घरटहरा नहटाउँदा काम अवरुद्ध !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ४, २०७५
|
|
५५ पटक हेरिएको
Shares
घरटहरा नहटाउँदा काम अवरुद्ध !

सारांश

  • लितपुर, ४ असोज ।
  • नेपालको पहिलो १० लेन सडकका रुपमा रहेको निर्माणधिन कोटेश्वर–कलङ्की सडक छेउमा रहेका घरटहरा नहटाउँदा निर्माण कार्य अवरुद्ध भएको छ ।
  • सहायक सडकमा छिर्ने बाटोका रुपमा रहेको सेवा मार्गमा रहेका घरटहराले काममा बाधा पु¥याएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।

लितपुर, ४ असोज । नेपालको पहिलो १० लेन सडकका रुपमा रहेको निर्माणधिन कोटेश्वर–कलङ्की सडक छेउमा रहेका घरटहरा नहटाउँदा निर्माण कार्य अवरुद्ध भएको छ । सहायक सडकमा छिर्ने बाटोका रुपमा रहेको सेवा मार्गमा रहेका घरटहराले काममा बाधा पु¥याएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । सातदोबाटो, थसिखेल, ग्वार्खाे, बालकुमारी लगायतका स्थानमा सडक छेउमा धेरै अस्थायी घरटहरा रहेको योजनामा कार्यरत इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए। अस्थायीरुपमा काठका गोदाम, कवाडी लगायतका पसल यस स्थानमा रहेका छन् । वडा कार्यालय र नगर विकाय कार्यालयले ३१ मिटर मापदण्डका आधारमा चिह्न लगाउँदा यी संरचना भत्काउन भनेको थियो । तीन वर्ष नाघ्दासमेत उनीहरुले टहरा भत्काएका छैनन् । उनले भने, “संरचना हटाएर सडक खाली गर्न पटकपटक सार्वजनिक सूचनासमेत जारी भएको छ ।”

चक्रपथ रहेको ३१ ंिमटरभित्रै घरटहरा छन् । योजनाले पटकपटक ताकेता गर्दा पनि घरटहरा प्रयोग गर्दै आएकाले भत्काउन अटेर गर्दै आएका छन् । उनले भने, “घरटहराले गर्दा काममा बाधा पुगेको सरोकारावाला निकायलाई समेत हामीले जानकारी गराइरहेका छौँ ।” सडक निर्माणका क्रममा विभिन्न अवरोध सामना गर्न परिरहेको इञ्जिनियर शर्मा अर्यालले बताए । सडकमा रहेका विद्युत् र टेलिफोनको पोल सार्ने, खानेपानी र ढलको पाइप सार्ने काममा सम्बन्धित कार्यालयले ढिलाइ गर्दै आएका छन् । सम्बन्धित कार्यालयले पाइप वा पोल सार्नका लागि बजेटको अभाव देखाउने गरेका छन् । उनले भने, “हामीले यहाँबाट नै बजेट दिँदासमेत समयमा काम हुँदैन ।”

काम गर्ने जिम्मेवारी पाएको कम्पनी आफैँले ती स्थान खाली गर्नुपर्ने नियम छ । सडक निर्माणका क्रममा साइड खाली गर्न नै समय लागेको उनले बताए । उनले भने, “त्यसले पनि काममा ढिलाइ भएको छ ।” चिनियाँ कम्पनीले समयमै काम सक्न लागिपरेको उनले बताए । चिनियाँ सरकारको सहयोगमा निर्माणाधीन कोटेश्वरदेखि कलङ्कीसम्मको सडक १० दशमलव ४ किलोमिटर लम्बाइ रहेको छ । सडक निर्माणको जिम्मेवारी सङ्घाई निर्माण समूहले लिएको छ । मुख्य चार लेन र सहायक चार लेन गरेर आठ लेन चिनियाँ कम्पनीले गर्ने सम्झौता भएको थियो । दुवैतिर छ मिटर चौडा सेवा मार्ग निर्माणको जिम्मेवारी सरकारको हो ।

मुख्य र सहायक मार्गका काम झण्डै अन्तिम चरणमा पुग्दा सेवा मार्गको काम अझै धेरै बाँकी नै छ । कोटेश्वबाट झण्डै बालकुमारीसम्म चक्रपथभित्र र बाहिर पर्ने दुवै सेवा मार्ग कालोपत्र सकिएको छ । चक्रपथबाहिर ग्वार्खाेबाट सातदोबाटो एन्फासम्म चक्रपथभित्र पर्ने मार्गको कालोपत्र सकिएको छ । उनले भने, “यी टहरा हटाएर सडक खाली हुँदा मात्रै समयमा सबै लेन कालोपत्र हुनेछ ।” यो सडकमा मुख्य मार्ग, सहायक मार्ग र सेवा मार्ग गरेर तीन खालका सडक छन् । सडक चार लेनभन्दा बाहिर दुवैतिर दुई–दुई लेनको सहायक लेन र त्यो बाहिर एकएक लेनको सेवा मार्ग रहेको छ । सवारी सर्भिस ट्र्याकबाट सहायक हुँदै मात्रै मुख्य सडकमा प्रवेश गर्न पाउँछन् । सेवाबाट सहायक र सहायकबाट मुख्य सडकमा छिर्नका लागि निश्चित ठाउँ रहेका छन् ।

