नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिको पत्र संसद्‌मा पेस

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण ३१, २०७९
|
|
४३ पटक हेरिएको
Shares
नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिको पत्र संसद्‌मा पेस

सारांश

  • काठमाडौं ३१ श्रावण ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधिसभामा पढेर सुनाइएको छ।
  • मंगलवारको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधिसभाका सचिव करविरनाथ योगीले राष्ट्रपतिका तर्फबाट सचिव यादवप्रसाद कोईरालाले पठाएको पत्र पढेर सुनाएका हुन्।

काठमाडौं ३१ श्रावण । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधिसभामा पढेर सुनाइएको छ। मंगलवारको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधिसभाका सचिव करविरनाथ योगीले राष्ट्रपतिका तर्फबाट सचिव यादवप्रसाद कोईरालाले पठाएको पत्र पढेर सुनाएका हुन्।

पत्रमा साउन ६ गते नै पारित भएर सभामुखबाट प्रमाणित भई राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको विधेयक संशोधन हुनु वाञ्छनीय भएको भन्दै सन्देशसहित फिर्ता पठाउने निर्णय भएको उल्लेख छ।

‘प्रतिनिधि सभाको वि।सं। २०७९ साल साउन ६ गतेका दिन बसेको बैठकबाट समेत पारित भइ सभामुखबाट प्रमाणित भइ प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको सन्दर्भमा यो पत्र लेखिँदै छ’ उनले भने।

‘प्रमाणीकरणका लागि प्रस्तुत हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनः गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनः विचार हुन वाञ्छनीय भएकोले नेपालको संविधानको धारा ११३ को उपधारा ३ बमोजिम सन्देशसहित यो विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउने निर्णय भएकोले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक यसैसाथ पठाइएको व्यहोरा सादर अनुरोध छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीलंका संकट : शान्ति कायम गर्न सेना प्रमुखले खोजे जनताको समर्थन
श्रीलंका संकट : शान्ति कायम गर्न सेना प्रमुखले खोजे जनताको समर्थन
प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा व्यवहारमा सरल निर्णयमा दृढ
प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा व्यवहारमा सरल निर्णयमा दृढ
आफूमाथि आइपरेको चुनौती सामानाका लागि तयार छु : नवराज सिलवाल
आफूमाथि आइपरेको चुनौती सामानाका लागि तयार छु : नवराज सिलवाल
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
मुलुकभर लोडसेडिङ हुन नदिने तयारी, आगामी हिउँद पनि उज्यालै हुने
मुलुकभर लोडसेडिङ हुन नदिने तयारी, आगामी हिउँद पनि उज्यालै हुने
यसरी विवाहको पहिलो वार्षिकोत्सव मनाउँदैछन् रणवीर दीपिका
यसरी विवाहको पहिलो वार्षिकोत्सव मनाउँदैछन् रणवीर दीपिका
‘अघिल्लो दिन कालोपत्रे, भोलिपल्ट खन्ने काम अब हुँदैन’
‘अघिल्लो दिन कालोपत्रे, भोलिपल्ट खन्ने काम अब हुँदैन’
पल शाहले जबर्जस्ती करणी मुद्दामा पाए सफाइ, बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष जेल सजाय
पल शाहले जबर्जस्ती करणी मुद्दामा पाए सफाइ, बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष जेल सजाय
राज्यकोषबाट आर्थिक सहायता दिइने निर्णय अविलम्ब फिर्ता लेऊ : गगन थापा
स्वर्गीय ठकुरी काँग्रेसको सच्चा सिपाही : सभापति देउवा
स्वर्गीय ठकुरी काँग्रेसको सच्चा सिपाही : सभापति देउवा

तपाईंले छुटाउनुभयो कि?