पहेलो कार्डको किर्तिमान बनेको खेलमा चेल्सी विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३०, २०८१
|
|
४० पटक हेरिएको
Shares
पहेलो कार्डको किर्तिमान बनेको खेलमा चेल्सी विजयी

सारांश

  • काठमाडौं।
  • चेल्सीले इङ्लिश प्रिमियर लिग अन्तर्गत बोर्नमाउथलाई पराजित गरेको छ।
  • गएराति सम्पन्न खेलमा चेल्सीले बोर्नमाउथलाई १-० गोल अन्तरले पराजित गरेको हो।

काठमाडौं। चेल्सीले इङ्लिश प्रिमियर लिग अन्तर्गत बोर्नमाउथलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा चेल्सीले बोर्नमाउथलाई १-० गोल अन्तरले पराजित गरेको हो।

चेल्सीको जितमा खेलको ८६औं मिनेटमा क्रिस्टोफर एनकुनकुले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो। यस गोलका लागि आफ्नो डेभ्यु खेल खेलिरहेका जार्डन सान्चोले असिस्ट गरेका थिए।

यस खेलमा प्रिमियर लिगको पहेलो कार्डको नयाँ कीर्तिमान समेत बनेको छ। यस खेलमा कुल १४ पहेलो कार्ड देखाइएको थियो। जसमा चेल्सीका खेलाडीलाई ८ र बोर्नमाउथका ६ खेलाडीलाई पहेलो कार्ड देखाइएको थियो। यस अघि प्रिमियर लिगमा १३ पहेलो कार्डको किर्तिमान रहेको थियो, जुन गत सिजनमा टोटनह्याम र शेफिल्ड युनाइटेडबीच देखाइएको थियो।

यो चेल्सीको यस सिजनमा दोस्रो जित हो। ४ खेलमा २ जित, एक बराबरी र एक हार बेहोरेको चेल्सीको ७ अंक भएको छ। त्यस्तै बोर्नमाउथको भने ४ खेलमा ५ अंक रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?