‘खानेपानीको समस्या चाँडै हल हुन्छ’

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख ६, २०७६
|
|
५५ पटक हेरिएको
Shares
‘खानेपानीको समस्या चाँडै हल हुन्छ’

सारांश

  • काठमाडौँ, ५ वैशाख ।
  • खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले उपत्यकामा खानेपानीको समस्या चाँडो हल गर्न आफू योजनाबद्ध ढङ्गले लागिरहेको बताउनुभएको छ ।
  • काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४औँ वार्षिकोत्सव समारोहमा उहाँले उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्था सहज बनाउन गम्भीर भएर लागेको बताउनुभयो ।

काठमाडौँ, ५ वैशाख । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले उपत्यकामा खानेपानीको समस्या चाँडो हल गर्न आफू योजनाबद्ध ढङ्गले लागिरहेको बताउनुभएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४औँ वार्षिकोत्सव समारोहमा उहाँले उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्था सहज बनाउन गम्भीर भएर लागेको बताउनुभयो ।

काठमाडौँमा मेलम्चीको पानी ल्याउने मात्रै ठूलो कुरा नभएर यसको व्यवस्थापन पनि महत्वपूर्ण भएको मन्त्री मगरले औँल्याउनुभयो । उहाँका अनुसार खानेपानीको वितरण र व्यवस्थापन सबैभन्दा ठूलो चुनौतीका रुपमा रहेको छ । मन्त्रालय मातहतका कार्यालय खानेपानी आपूर्तिसँगै व्यवस्थापनमा लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानी बोर्ड, केयुकेएल र आयोजना कार्यान्वयन निर्देशनालय लगायतका निकाय यो काममा लागिरहेका छन् ।” जनताको अपेक्षा र आवश्यकताअनुसार खानेपानीको पहुँच विस्तार गर्न मन्त्रालय लागिपरेको उहाँले जानकारी दिनुभयो।

खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले सन् २०३० सम्ममा प्रशोधनसहित ९० प्रतिशत जनताका घरमा पानी पु¥याउने मन्त्रालयको लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दिगो लक्ष्यप्राप्तिका लागि पनि जनताका घरघरमा पानी पु¥याउने योजना बनिरहेको छ ।” बोर्डका अध्यक्षसमेत रहनुभएका मन्त्रालयका सहसचिव तेजराज भट्टले काठमाडौँ उपत्यकामा खानेपानी तथा ढल व्यवस्थापनका लागि गुरुयोजना बनिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लव समूहले भन्यो-कपिलवस्तुमा बरामद गरिएका हतियार हाम्रा होइनन्
विप्लव समूहले भन्यो-कपिलवस्तुमा बरामद गरिएका हतियार हाम्रा होइनन्
उखुको पैसा नपाएका किसान भन्छन्अब  सिंह दरबार घेर्छौँ
उखुको पैसा नपाएका किसान भन्छन्अब सिंह दरबार घेर्छौँ
कोरोना भाइरस किन दोहोरिन्छ ?
कोरोना भाइरस किन दोहोरिन्छ ?
८८ किलो सुन तस्करी प्रकरण : भरियालाई ४३ करोड जरिवाना, व्यापारी र नेताहरुलाई सफाई
८८ किलो सुन तस्करी प्रकरण : भरियालाई ४३ करोड जरिवाना, व्यापारी र नेताहरुलाई सफाई
दरबारमार्गको होटलमा ‘सामूहिक बलात्कार’मा परेकी भनिएकी युवती नै फरार
दरबारमार्गको होटलमा ‘सामूहिक बलात्कार’मा परेकी भनिएकी युवती नै फरार
रुसी सेनामा भर्ना हुन किन आकर्षित भए नेपाली ?
रुसी सेनामा भर्ना हुन किन आकर्षित भए नेपाली ?
अधिकारका लागि दलित समुदाय एकीकृत हुुनुपर्छ’ पूर्वप्रम भट्टराई
अधिकारका लागि दलित समुदाय एकीकृत हुुनुपर्छ’ पूर्वप्रम भट्टराई
एकता प्रक्रिया सकारात्मक, एकीकरणको मिति तोक्न सकिन्न :  माओवादी केन्द्र
एकता प्रक्रिया सकारात्मक, एकीकरणको मिति तोक्न सकिन्न : माओवादी केन्द्र
प्रमुख प्रतिपक्षसँग सहमति जुटाएर आयोग गठन गरिने
प्रमुख प्रतिपक्षसँग सहमति जुटाएर आयोग गठन गरिने
गोरखा घैरुङमा प्राइम कमर्सियल बैंकको शाखा
गोरखा घैरुङमा प्राइम कमर्सियल बैंकको शाखा

तपाईंले छुटाउनुभयो कि?