हुनु सकारात्मक संकेत हो । यसले छरिएर रहेका अरु कम्युनिष्ट पार्टीहरुलाई पनि एक ठाउँमा उभ्याउन बल त मिल्छ नै । आन्तरिक किचलोमा अल्झिएको नेपाली कांग्रेसलाई समेत एक ढिक्का बनाउन दबाब पुग्छ । त्यसैले वाम पार्टीहरुलाई एक ठाममा ल्याउन र अरु पार्टीहरुको आन्तरिक एकता बलियो बनाउनको लागि यो सकारात्मक संकेत हो ।

अर्को महत्वपूर्ण कुरा, वाम एकताको यो अभियानले देशमा राजनीतिक स्थिरता ल्याउँछ भन्ने धेरैको विश्वास छ । लामो समयदेखि कुनै पनि एक पार्टीको बहुमत नआउँदा सरकार सञ्चालनमा गठबन्धनको संस्कृति भित्रियो । यसले राजनीतिक विकृति मात्र ल्याएन, विकास निर्माणको काम पनि पछि धकेलियो । बाम धु्रवीकरणको अभियानले प्रजातान्त्रिक शक्तिलाई पनि एक ठाउँमा उभिन दबाब पुग्छ । अनि आगामी चुनावबाट कुनै एक दलको बहुमत आउने निश्चित हुन्छ ।

हुन त एकता अभियानको घोषणा कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले एकै स्वरमा चुनावपछि कम्युनिष्टहरुको दुई तिहाई बहुमत पुग्ने दाबी गरेका छन् । भर्खरै सकिएको स्थानीय चुनावको परिणामलाई विश्लेषण गर्दा नेताहरुको दाबी असम्भव पनि देखिँदैन ।

कार्यकर्ता व्यवस्थापन र चुनावी तालमेललाई त्यसै ढंगले अगाडि बढाउन सके भने आउँदो चुनावमा कम्युनिष्टहरुको बहुमत आउन सक्छ । चुनावी तालमेलले भनेजस्तो परिणाम आयो भने उनीहरुलाई पार्टी एकता गर्न दबाब पनि पुग्छ । कम्युनिष्टहरु एक ठाउँमा उभिने बित्तिकै कांग्रेससहित अरु प्रजातान्त्रिक शक्तिलाई पनि एक ढिक्का बन्न प्रेरणा मिल्छ । जसले राजनीतिक स्थिरतलाई नै बल पुर्याउँछ ।

आशंका झन् धेरै

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र लगत्तै एउटै कम्युनिष्ट पार्टी बनाउने सहमतिले आउँदो चुनावपछि देशमा राजनीतिक स्थिरता आउने सन्देश त दिएको छ । तर आशा र अपेक्षाभन्दा आशंका धेरै छन् ।

नेपालका कम्युनिष्ट पार्टीहरुमा जुट्ने भन्दा फुट्ने प्रवृत्ति धेरै छ । एउटै पार्टीभित्र पनि गुट, उपगुट झाँगिएको छ । व्यक्तिगत र पार्टीगत स्वार्थले प्रायः सबै नेता ग्रसित छन् । कुर्सीको लागि जे गर्न पनि तयार हुन्छन् भन्ने कुरा विगतमा उनीहरुले देखाएको व्यवहारबाटै पुष्टि भैसकेको छ ।

यसअघि ओलीलाई प्रधानमन्त्री बनाउँदा, प्रधानमन्त्रीबाट हटाउँदा अनि पछिल्लोपटक पार्टी एकताको अभियान घोषणा गर्दा प्रचण्डले राजनीतिमा असम्भव भन्ने कुरा केही छैन भन्ने कुरा दोहोर्याउनुभएको छ । अहिले चुनावी तालमेल र पार्टी एकताको अभियान घोषणा हुनुलाई यही अर्थ लगाउने नेताले भोलिपर्सि फेरि गठबन्धन तोड्दै ‘राजनीतिमा असम्भव भन्ने केही हुँदैन’ भनेर व्याख्या नगर्लान् भन्ने आधार के छ ?

त्यसमाथि एमाले, माओवादी र नयाँ शक्ति पार्टीका विचार र अडानमा आकाश पातालको फरक छ । संविधान र मधेसलाई हेर्ने दृष्टिकोण फरक छ । नेता र कार्यकर्तामा एकअर्काप्रतिको तिक्तता कायमै छ । तीनै पार्टीका नेताबिच एकअर्काप्रति आलोचना नगर्ने सहमति त भएको छ । तर पार्टी एकता अभियानको घोषणासँगै नेता कार्यकर्ता पंक्तिबाट क्रिया प्रतिक्रियाबाट पार्टीहरुको आन्तरिक व्यवस्थापनमा ठूलो चुनौती देखिन्छ ।

