खाना आ-आफ्नै देशमा खाएर उत्तर-दक्षिण कोरिया शिखरवार्ता सैनिक भवनमा !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख १३, २०७५
|
१
|
४८ पटक हेरिएको
Shares
खाना आ-आफ्नै देशमा खाएर उत्तर-दक्षिण कोरिया शिखरवार्ता सैनिक भवनमा !

सारांश

  • एजेन्सी, १३ वैशाख ।
  • शुक्रबार उत्तर र दक्षिण कोरियाका सर्वोच्च नेताहरुबीच सीमानास्थित पान्मुन्जोम गाउँमा शिखर वार्ता हुँदैछ।
  • १९५०–५३ को कोरियाली युद्धपछि किम जोङ उन सीमा नाघेर दक्षिण कोरिया प्रवेश गर्ने पहिलो उत्तर कोरियाली नेता बन्दैछन्।

एजेन्सी, १३ वैशाख । शुक्रबार उत्तर र दक्षिण कोरियाका सर्वोच्च नेताहरुबीच सीमानास्थित पान्मुन्जोम गाउँमा शिखर वार्ता हुँदैछ। १९५०–५३ को कोरियाली युद्धपछि किम जोङ उन सीमा नाघेर दक्षिण कोरिया प्रवेश गर्ने पहिलो उत्तर कोरियाली नेता बन्दैछन्।

एक दशकभन्दा लामो समयपछि कोरियाली सर्वोच्च नेताहरुबीच भेट हुन लागेको हो।

दक्षिण कोरियाली राष्ट्रपति भवन ब्लु हाउसले जनाएअनुसार किमलाई भेट्न स्थानीय समयअनुसार साढे ९ बजे नै मुन सीमानामा पुग्नेछन्।

त्यसपछि दक्षिण कोरियाली सम्मान गारदले किमलाई पहरा दिएर डिमिलटराइज्ड जोनस्थित एक सैनिक भवनमा पुर्‍याउनेछन्। जहाँ किमको स्वागतमा एक समारोह आयोजना हुनेछ।

मुन र किमबीच साढे १० बजेबाट शान्ति भवनमा औपचारिक वार्ता सुरु हुनेछ।

वार्ताको एक सत्र समाप्त गरेपछि दुवै नेता उठ्नेछन् र बेग्लाबेग्लै लञ्च गर्नेछन्। त्यसका लागि उत्तर कोरियाली प्रतिनिधिमण्डल सीमा पार गरेर आफ्नै देशभित्र पुग्नेछ।

दिउँसो किम र मुनले शान्ति र समृद्धिको प्रतीकस्वरुप दुवै देशको माटो र पानी प्रयोग गरेर एक सल्लाको बिरुवा रोप्नेछन्। त्यसपछि दुवै नेता हिँडेर शान्ति भवन पुग्नेछन् र वार्ताको दिवा सत्र सुरु हुनेछ।

 

दुवै नेताले एक सम्झौतामा हस्ताक्षर गर्नेछन् र संयुक्त वक्तव्य जारी गरेपछि शिखरवार्ता सम्पन्न हुनेछ।

त्यसपछि दक्षिण कोरियापट्टि एक भोज आयोजना हुनेछ। भोजपछि दुवै नेताले ‘स्प्रिङ अफ वान’ नामको भिडियो हेर्नेछन्। त्यसपछि किम घर फर्किनेछन्।

किमको साथमा उत्तर कोरियाबाट शिखरवार्तामा सहभागी हुन उनकी बहिनी किम यो जोङसहित ९ उच्च अधिकारी आउनेछन्।

दक्षिण कोरियातर्फबाट रक्षामन्त्री, विदेशमन्त्री र एकता मन्त्रीसहित सात जनाको टोली रहनेछ।

दुई कोरियाबीचको अविश्वास र महाशक्ति राष्ट्रहरुका भूरणनीतिक स्वार्थका कारण कोरियाली प्रायःद्वीप पछिल्लो केही दशकमा संसारकै सबैभन्दा तनावग्रस्त क्षेत्रमध्ये एक रहँदै आएको छ।

यो ऐतिहासिक वार्ता कोरियाली प्रायःद्वीपको भविष्यका लागि महत्वपूर्ण कोशेढुंगा बन्ने अपेक्षा गरिएको छ। यद्यपि कुनै पनि सम्झौतामा पुग्नु अत्यन्त कठिन हुने दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन्।

यो वार्ता सकारात्मक रहे जुन महिनासम्ममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच अर्को महत्वपूर्ण शिखरवार्ता हुँदैछ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Minesh Gole

    ल badai xa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?