पैसा दिए पचाईदिनुस्, भोट हाल्दा गल्ती नगर्नुस्ः ओली

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १८, २०७४
|
१५
|
४२ पटक हेरिएको
Shares
पैसा दिए पचाईदिनुस्, भोट हाल्दा गल्ती नगर्नुस्ः ओली

सारांश

  • १८ मंसिर, काठमाडौं ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कपन पुगेर माओवादी नेता कार्यकर्तालाई अन्य उम्मेदवारलाई भोट नदिन खबरदारी गरेका छन् ।
  • काठमाडौं ४ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा एमालेका राजन भट्टराई उम्मेदवार छन् ।

१८ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कपन पुगेर माओवादी नेता कार्यकर्तालाई अन्य उम्मेदवारलाई भोट नदिन खबरदारी गरेका छन् ।

काठमाडौं ४ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा एमालेका राजन भट्टराई उम्मेदवार छन् । प्रदेशतर्फ पनि दुबै उम्मेदवार एमालेबाटै छन् ।

माओवादीको भोट कांग्रेस उम्मेदवार गगन थापातिर जाने सक्ने आशंका बढेपछि ओलीले देशभर कसले के गरेको छ, प्रचण्ड र आफूले हेरिरहेको बताएका हुन् ।

कपनमा आयोजित चुनावी सभामा ओलीले आफू प्रचण्डलाई भोट माग्न चितवन गएको स्मरण गर्दै भने, ‘यो पार्टी, त्यो पार्टी भन्ने होइन । विना कन्जुस्याङ सक्रिय हुनुस् । सम्पूर्ण शक्ति लगाउनुस् । एउटा भन्ने अर्को गर्ने चरित्र आवश्यक छैन ।’

चुनावअघि नै पार्टी एकता गर्न चाहेको तर, समयले नभ्याएको उनले बताए ।

कुनै उम्मेदवारको नाम नलिई एमाले अध्यक्ष ओलीले पैसाको बिटो बोकेर आएको र मतदातालाई किन्न खोजेको दाबी गरे । ‘पैसा दिइहाले र बाध्य बनाए भने समाइदिनुस् र पचाइदिनुस्’ उनले भने, ‘तर, भोट हाल्दा गल्ती गर्नु हुँदैन ।’

उनले भट्टराईको प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गगन थापालाई ‘सेलिब्रेटी’ भन्दै व्यग्य पनि गरे । देश बनाउन वाम गठबन्धने जित्नु पर्ने दाबी गर्दै उनले भने ‘सेलिब्रेटीको काम कारसँगै यसो उभिने हो । नाटकवाज होइन, कामवाज, जनतासँग चिप्लो कुरा गर्ने होइन, जनताका लागि मरिमेट्नेलाई रोज्नुस् ।’

प्रतिक्रिया

15 कमेन्ट

    Comment Author

    Prabin Karki

    Kasto sikayako woli sar aaphuko bani aarulae sikayako hola

    Comment Author

    Raju Dahal

    यउटा पाटिकाे अध्यक्ष ले बाेलि तेहिहाे कसताे कुकुरको बेवार माछे भयर

    Comment Author

    Basanta Mahato

    Yo bhanai tapain lai pani hola ni oli ji.रुपियाँ दिए पचाईदिनुस भोट चांही रूख मा हाल्नुहोस्

    Comment Author

    Raju Sth

    हुन्छ ओलि ज्यु पैसा दीनु भयो भोट चाइ

    Comment Author

    Suman Shrestha

    Vote ta ? ? ? ma ho oli ji don’t worry …

    Comment Author

    Pandav Dhami

    kole paisa dinxa ma bhanau timilai …yamale le paisa le bhot kinxa ma xo sachi

    Comment Author

    Hsejar Francu Gnamat

    Paisa ta timra pani pachx aba

    Comment Author

    Gurung Nanae

    Thik vannu vayo tote buda le paisa diye pachaidinxau j jasto vaye pani afno paatilai nai vote dinxau Jay Nepal jay nepali congress?????

    Comment Author

    Amrit Basnet

    thik vane ko ho .vote chai surya lai dinaparxa.

    Comment Author

    Durga Khadka

    कुरा ठिक गनु् भयाे कसले पैसा बाड्छ भाेटरलाइ थाहाछ

    Comment Author

    Kishor Manandhar Nhelima

    योत। थाहा। छ

    Comment Author

    Santosh Kumar Baral

    बम हान्नाेस भन्ने काे रैछ ?

    Comment Author

    Nim Prasad Tharu

    Kple aajachai Sahi bolexa vote rukhmai halau

    Comment Author

    Ram Thakulla

    पैशा दिने तो ऐमाले हो

    Comment Author

    Tek Poudyal

    य,मा,ले,काेरकमपचाउने
    भाेटरुखमादिनेहाे

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 15
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?