पहिले ४० निर्माण सम्पन्न गर्ने गरेर चीनसँग नेपाल सरकारसँग सम्झौता भएको थियो । भूकम्प र नाकाबन्दीका कारण २०७२ सालमा निर्माणको काम ठप्प भएपछि सरकारले एक वर्ष थप गरेको हो । सडकको जम्मा लागत रु एक अर्ब छ । आगामी डिसेम्बरसम्ममा सडक निर्माण सक्ने सम्झौतामा उल्लेख छ ।

टीकाभैरव–घुसेल सडक कालोपत्र शुरु

गोदावरी नगरपालिका–९ टीकाभैरवदेखि बाग्मती गाउँपालिका–१ घुसेलसम्मको बाटो कालोपत्र हुने भएको छ । गोदावरी नगरपालिका र बाग्मती गाउँपालिकाले संयुक्तरुपमा सडक कालोपत्र गर्न लागेका हुन् । यो सडकको लम्बाइ ११ किलोमिटर र चौडाइ छ दशमलब २५ मिटर रहेको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन बताउनुहुन्छ । सडकको जम्मा लागत रु २२ करोड ९९ लाख ७३ हजार ३१२ रहेको छ । एक वर्षभित्रमा सडक कालोपत्र सक्ने गरेर ठेक्का दिइएको छ । सडक छेउमा पर्ने घरधनीलाई मर्का नपर्ने गरेर सडक कालोपत्र गर्ने योजना दुवै स्थानीय निकायको छ । उनी भन्छन्, “कुनै व्यक्तिको घरजग्गा परेको छ भने उचित क्षतिपूर्ति दिइनेछ ।”

नगरप्रमुख महर्जनले जनप्रतिनिधिबाट जनताले सबैभन्दा बढी विकास निर्माण चाहेको बताउँछन् । उनी भन्छन्, “जनचाहना बुझेर नै सडक निर्माणलाई प्राथमिकता दिएका हौँ ।” नगरपालिका एक्लै र जनप्रतिनिधिले मात्रै नभएर स्थानीयवासी सबै मिलेर लाग्नुपर्ने बताउँदै उनले भने, “त्यसैले कतैबाट अवरोध नगरी काम अघि बढाउन सहयोग गर्न खाँचो छ ।” बाटो निर्माण कार्य गुणस्तरीय हुनुपर्नेमा नगरप्रमुख महर्जनले जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रादेशिक अस्पतालहरूमा भर्ना सेवा निःशुल्क दिन मुख्यमन्त्री जमकट्टेलको निर्देशन
प्रादेशिक अस्पतालहरूमा भर्ना सेवा निःशुल्क दिन मुख्यमन्त्री जमकट्टेलको निर्देशन
किन परे काङ्ग्रेसका अध्यक्ष राहुल गान्धी पक्राउ ?
नेप्से परिसूचक २० दशमलव १६ अङ्कले घट्यो
नेप्से परिसूचक २० दशमलव १६ अङ्कले घट्यो
रामेछापको भूमिमा जुनारको अभियान !
रामेछापको भूमिमा जुनारको अभियान !
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
उपनिर्वाचन : त्रिपुरासुन्दरी–५ मा माओवादी केन्द्रका झाँक्री विजयी
उपनिर्वाचन : त्रिपुरासुन्दरी–५ मा माओवादी केन्द्रका झाँक्री विजयी
सरकारले कमिसन खाएर बुढिगण्डकी आयोजना निर्माणको जिम्मा निजी क्षेत्रलाई दियाे: बाबुराम भट्टराई
सरकारले कमिसन खाएर बुढिगण्डकी आयोजना निर्माणको जिम्मा निजी क्षेत्रलाई दियाे: बाबुराम भट्टराई
परम्परागत शैलीको योजना निर्माण र लगानीले कर्णालीको विकास हुदैन :  मुख्यमन्त्री शाही
परम्परागत शैलीको योजना निर्माण र लगानीले कर्णालीको विकास हुदैन : मुख्यमन्त्री शाही
ईश्वर पोखरेल कार्यवाहक प्रधानमन्त्री
ईश्वर पोखरेल कार्यवाहक प्रधानमन्त्री
६५ प्रतिशत मत खस्यो, स्थानीय तहको भन्दा १० प्रतिशत कम
६५ प्रतिशत मत खस्यो, स्थानीय तहको भन्दा १० प्रतिशत कम

तपाईंले छुटाउनुभयो कि?