मन्त्रिमण्डलमा हेरफेर हुँदैन: प्रधानमन्त्री ओली

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र २३, २०७५
|
|
५४ पटक हेरिएको
Shares
मन्त्रिमण्डलमा हेरफेर हुँदैन: प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौँ, २३ भदाै।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिमण्डल तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका छन्।
  • जिल्ला समन्वय समिति महासङ्घ नेपालले शनिबार आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको उल्लेख गर्दै भने, “केही हुनेवाला छैन ।

काठमाडौँ, २३ भदाै। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिमण्डल तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका छन्। जिल्ला समन्वय समिति महासङ्घ नेपालले शनिबार आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको उल्लेख गर्दै भने, “केही हुनेवाला छैन । राम्रो काम गरिरहेमा कुनै मन्त्री हट्ने छैनन् ।”

कार्यक्रममा सहभागी अर्थमन्त्री डा युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासहित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आलोचना र हमलाबाट नडराउन पनि आग्रह गरे। आफ्नो नेतृत्वमा पार्टी र सरकार बलियो बनेकाले विरोधीले आफ्नोविरुद्ध पनि हमला गरिरहेको भन्दै उनले भने, “सरकार दूरदर्शी र स्पष्ट सोचका साथ विकास र समृद्धिका लागि काम गरिरहेको छ। छिमेकीसँगको सम्बन्ध सुधार र सहकार्य बढाउँदै हामी अघि बढिरहेका छौँ। कतिपयलाई यो मन परिरहेको छैन ।”

प्रधानमन्त्री ओलीले थपे, “छ महिनापछि धूलो र हिलोरहित काठमाडौँ हुन्छ। बाटो, ढल बन्छ। हामी इमान्दारिताका साथ काम गर्छौं। पानी ल्याउन पाइप हाल्न खन्नैपर्यो। बनाउने क्रममा यस्तो हुन्छ। दुई वर्षभित्र काठमाडौँका बाटा पक्की हुन्छ। कालोपत्र सकिन्छ। यसमा कोही आत्तिएर केही हुँदैन, सरकार ढल्दैन ।”चीनसँगको पछिल्लो पारवहन सहमति उल्लेखनीय भएको जनाउँदै उनले अब चाँडै कोशी र गण्डकीमा पानीजहाज चलाउन सर्भेक्षण शुरु हुने बताए। उनले सङ्घीय गणतन्त्रको सफलता र असफलता स्थानीय तहको प्रभावकारितासँग जोडिएकाले गतिशील, सेवामुखी, पारदर्शी र स्वच्छ तथा जनताका साथमा रहेका जनप्रतिनिधिका रुपमा काम गर्न जिससका प्रतिनिधिलाई आग्रह गरे।

मुलुकी फौजदारी देवानी कार्यविधि संहिता एक वर्षअघि संसद्बाट पारित भई हाल कार्यान्वयनमा आएकाले कुनै संशोधन गर्नुपर्ने भएमा सरकार तयार रहेको बताउँदै उहाँले त्यसका नाममा सडकमा प्रदर्शन नगर्न आग्रह गरे। महासङ्घका प्रतिनिधिले आफूहरुलाई स्रोत र साधन दिएर अनुगमन र समन्वयको प्रभावकारी भूमिका राख्न आग्रह गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मालपोतका कर्मचारीले घुस माग्दामाग्दै पक्राउ
मालपोतका कर्मचारीले घुस माग्दामाग्दै पक्राउ
तिब्बतियन शरणार्थी नेपाली नागरिकतासहित पक्राउ
तिब्बतियन शरणार्थी नेपाली नागरिकतासहित पक्राउ
रोल्पामा वर्षमान पुन र ओनसरी घर्तीले  गरे मतदान
रोल्पामा वर्षमान पुन र ओनसरी घर्तीले गरे मतदान
भारतीय जुडो च्याम्पियनलाई बधाई
भारतीय जुडो च्याम्पियनलाई बधाई
चुनावमा लागि राजपा नेपालले राख्यो तीन शर्त, महतो भन्छन्-नत्र मधेसमा चुनाव हुन दिन्नौं
चुनावमा लागि राजपा नेपालले राख्यो तीन शर्त, महतो भन्छन्-नत्र मधेसमा चुनाव हुन दिन्नौं
दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या दोबर
दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या दोबर
आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्न सम्झौता
आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्न सम्झौता
‘कांग्रेससँग उपसभापति आफूले पाउने विषयमा समझदारी भएको छ’- गच्छदार
‘कांग्रेससँग उपसभापति आफूले पाउने विषयमा समझदारी भएको छ’- गच्छदार
धुर्मुस-सुन्तली फाउण्डेशनलाई कर छुट दिने मन्त्रिपरिषद्को निर्णय
धुर्मुस-सुन्तली फाउण्डेशनलाई कर छुट दिने मन्त्रिपरिषद्को निर्णय
एयर एसियाले १३ करोड रुपैयाँ बक्यौता नतिरि किन सेवा बन्द गर्याे ?
एयर एसियाले १३ करोड रुपैयाँ बक्यौता नतिरि किन सेवा बन्द गर्याे ?

तपाईंले छुटाउनुभयो कि?