भारतीय जुडो च्याम्पियनलाई बधाई

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख ११, २०७५
|
|
५९ पटक हेरिएको
Shares
भारतीय जुडो च्याम्पियनलाई बधाई

सारांश

  • काठमाडौँ, ११ वैशाख ।
  •   भारतीय दूतावासले आठौँ दक्षिण एशियाली जुडो च्याम्पियनसिपका विजेता भारतीय खेलाडीलाई बधाई दिएको छ ।
  • नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले आज जुडो प्रतियोगिताका विजयी टोलीका खेलाडी तथा अधिकृतलाई बधाई ज्ञापन गर्नुभयो ।

काठमाडौँ, ११ वैशाख ।  भारतीय दूतावासले आठौँ दक्षिण एशियाली जुडो च्याम्पियनसिपका विजेता भारतीय खेलाडीलाई बधाई दिएको छ ।

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले आज जुडो प्रतियोगिताका विजयी टोलीका खेलाडी तथा अधिकृतलाई बधाई ज्ञापन गर्नुभयो । सोमबार नेपालमा सम्पन्न उक्त खेलमा पुरुष र महिला टोली इभेन्ट्समा भारत च्याम्पियन बनेको थियो । भारतको पुरुष टोलीले पाकिस्तानलाई फाइनलमा ३–२ ले हराएर स्वर्ण पदक जितेको थियो । त्यसैगरी महिला टोली इभेन्टमा भारतले नेपाललाई हराएको थियो । त्यसैगरी व्यक्तिगत इभेन्टमा पनि १० स्वर्णपदक जितेर भारत पहिलो भएको थियो ।

महिलातर्फका सबै स्वर्णपदक भारतले नै हात पारेको थियो । नेपाल प्रतियोगितामा दुई स्वर्ण पदक प्राप्त गरी दोस्रो भएको थियो । भारतका तर्फबाट सात महिला, छ पुरुष र तीन अधिकृतको सहभागिता थियो ।

भारतीय टोलीका प्रशिक्षक विजय पटेलले प्रतियोगिता व्यवस्थापन राम्रो भएको र आफ्ना खेलाडीले त्यसको भरपूर सदुपयोग गरेर उपाधि जित्न सफल भएको प्रतिक्रिया दिनुभयो । सो प्रतियोगिताको नवौँ संकरण बंगलादेशमा हुनेछ ।

starsoffline

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी अदालतमा नेपालीका मुद्दाहरु पेन्डिङ हुनुकाे कारण यस्ताे पाे ?(एक्सक्लुसिभ)
अमेरिकी अदालतमा नेपालीका मुद्दाहरु पेन्डिङ हुनुकाे कारण यस्ताे पाे ?(एक्सक्लुसिभ)
भूकम्प प्रभावित जिल्लाका प्राविधिकद्वारा सामूहिक राजीनामा…
भूकम्प प्रभावित जिल्लाका प्राविधिकद्वारा सामूहिक राजीनामा…
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बेलायतलाई हराउँदै अमेरिका विश्वकप फुटबलको फाइनलमा
बेलायतलाई हराउँदै अमेरिका विश्वकप फुटबलको फाइनलमा
नेपाली काँग्रेसका केन्द्रीय सदस्यले दशैँ उपहारस्वरुप बालबालिकालाई शैक्षिक सामग्री !
नेपाली काँग्रेसका केन्द्रीय सदस्यले दशैँ उपहारस्वरुप बालबालिकालाई शैक्षिक सामग्री !
रास्वपाले ३६ वटा विभाग गठन गर्दै प्रमुख तोक्यो, कसलाई कुन ? (सूचीसहित)
रास्वपाले ३६ वटा विभाग गठन गर्दै प्रमुख तोक्यो, कसलाई कुन ? (सूचीसहित)
कांग्रेस यो गठबन्धन भत्काएर अन्त जाने पक्षमा छैनः मीन विश्वकर्मा
कांग्रेस यो गठबन्धन भत्काएर अन्त जाने पक्षमा छैनः मीन विश्वकर्मा
कामपाले हटायो बाह्र हजार प्रचार सामग्री
कामपाले हटायो बाह्र हजार प्रचार सामग्री
पोखरामा क्षेत्रीय पुष्प व्यापार मेला हुने
पोखरामा क्षेत्रीय पुष्प व्यापार मेला हुने
मतदाता नामावली संकलन बिदाको दिन पनि
मतदाता नामावली संकलन बिदाको दिन पनि

तपाईंले छुटाउनुभयो कि?