एउटै पार्टीबाट चुनाव लड्दा पनि उम्मेदवारका आकांक्षी धेरै थिए । तालमेलको घोषणा हुनुअघि केही जिल्लामा एमाले र माओवादीले उम्मेदवार टुंगो समेत लगाइसकेका छन् । अब तालमेल मिलाउँदा आकांक्षीलाई थामथुम पार्न निकै कठिन हुने देखिन्छ । हिजोसम्म एकअर्का पार्टीप्रति आलोचना गर्दै आएका नेता कार्यकर्ताको मनोविज्ञानलाई मिलाउन पनि उत्तिकै चुनौती छ । जसोतसो चुनावमा यी चुनौतीलाई पार लगाएपनि त्यसपछि पार्टी एकीकरणको बेला त्यसको व्यवस्थापन कसरी हुन्छ भन्ने आशंका झन् बढी उब्जिएको छ ।

अनि पहिले पनि कम्युनिष्ट एकता हुनुपर्छ भन्ने तर टुट, फुट र गुटमा रमाउने उनीहरु अहिले किन एक ठाउँमा उभिन तयार भए भन्ने आशंका गर्नेहरु पनि धेरै छन् । हुन त नेताहरुले चुनावी तालमेल र पार्टी एकीकरणको अभियान कांग्रेस लगायत अरु कसैको बिरुद्धमा होइन त भनेका छन् । तर व्यवहारबाट यो कुरा देखिन जरुरी छ ।

जे होस् कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिनु उनीहरुका लागि मात्र होइन देशकै लागि सकारात्मक सन्देश हो । देशमा राजनीतिक स्थायित्व र विकास निर्माणले फड्को मार्छ भन्ने संकेत पनि हो । तर उनीहरुको एकता चुनावबाट सत्ता चलाउनको लागि मात्र हो या त्यसपछि एउटै कम्युनिष्ट पार्टी बनाएर देशमा आर्थिक क्रान्ति ल्याउने उदेश्यले पनि हो भन्ने भरपर्दो र विश्वासिलो आधार अझै पनि देखिएको छैन ।

एकता अभियानको घोषणा गर्दा हातेमालो गर्ने तिनै शीर्ष नेताहरुका विगत व्यवहारबाट आमनागरिक मात्र होइन, उनीहरुकै कार्यकर्ता समेत आशावादी छैनन् । आफ्ना कार्यकर्तासँगै आमनागरिकमा आशा र विश्वास जगाउने काम तिनै शीर्ष नेताहरुको आगामी कदम र व्यवहारमा भर पर्छ ।  उज्यालो अन्लाईन बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमसीसी सम्झौता कार्यान्वयनको बाटोमा गयो : एमसीसी मुख्यालय
ओली, देउवा, प्रचण्ड र गच्छदारलाई किन बोलाइन् राष्ट्रपति भण्डारीले ?
ओली, देउवा, प्रचण्ड र गच्छदारलाई किन बोलाइन् राष्ट्रपति भण्डारीले ?
चर्चामा पारस शाह र सोनिया रोकायको हिमचिम (भिडियो सहित)
चर्चामा पारस शाह र सोनिया रोकायको हिमचिम (भिडियो सहित)
पृथ्वीराजमार्गको दुई ठाउँमा सकेट बम भेटियो
पृथ्वीराजमार्गको दुई ठाउँमा सकेट बम भेटियो
बागमती प्रदेशसभा सदस्यको शपथ बिहीबार, मातृभाषामा शपथका लागि अग्रिम जानकारी दिनुपर्ने
बागमती प्रदेशसभा सदस्यको शपथ बिहीबार, मातृभाषामा शपथका लागि अग्रिम जानकारी दिनुपर्ने
यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकका निर्णय
यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकका निर्णय
कुशलकी आमा भन्छिन्-‘साग केलाउँदै छोराको खेल हेरें, देशको नाम राख्यो निकै खुसी छु’
कुशलकी आमा भन्छिन्-‘साग केलाउँदै छोराको खेल हेरें, देशको नाम राख्यो निकै खुसी छु’
डा. गोविन्द केसीलाई प्रधानमन्त्री ओलीकाे अाग्रह: अनशन छोडेर काठमाडौं आउनुहाेस
चुनावमा ‘चोर बाटो’ बाट करोडौं रुपैयाँ खर्च
चुनावमा ‘चोर बाटो’ बाट करोडौं रुपैयाँ खर्च
एकताको घोषणा गर्ने भनेकै दिन माओवादी केन्द्रको सचिवालय बैठकले गर्यो यस्तो निर्णय
एकताको घोषणा गर्ने भनेकै दिन माओवादी केन्द्रको सचिवालय बैठकले गर्यो यस्तो निर्णय

तपाईंले छुटाउनुभयो कि?