को हुन् नवनियुक्त अर्थमन्त्री महत ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र १७, २०७९
|
|
६० पटक हेरिएको
Shares
को हुन् नवनियुक्त अर्थमन्त्री महत ?

सारांश

  • काठमाडौं ।
  • नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महत विसं २०१६ कात्तिक १९ मा नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, कविलासमा जन्मिएका हुन् ।
  • फुलब्राइट छात्रवृत्तिअन्तर्गत संयुक्त राज्य अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी (पिएचडी) गरेका डा.

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महत विसं २०१६ कात्तिक १९ मा नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, कविलासमा जन्मिएका हुन् ।

फुलब्राइट छात्रवृत्तिअन्तर्गत संयुक्त राज्य अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी (पिएचडी) गरेका डा. महत हाल नेपाली कांग्रेसको प्रवक्ता तथा केन्द्रीय सदस्य छन् ।

कक्षा–७ मा अध्ययनरत रहँदादेखि नै नेपाल विद्यार्थी सङ्घमा लागेका उनले २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्रमोर्चामा रहेर काम गरेका हुन् । विसं २०४२ को सत्याग्रहमा सक्रिय भूमिका खेलेका डा महत त्यसबेला नेपाल विद्यार्थी सङ्घको महासचिव थिए ।

कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा डा महतले एक्सन कमिटीमा रहेर काम गरेका थिए । पार्टीले दिएका जिम्मेवारीहरू कुशलतापूर्वक पूरा गर्ने उनले विसं २०५६ देखि कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गरेका थिए भने २०५९ सालदेखि निरन्तर पार्टीको केन्द्रीय सदस्य छन् ।

उनले २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र २०७९ को मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको संयोजकको भूमिका सफलतापूर्वक सम्पन्न गरेका थिए ।

विसं २०६३ को अन्तरिम व्यवस्थापिकाको सदस्यबाट संसद्को यात्रा आरम्भ गरेका डा. महतले पहिलो र दोस्रो संविधानसभामा सदस्य रहेका थिए । त्यसैगरी विसं २०७० देखि २०७४ सम्म विधायकको रुपमा रहे । हाल उनी प्रतिनिधिसभाको सदस्य छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सल्लाहकारका रुपमा विसं २०५८ देखि २०५९ सम्म काम गर्नुभएका डा महतले राष्ट्रि«य योजना आयोगको सदस्यका रुपमा पनि काम गरेका थिए ।

उनले यसअघि परराष्ट्र मन्त्री, उर्जामन्त्री र परराष्ट्र राज्यमन्त्रीका रुपमा रहेर काम गरेका थिए । उनी उर्जामन्त्री रहेका बेला राष्ट्रिय गौरवको रुपमा रहेको माथिल्लो तामाकोशी आयोजना स्वदेशी पूँजीबाट निर्माण गर्ने तथा ढल्केवार–मुजफ्पुर ४०० के.भी. प्रशारण लाइन निर्माणको निर्णय गरेका थिए ।

त्यस्तै परराष्ट्रमन्त्री हुँदा उनको पहलमा चीनसँगको बिआरआई सम्झौताका साथै नेपालले गण्डक सम्झौताबाट पाउनुपर्ने सुविधाका लागि कुरा उठाइ भारतीय पक्षलाई प्रतिबद्ध गराएका थिए । नेपालको कूटनीतिक सन्तुलनका लागि महत्वपूर्ण काम गरेका थिए ।

मुलुकको अर्थतन्त्रमा चुनौती आइरहेको वर्तमान अवस्थामा उनी देशको अर्थमन्त्री बनेकाले अर्थशास्त्रमा विद्यावारिधी गर्नुभएका डा महतले आगामी दिनमा यो चुनौतीलाई सामना गर्नेगरी काम गर्नुपर्ने चुनौती थपिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीको नयाँ प्रस्तावमा दाहाल र नेपाल सशंकित
आफूप्रति लगाइएका आरोप पुष्टि गरेर देखाउन नुवाकोट कांग्रेस सभापति केसीको चुनौती
आफूप्रति लगाइएका आरोप पुष्टि गरेर देखाउन नुवाकोट कांग्रेस सभापति केसीको चुनौती
दाइजो प्रथा अन्त्य गर्न मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने
दाइजो प्रथा अन्त्य गर्न मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने
बजेट बनाउनु पूर्व विज्ञ सम्मेलन
बजेट बनाउनु पूर्व विज्ञ सम्मेलन
२ हजार वर्ष पुरानो प्रजाती कालो मकैको फाइदा
२ हजार वर्ष पुरानो प्रजाती कालो मकैको फाइदा
प्रहरीका सईले दुई पत्रकारलाई गोलीले उडाउने धम्की दिएपछि…
प्रहरीका सईले दुई पत्रकारलाई गोलीले उडाउने धम्की दिएपछि…
निहारिकालाई भेटन त्रिवि शिक्षण अस्पताल पुगे कानुनमन्त्री, न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्ने
निहारिकालाई भेटन त्रिवि शिक्षण अस्पताल पुगे कानुनमन्त्री, न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्ने
वाइडबडीमा शेरबहादुर देउवा कि जितेन्द्रदेव भ्रष्टाचारी – महेश बस्नेत
वाइडबडीमा शेरबहादुर देउवा कि जितेन्द्रदेव भ्रष्टाचारी – महेश बस्नेत
राजेन्द्र महतोले भने, ‘निधिलाई चुनाव हराएर देखाइदिन्छु’
राजेन्द्र महतोले भने, ‘निधिलाई चुनाव हराएर देखाइदिन्छु’
काठमाडौमा कोरोना संक्रमणबाट आज एकजनाको मृत्यु