अचानक ओलीले गरे यस्तो निर्णय: बालकोटमा भेतवार्ता बन्द
सारांश
- काठमाडौं, माघ १७ ।
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबदेखि राजनीतिक भेटवार्ता निजी निवास बालकोटमा नगर्ने उनको निजी सचिवालयले जनाएको छ ।
- भिडभाड भएको र व्यवस्थापनको कठिनाइका कारण कार्यकर्ता तथा अरु व्यक्तिसँगको औपचारिक वार्ता तथा भेटघाट बालकोटको साटो सिंहदरबारमा रहेको संसदीय दलको कार्यालय तथा धुम्बाराहीमा रहेको पार्टी कार्यालयमा गर्ने अध्यक्ष ओलीका निजी सचिव अनिश दाहालले जानकारी दिए ।
काठमाडौं, माघ १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबदेखि राजनीतिक भेटवार्ता निजी निवास बालकोटमा नगर्ने उनको निजी सचिवालयले जनाएको छ ।
भिडभाड भएको र व्यवस्थापनको कठिनाइका कारण कार्यकर्ता तथा अरु व्यक्तिसँगको औपचारिक वार्ता तथा भेटघाट बालकोटको साटो सिंहदरबारमा रहेको संसदीय दलको कार्यालय तथा धुम्बाराहीमा रहेको पार्टी कार्यालयमा गर्ने अध्यक्ष ओलीका निजी सचिव अनिश दाहालले जानकारी दिए ।
बालकोटमा अबदेखि उच्चस्तरीय राजनीतिक तथा कुटनीतिक भेटवार्ता मात्रै हुने उनले बताए । अध्यक्ष ओली सोमबार, बुधबार र शुक्रबार बिहान ११ वर्षदेखि दिउँसो ३ बजेसम्म संसदीय दलको कार्यालयमा रहने र त्यहाँ नै औपचारिक भेटवार्ता गर्ने स्वकिय सचिव दाहालले बताए ।
Shyam Shubham Giri
नव़राज सिलूवाल त्याही होलान अनि कसैले देख्यो भनि निबस्त्र हूईन्छ भन्नि डर भो काका लाई