पोखराकाे सेती खोचमा विमान दुर्घटना, थप विवरण आउँदै

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ १, २०७९
|
|
३६ पटक हेरिएको
Shares
पोखराकाे सेती खोचमा विमान दुर्घटना, थप विवरण आउँदै

सारांश

  • काठमाडौं ।
  • पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ ।
  • पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।

काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।

काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो ।

कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो।

विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ। जहाजमा चालक दलका सदस्यसहित ६८ जना सवार रहेको बताइएकाे छ । घटनास्थलमा आगो निभाउने जारी छ । थप उद्दारका लागिघटना स्थलतर्फ हेलिकोप्टरमा उद्दार टोलीसमेत जाँदै छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?