सभापति बन्न सक्रियता बढाउँदै शेखर
सारांश
- काठमाडौं।
- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार रहने घोषणा गरिसकेका नेता डा.
- शेखर कोइरालाले आफ्नो सक्रियता बढाएका छन्।
काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार रहने घोषणा गरिसकेका नेता डा.शेखर कोइरालाले आफ्नो सक्रियता बढाएका छन्। दुई साताअघि मोरङमा कोशी प्रदेशभरका पालिका सभापतिहरूलाई बोलाएर ‘सबैलाई आफूले संरक्षण गर्ने’ उद्घोष गरेका कोइराला सुदूरपश्चिम प्रदेश केन्द्रित यात्रामा शुक्रबार निस्किए।
नेपाल प्रजातन्त्र सेनानी संघको सुदूरपश्चिम अधिवेशनलाई उद्घाटन गर्ने औपचारिक कार्यक्रम भए पनि कैलालीमा रहँदा कोइरालाले प्रदेशभरका सबै जिल्ला सभापतिसहित नेताहरूसँग विशेष भेटघाट गर्न लागेका हुन्।
कञ्चनपुर, कैलाली, डोटी, बैतडी, बझाङ, डडेल्धुरा, अछाम, दार्चुला र बाजुराका जिल्ला सभापति, पूर्वसभापति, महासमिति सदस्य एवं नेताहरूसँग भेट गर्ने कार्यतालिका रहेको छ।
कोइरालाको सचिवालयले सुदूरपश्चिम भ्रमण र भेटघाट नियमित मात्रै रहेको बताए पनि कांग्रेस वृत्तमा यो भ्रमणबारे चासो बढेको छ। सभापति शेरबहादुर देउवाको गृहप्रदेश पुगेर सबै जिल्लाका नेतासँग छुट्टाछुट्टै भेट गर्ने शेखरको तयारीलाई संस्थापन पक्षले पनि चासोका साथ हेरेको छ।
गत मंसिर २३ मा पार्टीको कोशी प्रदेश सम्मेलनमा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा विराटनगरस्थित कोइराला निवास पुगेका थिए। कोशी सम्मेलनमा शेखरको अनुपस्थितिले कांग्रेसमा तरंग पैदा गराएकै थियो। सुदूरपश्चिम भ्रमणबाट शेखरले थप सन्देश दिन चाहेको निकट नेताहरू बताउँछन्।
‘कोशी सम्मेलनमा जाँदा पार्टी सभापतिले पनि शेखर दाइलाई खोज्नुभएन। अहिले शेखर दाइ पार्टी सभापतिकै प्रदेशमा जाँदै हुनुहुन्छ । यो सामान्य भ्रमण मात्रै हो भनेर नबुझ्नुहोला’, शेखरनिकट एक नेताले भने। सुदूरपश्चिमका जिल्ला सभापतिहरूको चाहनाअनुसार नै धनगढीमा कार्यक्रम राखेर शेखर त्यसतर्फ गएको ती नेताको दाबी छ।
कांग्रेसको १४औँ महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गर्दा कोइरालाले ४० प्रतिशत मत हासिल गरेका थिए। कांग्रेसको केन्द्रीय सभापति बन्न ५० प्रतिशतभन्दा बढी मत ल्याउन जरुरी हुन्छ।
कोइरालाको जारी राजनीतिक अभियान आगामी महाधिवेशनमा ५० प्रतिशतभन्दा बढी समर्थन जुटाउनकै लागि हो। धनराज गुरुङ, चन्द्र भण्डारी, गगन थापा, डा. मीनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, बलबहादुर केसी लगायतका नेताहरूको समर्थनमा विगतमा उम्मेदवार बनेका कोइराला समर्थनको दायरा बढाउन चाहन्छन्।
सभापति देउवा अब उम्मेदवार नरहने हुँदा देउवानिकट अन्य नेताहरूलाई आफ्नो टिममा ल्याउने कोइरालाको कसरत जारी छ। आफ्नो टिमलाई यथावत जोगाउने चुनौती पनि छँदै छ। महामन्त्री गगन थापाले सभापतिमा आफैँ उम्मेदवारी दिने चर्चाबीच कोइरालाले आफ्नो सक्रियता बढाएका हुन्। कोइराला र थापाबीच नयाँ सरकार गठनयता राजनीतिक संवाद हुन सकेको छैन।
महामन्त्री थापा सभापति देउवाको टिमबाट उम्मेदवार बन्ने प्रयासमा छन्। कोइरालानिकट नेताहरू अघिल्लो महाधिवेशनको मतले सभापति बन्न नपुग्ने र महामन्त्रीले टिम छाड्दा हुनसक्ने क्षति पनि कभर गर्नुपर्ने भएकाले कोइरालाको सक्रियता अझ बढेको दाबी गर्छन्।
देउवा टिममा प्रभावशाली मानिका सहमहामन्त्री भीष्मराज आङदेम्बे, बालकृष्ण खाँण, एनपी साउद, मोहन बस्नेत लगायतका नेताहरूले आगामी महाधिवेशनमा शेखरलाई सहयोग गर्ने संकेत गरिसकेका छन्।
नेता कोइरालाका राजनीतिक सहयोगी दिनेशचन्द्र थपलियाका अनुसार अबका केही महिना कोइरालाको राजनीतिक यात्रा नियमित रहनेछ। सुदूरपश्चिमको कार्यक्रमलगत्तै कोइराला मधेश प्रदेश जाने र त्यहाँ पनि सबै जिल्लाका अगुवा नेताहरूसँग भेटघाट हुनेछ।
‘यो वर्ष दाइ ३५ जिल्ला पुगिसक्नुभयो । सबै जिल्ला पुग्ने प्रयास रहन्छ । धनगढीपछि मधेश प्रदेश जानुहुन्छ’, थपलियाले भने।
पार्टीको विभिन्न तहले आयोजना गर्ने कार्यक्रम, शोकको सन्दर्भ तथा पारिवारिक कार्यक्रमहरूमा सहभागिता जनाउनका लागि पनि कोइरालाले काठमाडौं बसिरहनेभन्दा जिल्ला पुग्ने कार्यक्रमलाई प्राथमिकता दिनुभएको सचिवालयको भनाइ छ।
कांग्रेसमा अधिकांश जिल्ला पुग्ने नेताहरूमध्येमा कोइराला पनि पर्छन्। सभापतिको उम्मेदवार नरहँदा १३औँ महाधिवेशनका क्रममा सबैजसो जिल्ला पुगेर अभियान चलाएका कोइरालाले लोकप्रिय मत हासिल गरेका थिए।
ustvarjanje racuna na binance
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.com/ru-UA/register?ref=JVDCDCK4
binance hesabi olusturma
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://accounts.binance.info/tr/register-person?ref=MST5ZREF