खानेपानी मन्त्री बिनाको निर्देशनमा बाढीप्रभावित टोलटोलमा पुग्यो स्वच्छ खानेपानी

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
५६ पटक हेरिएको
Shares
खानेपानी मन्त्री बिनाको निर्देशनमा बाढीप्रभावित टोलटोलमा पुग्यो स्वच्छ खानेपानी

सारांश

  • काठमाडौं, २९ असार ।
  • खानेपानी मन्त्री बिना मगरको निर्देशनमा भक्तपुरको बाढी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी वितरण गरिएको छ ।
  • बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले भक्तपुरका मध्यपुर थिमी र सूर्यविनायक नगरपालिका क्षेत्रका जगाती, बाराही स्थान, सिर्जनानगर राधेराधेसहित दक्षिण क्षेत्र डुबानमा परेपछि खानेपानी मन्त्री मगरको निर्देशनमा शुक्रबार काठमााडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले ट्यांकरमार्फत प्रभावित क्षेत्रमा खानेपानी वितरण गरेको हो ।

काठमाडौं, २९ असार । खानेपानी मन्त्री बिना मगरको निर्देशनमा भक्तपुरको बाढी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी वितरण गरिएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले भक्तपुरका मध्यपुर थिमी र सूर्यविनायक नगरपालिका क्षेत्रका जगाती, बाराही स्थान, सिर्जनानगर राधेराधेसहित दक्षिण क्षेत्र डुबानमा परेपछि खानेपानी मन्त्री मगरको निर्देशनमा शुक्रबार काठमााडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले ट्यांकरमार्फत प्रभावित क्षेत्रमा खानेपानी वितरण गरेको हो ।

दुई सिफ्टमा गरी केयुकेएलका ४० वटा ट्यांकरले प्रभावित क्षेत्रका टोल–टोलमा स्वच्छ खानेपानी वितरण गरेको खानेपानी मन्त्री मगरको स्वकीय सचिव रमेश भट्टले जानकारी दिए । भट्टका अनुसार मन्त्रीले डुबानबारे जानकारी पाएपछि मातहतका निकायलाई प्रभावित क्षेत्रमा स्वच्छ खानेपानीको व्यवस्था गर्न निर्देशन दिएकी थिइन् ।

खानेपानी शुद्धिकरणका लागि खानेपानी मन्त्रालयले बिहीबार नै पियूष, क्लोरिन लगायतका सामग्री पनि प्रभावित क्षेत्रमा पुराएको थियो । शुक्रबारबाट खानेपानी वितरण शुरु गरिएको भट्टले बताए । साथै पानी वितरणको काम प्रभावित क्षेत्रका अवस्था सामान्य नभएसम्म जारी रहने बताइएको छ ।

सरकारले ट्यांकर टोलटोलमा पठाएर खानेपानी वितरण गरेपछि प्रभावित क्षेत्रका बासिन्दाले खुशी व्यक्त गरेका छन् । उनीहरुले सरकारी निकायबाट बाढी प्रभावित क्षेत्रमा यति छिटो खानेपानी वितरण गरेको पहिलोपटक भएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विना मगर काँग्रेस उम्मेदवार भन्दा दोब्बर मतले अगाडि
विना मगर काँग्रेस उम्मेदवार भन्दा दोब्बर मतले अगाडि
कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो
कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो
घरटहरा नहटाउँदा काम अवरुद्ध !
घरटहरा नहटाउँदा काम अवरुद्ध !
न्यायका लागि कस्तो भाषा प्रयोग गर्नुपर्ने हो : रेखा थापा
न्यायका लागि कस्तो भाषा प्रयोग गर्नुपर्ने हो : रेखा थापा
अमेरिकामा आपत्‌कालीन अवतरण गर्न विमानले इन्धन खसाल्दा बालबालिका घाइते
अमेरिकामा आपत्‌कालीन अवतरण गर्न विमानले इन्धन खसाल्दा बालबालिका घाइते
प्रदेश ३ का मुख्यमन्त्री अस्पताल भर्ना
छिमेकी जिल्ला समेटेर एकीकृत विकास :  अध्यक्ष दाहाल
छिमेकी जिल्ला समेटेर एकीकृत विकास : अध्यक्ष दाहाल
अबैध लागूऔषध सहीत लामा पक्राउ
अबैध लागूऔषध सहीत लामा पक्राउ
वैदेशिक रोजगारीमा जानेको घट्यो मृत्युदर
वैदेशिक रोजगारीमा जानेको घट्यो मृत्युदर
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 2

तपाईंले छुटाउनुभयो कि?