खाद्य गोदाममा आपूर्ति मन्त्रीको अनुगमन : खाद्यवस्तुमा ढुंगा, बालुवा र धुलो भेटियो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र १३, २०७४
|
|
४२ पटक हेरिएको
Shares
खाद्य गोदाममा आपूर्ति मन्त्रीको अनुगमन : खाद्यवस्तुमा ढुंगा, बालुवा र धुलो भेटियो

सारांश

  • काठमाडौं ।
  • नेपाल खाद्य संस्थानलेको थापाथलिस्थित गोदाममा रहेको खाद्यवस्तुमा ढुंगा, बालुवा र धुलो भेटिएको छ ।
  • आपूर्तिमन्त्री शिवकुमार मण्डलले आइतबार साँझ गर्नुभएको अनुगमनका क्रममा यस्तो फेला परेको हो ।

काठमाडौं । नेपाल खाद्य संस्थानलेको थापाथलिस्थित गोदाममा रहेको खाद्यवस्तुमा ढुंगा, बालुवा र धुलो भेटिएको छ । आपूर्तिमन्त्री शिवकुमार मण्डलले आइतबार साँझ गर्नुभएको अनुगमनका क्रममा यस्तो फेला परेको हो ।

गोदाममा मुगु र कालिकोटबाट ल्याएको सिमिमा ठेकेदारले ढुंगा, बालुवा र धुलो मिसाएको भेटिएको थियो । वाढी प्रभावित क्षेत्रमा पठाउनका लागि सिमि प्याकिङ्ग गर्ने क्रममा यस्तो भेटिएको प्याकिङ्ग ठेकेदार भगवान गिरीले बताए ।

‘प्याकेजिङ्ग गर्न ९ सय जना लाग्छ भनेर मैले हात हालेको १२ सय ७४ जना कामदारले बल्लतल्ल केलाएर सकियो’ उनले भने ‘अहिले सबै अखाद्य बस्तु हटाएर शुद्ध बनाएर राखेका छौं ।’

थापाथली गोदाममा ७ सय २० क्विण्टल सिमि राखिएको मध्ये ४० क्विण्टल वाढी प्रभावित क्षेत्रमा पठाईएको वाग्मती अञ्चल प्रमुख भेषनाथ न्यौपानेले बताए । त्यस्तै गोदाममा रहेको ७ सय ८ क्विण्टल तितेफापरमा पनि धुलो फेला परेको छ ।

गोदाम प्रमुख न्यौपानेका अनुसार खाद्य संस्थानका तत्कालिन प्रमुख शिवहरी श्रेष्ठ र थापाथली गोदाम प्रमुख मोहन प्रकास चन्दको पालामा खरीद गरीएको उक्त खावस्तुमा ठेकेदारसँगको मिलेमतोमा अखाद्य वस्तु मिसाइएको हो । ‘सबै खाद्यवस्तुको खरीदमूल्य लुकाइएको छ बिक्री मूल्य १ सय ५० रुपैयाँ तोकिएको अवस्थामा म भर्खरमात्र सरुवा भएर आएकोले सबै विवरण खोज्दै छु’ उनले भने ।

गोदाममा २०७२ सालमा भूकम्पपिडीतका लागि आएको चामल समेत वितरण नगरी राखिएको अवस्थामा भेटिएको छ ।

बिग्रेको खाद्यान्न जनताकहाँ नपुगोस् : मन्त्री 
आपूर्तिमन्त्री मण्डलले कुहेको र फोहर मिसिएको खाद्यपदार्थ जनताकहाँ नपठाउन निर्देशन दिएका छन् । खाद्य संस्थानको समेत जिम्मेवारी लिनुभएका आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालल र गोदाम प्रमुख भेषनाथ न्यौपानेलाई उहाँले यस्तो निर्देशन दिएका हुन् । ‘समस्या भएमा तुरुन्त खवर गर्नुहोला तर विग्रेको खाद्यबस्तु प्रयोग नहोस’ मन्त्री मण्डलले भन्नुभयो ‘तुरुन्त सफा गरेर विक्रीको प्रवन्ध मिलाउनुहोला ।’ उनले १० दिनभित्र गोदाम परीसर सरसफाई गर्न पनि निर्देशन दिए ।

मन्त्री मण्डलले गुणस्तर र परीणाम दुवैमा कैफियत देखिएकोले छानविन गर्नेलाई कार्वाही गर्ने बताउनुभएको छ । खरीदका क्रममा त्रुटी गरेर खाद्य संस्थानको बदनाम गर्न खोजीएको प्रति आफू दुखित भएको उनको भनाई छ । गोदामभित्र भएको कैफियत देखिएको छ, भद्रगोलका विचबाट खरीद गरीएको भेटिएको छ,’ मन्त्री मण्डलले भने – ‘खरीद गर्दाको जिएम अवकास भईसकेकोले टेण्डरको खवतमा भएको त्रुटीका विषयमा बोलाएर छलफल गर्छौँ र हदैसम्मको कारबाही गर्छौं ।’

धान गोदामको रुपमा नामाकरण गरीएको उक्त गोदामका संरचना निकै जिर्ण भएको, गोदाम परीसरमा झाडी र फोहर जम्मा भएको लामो समयसम्म पनि सफा नगरीएको भेटिएकोले तुरुन्त सरसफाई र मर्मत गर्न पनि निर्देशन दिए ।

गोदाममा ४० हजार ९ सय ३९ क्विण्टल चामल समेत रहेको छ । चुहिएर चामल, सिमी र फापर विग्रन सक्ने भएकोले तत्कालै मर्मत र सरसफाईको व्यवस्था मिलाउन पनि मन्त्रीले निर्देशन दिए ।

खाद्य संस्थानको समेत जिम्मेवारी लिनुभएका आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले भवनहरु जीर्ण भएकोले मर्मत गर्ने र सपिङ्ग कम्प्लेक्स निर्माण गर्ने गरेमा हाई काढेर बस्ने कर्मचारीले काम पाउने बताए ।

२०६५/६६ मा टेण्डर प्रकृयाबाट चौधरी ग्रुपले लिजमा लिने भनेपनि सम्झौता पनि नगरेको र टेण्डर बदर पनि नभएकोले अव टेण्डर प्रकृया बदर गरेर भवनहरु मर्मतको प्रकृया अगाडी बढाईने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?