क्षेप्यास्त्र आक्रमणमा परी यमनमा ७० सैनिक मारिए

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ ५, २०७६
|
|
३५ पटक हेरिएको
Shares
क्षेप्यास्त्र आक्रमणमा परी यमनमा ७० सैनिक मारिए

सारांश

  • ५ माघ ।
  • यमनमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिक मारिएका छन् ।
  • मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी शनिबार उनीहरुको मृत्यु भएको अस्पताल र सैनिक स्रोतले जानकारी दिएको छ ।

५ माघ । यमनमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिक मारिएका छन् । मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी शनिबार उनीहरुको मृत्यु भएको अस्पताल र सैनिक स्रोतले जानकारी दिएको छ ।

शनिबार भएको यस आक्रमणमा परी ७० सैनिक मारिएका मरिब अस्पताल स्रोतले पुष्टि गरेको छ । यमनी राष्ट्रपति आबेद्राब्बो मानसुर हादीले कायर र आतङ्ककारी आक्रमण भनि निन्दा गरेका छन् ।

यस घटनामा परी अरु दर्जनौँ घाइते भएका छन् र ती मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । घटनाका बारेमा हुथी विद्रोहीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । यसअघिका यस्तै क्षेप्यास्त्र आक्रमणहरुमा भने हुथी विद्रोहीहरुले जिम्मेवारी लिने गरेका थिए ।

सन् २०१४ देखि देशको अधिकांश भाग कब्जामा लिएको हुथी विद्रोही विरुद्ध राष्ट्रपति हादीलाई सन् २०१५ देखि साउदी अरबको गठबन्धन सेनाले समर्थन गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव भेटियो
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव भेटियो
प्रहरी प्रमुख खनाल विरुद्ध लाग्ने समूह
प्रहरी प्रमुख खनाल विरुद्ध लाग्ने समूह
कामपाका प्रगतिशील कामबाट संघीय सरकारलाई उत्प्रेरणा मिलेको छ : प्रधानमन्त्री
कामपाका प्रगतिशील कामबाट संघीय सरकारलाई उत्प्रेरणा मिलेको छ : प्रधानमन्त्री
यौनकर्मी खोज्दै गेष्ट हाउसमा छापा मार्दै प्रहरी
यौनकर्मी खोज्दै गेष्ट हाउसमा छापा मार्दै प्रहरी
उम्मेदवार मनोनयन अघि भरतपुरमा एमालेका मेयरका उम्मेदवारले गरे विपिको शालिकमा माल्यार्पण
उम्मेदवार मनोनयन अघि भरतपुरमा एमालेका मेयरका उम्मेदवारले गरे विपिको शालिकमा माल्यार्पण
बरहथवा घटना : स्थानीय प्रशासन र प्रदर्शनकारीबीच एघार बुँदे सहमति
बरहथवा घटना : स्थानीय प्रशासन र प्रदर्शनकारीबीच एघार बुँदे सहमति
एउटै विश्वकपमा ५ शतक बनाउने खेलाडी बने रोहित
एउटै विश्वकपमा ५ शतक बनाउने खेलाडी बने रोहित
झापाली टाइगर’ प्रसाईँ – प्रधानमन्त्री ओलीका समकालिन नेता
झापाली टाइगर’ प्रसाईँ – प्रधानमन्त्री ओलीका समकालिन नेता
३ सय विद्युतीय बस खरीदको प्रक्रिया अगाडि बढ्यो
३ सय विद्युतीय बस खरीदको प्रक्रिया अगाडि बढ्यो
दुईपटक राष्ट्रपति हुने सौभाग्य प्राप्त विद्या भण्डारीको यस्तो छ अतीत
दुईपटक राष्ट्रपति हुने सौभाग्य प्राप्त विद्या भण्डारीको यस्तो छ अतीत

तपाईंले छुटाउनुभयो कि?