खानेपानी योजना अधुरै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
५६ पटक हेरिएको
Shares
खानेपानी योजना अधुरै

सारांश

  • राजविराज, २५ साउन ।
  • सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारको खानेपानी योजना पुरा हुन सकेको छैन ।
  • जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीले रु छ करोड खर्च गरेपनि सो योजनाको काम अधुरै रहेको स्थानीयवासी बृजमान तामाङले बताउनभयो ।

राजविराज, २५ साउन । सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारको खानेपानी योजना पुरा हुन सकेको छैन ।जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीले रु छ करोड खर्च गरेपनि सो योजनाको काम अधुरै रहेको स्थानीयवासी बृजमान तामाङले बताउनभयो । उपभोक्ता समिति र कर्मचारीको मिलोमतोमा बजेट दुरुपयोग गरी खानेपानी योजनाको काम अधुरै छाड्दा स्थानीयवासी शुद्ध पानी पिउनबाट वञ्चित हुनुपरेको उहाँले बताउनुभयो।

उपभोक्ता समिति र कर्मचारीको लापर्बाहीका कारण गुणस्तरीय काम नभएको स्थानीयवासीको आरोप छ । प्लाष्टिक पाइप बेलाबेलामा फुट्ने गरेको छ । पानी नछानिकनै धारामा वितरण गर्ने गरिएको छ । स्थानीयवासी दूषित पानी खान बाध्य छन् । उपभोक्ताले रु एक हजार ५०० धरौटी तिरेर धारा जडान गरेका हुन् । उनीहरुले मासिक रु २०० शुल्क उपभोक्ता समितिलाई बुझाउँदै आएका छन् । उपभोक्ता समितिका कोषाध्यक्ष लालबहादुर तामाङले सो योजनाको आयव्यवबारे आफूलाई जानकारी नभएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाला तर्ने क्रममा डुबेर महिलाको मृत्यु
नाला तर्ने क्रममा डुबेर महिलाको मृत्यु
श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध
श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध
राष्ट्रिय वाणिज्य बैंक र नर्भिक इन्टरनेशनल हस्पिटल बीच सम्झौता
राष्ट्रिय वाणिज्य बैंक र नर्भिक इन्टरनेशनल हस्पिटल बीच सम्झौता
मन्त्रिमण्डलमा हेरफेर हुँदैन: प्रधानमन्त्री ओली
मन्त्रिमण्डलमा हेरफेर हुँदैन: प्रधानमन्त्री ओली
हेटौडामा किन टिक्दैनन् राम्रो काम गर्ने उच्च व्यक्तिहरू?
हेटौडामा किन टिक्दैनन् राम्रो काम गर्ने उच्च व्यक्तिहरू?
यौनकर्मी र लागूऔषध को कारण टंकप्रसाद भट्टराई को हत्या
यौनकर्मी र लागूऔषध को कारण टंकप्रसाद भट्टराई को हत्या
नेपाली सीमा मिचेको भन्दै भारतविरुद्व सर्वोच्चमा रिट
नेपाली सीमा मिचेको भन्दै भारतविरुद्व सर्वोच्चमा रिट
प्रदेशसभाको गेटमा यौन शोषणमा परेकी महिलाद्वारा न्यायका लागि हारगुहार
कांग्रेसमा विभागहरुको नाम र कार्य क्षेत्रमा पनि व्यापक हेरफेर
कांग्रेसमा विभागहरुको नाम र कार्य क्षेत्रमा पनि व्यापक हेरफेर
काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी र उपमेयरमा एमालेकै ज्ञानमाया डंगोल विजयी
काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी र उपमेयरमा एमालेकै ज्ञानमाया डंगोल विजयी

तपाईंले छुटाउनुभयो कि?