कोरोनाको कहरः इटलीका एक दर्जन सहर बन्द

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन ११, २०७६
|
|
३५ पटक हेरिएको
Shares
कोरोनाको कहरः इटलीका एक दर्जन सहर बन्द

सारांश

  • काठमाडौं, फागुन ११ ।
  • युरोपमै सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमितहरू भेटिएपछि इटलीले यसको प्रकोप नियन्त्रण गर्न असाधारण उपायू अपनाउने भएको छ।
  • कोभिड(१९ का बिरामीहरूको सङ्ख्या ७९ पुगेपछि शनिवार राती प्रधानमन्त्री जुजेपे कोन्टेले आपत्‌कालीन योजना घोषणा गरेका हुन्।

काठमाडौं, फागुन ११ । युरोपमै सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमितहरू भेटिएपछि इटलीले यसको प्रकोप नियन्त्रण गर्न असाधारण उपायू अपनाउने भएको छ।कोभिड(१९ का बिरामीहरूको सङ्ख्या ७९ पुगेपछि शनिवार राती प्रधानमन्त्री जुजेपे कोन्टेले आपत्‌कालीन योजना घोषणा गरेका हुन्।

सो घोषणा दुईजना इटालीयन नागरिकहरूको कोभिड(१९ का कारण मृत्यु भएपछि भएको हो।योजना अन्तर्गत उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका एक दर्जन सहरहरूलाई क्वारन्टीनको अवस्थामा राखिएको छ। ती सहरहरूका झन्डै ५०,००० मानिसहरूलाई घरभित्रै रहन भनिएको छ।

प्रधानमन्त्री कोन्टेले सो सहरहरूमा प्रवेश गर्न वा त्यहाँबाट निस्कन विशेष अनुमतिविना निधेष गरिएको छ।त्यहाँ सबै विद्यालय र खेलकुद गतिविधिहरू निलम्बन गरिएको छ।आइतवार त्यहाँ सीरी ए का केही फुटबल खेल हुने तालिका थियो।

प्रहरी र आवश्यक परे सशस्त्र प्रहरी ती नियमहरू पालना गराउन परिचालित गरिने बताइएको छ।इटलीका अधिकारीहरूले कोरोनाभाइरस फैलिएको र यस्ता उपायविना नियन्त्रण गर्न नसकिने बताएका छन्।यो भाइरस सर्ने सम्भावना निकै धेरै छ,लाम्बार्डीका स्वास्थ्य प्रमुखले बताए।

बीबीसीका अनुसार इटालीका प्रधानमन्त्री जुजेपे कोन्टेले एक दर्जन सहरका ५०,००० मानिसलाई घर बाहिर निस्कन नदिइने बताएका छन्
चीनको हुबे प्रान्तमा गत वर्ष शुरू भएको कोरोनाभाइरस २६ देशमा फैलिसकेको छ र चीनबाहिर १,४०० भन्दा बढी सङ्क्रमित भएको र ११ जनाको मृत्यु भएको छ।

(https://bestsellerpublishing.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदर्शनकारीसँग वार्ता गरी समस्या समाधान गर्न सांसदको माग
प्रदर्शनकारीसँग वार्ता गरी समस्या समाधान गर्न सांसदको माग
मुख्यमन्त्रीसँग लन्डन गएका पत्रकारले होटलको काँटाचम्चा चोरेपछि…
मुख्यमन्त्रीसँग लन्डन गएका पत्रकारले होटलको काँटाचम्चा चोरेपछि…
अघि बढ्यो दरौदी कोरिडोर प्रसारण लाइन
अघि बढ्यो दरौदी कोरिडोर प्रसारण लाइन
किन छान्न सकेनन् प्रचण्डले नेकपा स्थायी कमिटिमा माओवादी केन्द्रका तर्फबाट ६ जनाको नाम ?
किन छान्न सकेनन् प्रचण्डले नेकपा स्थायी कमिटिमा माओवादी केन्द्रका तर्फबाट ६ जनाको नाम ?
प्रचण्डले किन देखेनन् यी खाली खुट्टा हिड्दै गरेकी बूढीआमालाई…
प्रचण्डले किन देखेनन् यी खाली खुट्टा हिड्दै गरेकी बूढीआमालाई…
प्रचण्ड मध्यमार्गी विकल्पको खोजीमा
प्रचण्ड मध्यमार्गी विकल्पको खोजीमा
(रुटको सूचीसहित) टीकाको दिन उपत्यकामा सेनाको निःशुल्क बस सेवा
(रुटको सूचीसहित) टीकाको दिन उपत्यकामा सेनाको निःशुल्क बस सेवा
राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो निर्णय यस्तो छ
राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो निर्णय यस्तो छ
भारतको ठाडो दबाबपछि बिषादीयुक्त फलफूल तथा तरकारी जाँच नगर्ने मन्त्रिपरिषदको निर्णय
भारतको ठाडो दबाबपछि बिषादीयुक्त फलफूल तथा तरकारी जाँच नगर्ने मन्त्रिपरिषदको निर्णय
भुवन केसीले लगाए प्रधानमन्त्री ओलीमाथि गम्भिर आरोप, सरकारसँग गरेको अपेक्षा पूरा हुँदैन
भुवन केसीले लगाए प्रधानमन्त्री ओलीमाथि गम्भिर आरोप, सरकारसँग गरेको अपेक्षा पूरा हुँदैन