क्यानडा बसेर नपालकाे सरकारी तलब पचाउने यी प्रधानाध्यापक !

Abhiyanpost Abhiyanpost
|
शनिबार, कार्तिक १०, २०७५
|
|
५३ पटक हेरिएको
Shares
क्यानडा बसेर नपालकाे सरकारी तलब पचाउने यी प्रधानाध्यापक !

सारांश

  • काठमाडौं, १०कात्तिक ।
  • क्यानाडामा बसेर नेपालमा सरकारी तलब लिने एक प्रधानाध्यापक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेकी छिन् ।
  •   काठमाडौंको नागार्जुन नगरपालिका १ रानिबन स्थित श्री बाल बिकास माध्यमिक बिद्यालयका प्रधानाध्यापक मैयादेवी मल्लविरुद्ध आयोगले बिहीबार मुद्दा दायर गरेको हो ।

काठमाडौं, १०कात्तिक । क्यानाडामा बसेर नेपालमा सरकारी तलब लिने एक प्रधानाध्यापक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेकी छिन् ।  काठमाडौंको नागार्जुन नगरपालिका १ रानिबन स्थित श्री बाल बिकास माध्यमिक बिद्यालयका प्रधानाध्यापक मैयादेवी मल्लविरुद्ध आयोगले बिहीबार मुद्दा दायर गरेको हो ।

२०७४ भाद्र महिना देखि माघ महिनासम्म करिव छ महिना उनी क्यानाडामा बसेकी थिइन् । विदा स्विकृत नगराई क्यानडामा बसेको र नेपाल फर्केपछी उक्त अवधिको सम्पूर्ण हाजिर एकैपटक गरी तलब उनले लिएकी थिइन् । त्यसका लागि बिद्यालयका अन्य कर्मचारीले उनलाई सघाएका थिए । तर, केही असन्तुष्ट थिए । उनीहरुले आयोगमा उजुरी गरेपछि छानबिन भयो । छानबिनमा अवैध रुपमा उनले ६ महिनाको तलब र भत्ता गरेर एक लाख ६२ हजार सात सय ५३ रुपैयाँ लिएको पुष्टि भयो ।

अनियमितता पुष्टि भएपछि मल्लसहित उनलाई सहयोग गर्ने बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरीकृष्ण लामा, सदस्यहरु नानीमैया लामा, बिना श्रेष्ठ, लबेन्द्र बहादुर शाही, मनोज लामा, शिक्षक प्रतिनिधी जितेन्द्र लामा र लेखापाल विपल लामालाई मतियारको रुपमा मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?