कोरोनाको कहरः चीनमा एकै दिन एक सय तीनको मृत्यु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २८, २०७६
|
|
५४ पटक हेरिएको
Shares
कोरोनाको कहरः चीनमा एकै दिन एक सय तीनको मृत्यु

सारांश

  • काठमाडौं, माघ २८ ।
  • चीनमा फैलिएको नयाँ कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु मानिने हुबे प्रान्तमा सोमवार १०३ जनाको मृत्यु भएको छ।
  • उक्त प्रकोप फैलिएपछि एकैदिनमा मृत्यु हुने बिरामीको यो सर्वा्धिक सङ्ख्या हो।

काठमाडौं, माघ २८ । चीनमा फैलिएको नयाँ कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु मानिने हुबे प्रान्तमा सोमवार १०३ जनाको मृत्यु भएको छ।उक्त प्रकोप फैलिएपछि एकैदिनमा मृत्यु हुने बिरामीको यो सर्वा्धिक सङ्ख्या हो। यससँगै कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्या १,००० नाघेको छ।सोमवार एकैदिन १०३ जनाको मृत्यु भएको भए पनि नयाँ सङ्क्रमणको सङ्ख्या अघिल्लो दिनको भन्दा २० प्रतिशतले घटेको छ।हुबेको स्वास्थ्य आयोगले सोमवार उक्त प्रान्तमा २,०९७ जनामा नयाँ सङ्क्रमण भएको पुष्टि गरेको छ। अघिल्लो दिन २,६१८ जनामा नयाँ सङ्क्रमण भएको थियो।

अहिले चीनमा उक्त भाइरसको सङ्क्रमण भएका कम्तीमा ४२,२०० व्यक्ति छन्।सन् २००२ र २००३ मा फैलिएको सार्स रोगपछि जनस्वास्थ्यको क्षेत्रमा चीनले खेप्नुपरेको यो ठूलो सङ्कट हो।यो सङ्कट नियन्त्रण गर्न सघाउन विश्व स्वास्थ्य सङ्गठनले पठाएको चिकित्साशास्त्रीरूको टोली बेइजिङ पुगेको छ। चीनका राष्ट्रपति सी जिन्पिङले बेइजिङमा कोरोनाभाइरस सङ्क्रमण भएपछि उपचार गराइरहेका स्वास्थ्यकर्मीहरूलाई सोमवार भेटेका छन्।

तर उनी अहिलेसम्म हुबे गएका छैनन्।सीले उक्त भाइरस नियन्त्रण गर्न थप निर्णायक उपायू आवश्यक भएको टिप्पणी गरे। यो प्रकोपलाई अन्ततस् परास्त गर्न हामीसँग आत्मविश्वास हुनैपर्छ,उनलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन्। हुबे प्रान्तको स्वास्थ्य आयोगले सोमवार १०३ जनाको मृत्यु भएको जनाएको छ। आइतवार मृत्यु हुनेको सङ्ख्या ९७ थियो।

आयोगका अनुसार हुबेमा मात्र ३१,७२८ जना कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएका बिरामी छन्। उक्त प्रान्तमा सोमवारसम्म मृत्यु हुनेको कुल सङ्ख्या ९७४ पुगेको छ। त्यहाँ बिरामीको मृत्युदर तीन प्रतिशत रहेको छ। चीनभरि भने कुल मृतकको सङ्ख्या १,०११ पुगेको छ। चीनबाहिर दुई जनाको मृत्यु भएको छ।

कोरोनाभाइरस सङ्क्रमणका कारण मारिएका मध्ये तीनचौथाइको मृत्यु उक्त सङ्क्रमण फैलिन सुरु भएको मानिएको वुहानमा नै भएको छ।उक्त प्रकोप सुरु भएयता हप्तौँदेखि एक करोड १० लाख मानिस बस्ने उक्त सहर बन्दजस्तै छ।चिनियाँ नेतृत्वले प्रारम्भिक चरणमा प्रकोप ढाकछोप गर्न खोजेको आरोप लागेको छ। तर विश्व स्वास्थ्य सङ्गठनले चीनको प्रयासको प्रशंसा गरेको छ।

