क्रिकेटर सन्दिप लामिछानेलाई अर्को सफलता ७५ लाखमा बिग बास खेल्दै

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक ६, २०७५
|
|
४३ पटक हेरिएको
Shares
क्रिकेटर सन्दिप लामिछानेलाई अर्को सफलता ७५ लाखमा बिग बास खेल्दै

सारांश

  • नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार लेग स्पिनर सन्दिप लामिछाने आइपीएल पछि विश्वकै दोस्रो चर्चित क्रिकेट प्रतियोगिता बि बास खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
  • सन्दिप अष्ट्रेलियाको चर्चित घरेलु टि २० बिग बासका लागि अनुबन्धित भएका छन् ।
  • उनी बिग बास खेल्ने एसोसियट राष्ट्रकै पहिलो खेलाडी पनि बन्न सफल भएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार लेग स्पिनर सन्दिप लामिछाने आइपीएल पछि विश्वकै दोस्रो चर्चित क्रिकेट प्रतियोगिता बि बास खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । सन्दिप अष्ट्रेलियाको चर्चित घरेलु टि २० बिग बासका लागि अनुबन्धित भएका छन् । उनी बिग बास खेल्ने एसोसियट राष्ट्रकै पहिलो खेलाडी पनि बन्न सफल भएका छन् । बिग बास डिसेम्बर १९ देखि सुरु हुँदैछ ।

गत बर्ष इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सको प्रतिनिधित्व गरेसंगै सन्दिप विश्वभरका ट्वान्टी(२० लिगमा सहभागी हुँदै आएका छन्। क्यानडाको ग्लोबल टि(२०, क्यारेबियन प्रिमियर लिग (सिपिएल), अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेलीसकेका सन्दिप केहि महिनापछि आयोजना हुने टि(१० लिगका लागि समेत छनौट भएका छन्।

अष्ट्रेलियाको घरेलु टि(२० प्रतियोगिता बिग बासका लागि सन्दिप लामिछानेलाई मेलबर्न स्टारले अनुबन्धन गरेको हो। उनले बिग बास लिग खेल्ने आफ्नो सपना रहेको समेत समय समयमा बताउंदै आएका थिए।

यो प्रतियोगिताबाट सन्दिपले ७५ लाख रुपैयाँ पारिश्रामिक पाउने बताइएको छ । सन्दिप आवद्ध मेलबर्न स्टारबाट ग्लेन म्याक्स्वेल, मार्कस स्टोइनिस, पिटर ह्यान्डसकम्ब, एडम जाम्पा, केभिन पिटरसन् जस्ता स्टार खेलाडीले खेलिसकेका छन्। स्टार्सले अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख सङ्कलन
ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख सङ्कलन
क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने पाउने
क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने पाउने
यसकारण तिन पटक सुचना निकालेर लिलामी गर्दा पनि बिक्रि भएन चीन सरकारले अनुदान दिएकाे खाने तेल
यसकारण तिन पटक सुचना निकालेर लिलामी गर्दा पनि बिक्रि भएन चीन सरकारले अनुदान दिएकाे खाने तेल
छ वर्षपछि सुल्झियो सडक निर्माणको विवाद
छ वर्षपछि सुल्झियो सडक निर्माणको विवाद
नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन : शिक्षा मन्त्री
नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन : शिक्षा मन्त्री
चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत वितरण
चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत वितरण
गोलरक्षक कीपा विश्व कीर्तिमानी मुल्यमा चेल्सीमा अनुबन्धित
गोलरक्षक कीपा विश्व कीर्तिमानी मुल्यमा चेल्सीमा अनुबन्धित
म प्रधानमन्त्री बन्न लायक छु, बनेरै छाड्छु : रेखा थापा
म प्रधानमन्त्री बन्न लायक छु, बनेरै छाड्छु : रेखा थापा
कोभिड उपचारका लागि बिएण्डसी अस्पताल सरकारलाई दिन तयार
कोभिड उपचारका लागि बिएण्डसी अस्पताल सरकारलाई दिन तयार
पहिलो दिनको एसइई शान्तिपूर्ण
पहिलो दिनको एसइई शान्तिपूर्ण

तपाईंले छुटाउनुभयो कि?