बीबीसीका अनुसार यूकेमा समेत सोमवार थप चार जनामा कोरोनाभाइरस भेटिएको पुष्टि भएको छ ।अहिलेसम्म त्यहाँ आठ जनामा उक्त भाइरस भेटिएको छ।सरकारले उक्त भाइरसका कारण गम्भीर खतराू उत्पन्न हुन सक्ने चेतावनी दिएको छ।

जापानमा क्वारन्टीनमा राखिएको एउटा पानीजहाजका थप ६५ यात्रुमा सङ्क्रमण भएको पाइएको छ। अर्थात् ३,७०० यात्रुमध्ये १३५ जनामा कोरोनाभाइरसको सङ्क्रमण भएको छ।विश्व स्वास्थ्य सङ्गठनले उक्त भाइरसका कारण जनस्वास्थ्यमा सङ्कट उत्पन्न भएको घोषणा गरिसकेको छ।उक्त भाइरसबाट सङ्क्रमित मानिस नेपालसहित दुई दर्जनभन्दा बढी देशमा भेटिएको पुष्टि भएको छ।

चीनबाहिर अहिलेसम्म फिलिपिन्स र हङ्‍कङमा एक(एक गरेर दुई जनाको मात्र मृत्यु भएको छ।भाइरस फैलिने आशङ्कामा दक्षिण कोरियाले क्रूजहरूलाई आफ्ना बन्दरगाहमा छिर्न अस्थायी प्रतिबन्ध लगाएको छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केन्द्रीय बैंककाे निगरानिमा मेगा र सेन्चुरी बैंक
केन्द्रीय बैंककाे निगरानिमा मेगा र सेन्चुरी बैंक
एट्लेटिको मड्रिडले बार्सिलोनासँगको दूरी घटायो
एट्लेटिको मड्रिडले बार्सिलोनासँगको दूरी घटायो
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको जमिन फिर्ता ल्याएर छाड्ने ओलीको अठोट, दार्चुलामा उर्लियो जनसागर
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको जमिन फिर्ता ल्याएर छाड्ने ओलीको अठोट, दार्चुलामा उर्लियो जनसागर
फेसबुकले डिजिटल मुद्रा ‘लिब्रा’ ल्याउँदै, अर्को वर्षदेखि सुरु हुने
फेसबुकले डिजिटल मुद्रा ‘लिब्रा’ ल्याउँदै, अर्को वर्षदेखि सुरु हुने
लामिछानेविरुद्ध मुद्दा दायर, आजदेखि थुनछेक बहस हुने
लामिछानेविरुद्ध मुद्दा दायर, आजदेखि थुनछेक बहस हुने
कखरा पढेको स्कुलमा कुलमानले  इन्टरनेट र सीसीटीभी शुभारम्भ गरे
कखरा पढेको स्कुलमा कुलमानले इन्टरनेट र सीसीटीभी शुभारम्भ गरे
कृषि होमस्टेबाट ३८ लाख आम्दानी
कृषि होमस्टेबाट ३८ लाख आम्दानी
प्रतिनिधिसभा निर्वाचन १० मंसिरभित्रै
प्रतिनिधिसभा निर्वाचन १० मंसिरभित्रै
भोटेकोशी बाढी: राहतका नाममा वित्तीय ठगीको जोखिम, आधिकारिक सरकारी कोषमा मात्र सहयोग गर्न अपील
भोटेकोशी बाढी: राहतका नाममा वित्तीय ठगीको जोखिम, आधिकारिक सरकारी कोषमा मात्र सहयोग गर्न अपील
इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो
इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो

तपाईंले छुटाउनुभयो कि?