बेलायतलाई हराउँदै अमेरिका विश्वकप फुटबलको फाइनलमा

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ १८, २०७६
|
|
५० पटक हेरिएको
Shares
बेलायतलाई हराउँदै अमेरिका विश्वकप फुटबलको फाइनलमा

सारांश

  • गोलकिपर एलिसा नाहर नायक हुँदा अमेरिकाले महिला विश्वकप फुटबलको सेमिफाइनलमा बेलायतमाथि २(१ को सनसनीपूर्ण जित निकालेको छ ।
  • ८४ औं मिनेटमा बेलायतले पाएको पेनाल्टी स्टेम हगटनको प्रहारलाई नाहरले बचाएकी थिइन् ।
  • निकै प्रतिष्पर्धात्मक खेलमा पहिलो हाफ नै निर्णायक बन्यो ।

गोलकिपर एलिसा नाहर नायक हुँदा अमेरिकाले महिला विश्वकप फुटबलको सेमिफाइनलमा बेलायतमाथि २(१ को सनसनीपूर्ण जित निकालेको छ । ८४ औं मिनेटमा बेलायतले पाएको पेनाल्टी स्टेम हगटनको प्रहारलाई नाहरले बचाएकी थिइन् ।निकै प्रतिष्पर्धात्मक खेलमा पहिलो हाफ नै निर्णायक बन्यो । एलेक्स मर्गनले ३४ औं मिनेटमा गोल गरी टोलीलाई जित दिलाइन् । १० औं मिनेटमा अमेरिकाकी प्रेसले गोल गरेकी थिइन् । बेलायतकी व्हाइटले १९ औं मिनेटमा बराबरी गोल गरिन् ।रोमाञ्चक खेलमा अमेरिकी खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै बेलायतलाई रोकेका थिए । फिफा वरियतामा नम्बर एक रहेको अमेरिका विश्वकपको मुख्य दाबेदार देश हो ।

यो पनि पढ्नुहोस्

किन नरम बने केपी ओली ?
काठमाण्डौ । प्रधानमन्त्री केपी ओली भन्नासाथ विरोधी र प्रतिपक्षीलाई गाली मात्रै गरिरहने व्यक्ति भन्ने लाग्छ । सार्वजनिक कार्यक्रममा अरुलाई कटाक्ष गरेर थाक्दैनन् ओली । तर पछिल्लो समय ओली केही नरम बन्दै जानुभएको हो कि भन्ने संकेत देखिएको छ । लगातारको विरोध र आलोचना खेप्नुभएका ओली आगामी दिनमा नरमै बन्नुहोला वा पुरानै प्रवृत्ति देखिएला भन्ने चासो पनि बढेको छ । प्रधानमन्त्री भएपछि ओलीले विपक्षी तथा आलोचकमाथि अरिङ्गाल बनेर जाइलाग्न कार्यकर्तालाई निर्देशन नै दिनुभएको थियो । जसले गर्दा ओली निकै विवादमा पनि परे । सपछि पनि निरन्तर रुपमा आलोचक र प्रतिपक्षी दल नेपाली कांग्रेसलाई कटाक्ष र व्यङ्ग्य गर्दा ओलीमा बहुमतको दम्भ देखिएको धेरैले टिप्पणी गरे ।

संसदमा होस् वा अन्य सार्वजनिक कार्यक्रममा, ओलीले सरकारवा आफ्नो विरोध गर्नेलाई भित्तामा पुग्ने गरी अभिव्यक्ति दिन्थे । तर पछिल्लो समय प्रधानमन्त्री ओली केही नरम बन्नुभएको संकेत देखिएको छ । सरकारको कामप्रति सवैतिरबाट आलोचना भइरहनु र पार्टी्भित्रको आन्तरिक समस्या पनि समाधान पनि हुन नसक्नुले ओलीलाई केही लगाएको हुन सक्छ । गुठी विधेयकको विरोधले त प्रधानमन्त्री ओलीलाई एउटा पाठ नै सिकाएको कतिपयको विष्लेषण छ ।आफ्ना कमी कमजोरी अस्वीकार गर्दै आउनुभएका ओलीले अहिले भने आलोचना र सुझाबलाई सकारात्मक रुपमा लिन थाल्नुभएको हो कि भन्ने अनुमान गर्न सकिन्छ । आफ्नै दलका नेता तथा सांसदहरु पनि ओलीको कार्यशैलीप्रति असन्तष्ट हुन थालेपछि ओलीको बोली फेरिएको हुन सक्ने विश्लेषक मुमाराम खनाल बताउँछन् ।

सोमबार लामो समयपछि बसेको पार्टीको संसदीय दलको बैठकमा सांसदहरुले नेतृत्वको कडा आलोचना गरेका थिए । त्यसबेला प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र दाहाल निकै गंम्भिर मुद्रामा देखिएका थिए । सांसदहरुले गरेका प्रश्नको अन्तिममा जवाफ दिदै ओलीले सरकारको बचाउ गर्दे पार्टी एकताको बांकी चाडै टुङ्गो लगाउने आश्वासन दिनुभएको थियो ।आइतबार एक कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीले मुलुकको विकासको लागि सरकार र प्रतिपक्षी दल मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । प्रधानमन्त्री भएपछि पहिलोपटक ओलीले प्रतिपक्षी दलसँग पनि मिल्नुपर्ने धारणा राख्नुभएको हो । ओलीको फेरिएको शैली कति समय टिक्छ त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोलामा ५०० ले बढ्यो सुनको मूल्य
तोलामा ५०० ले बढ्यो सुनको मूल्य
‘विश्वको सबैभन्दा ठूलो काग हेर्न गागलफेदी शहीदपार्क जाऔँ’
‘विश्वको सबैभन्दा ठूलो काग हेर्न गागलफेदी शहीदपार्क जाऔँ’
‘नेकपा जिन्दावाद’ भन्न लगाउदै काग्रेस सभापति लाई कुटपिट
‘नेकपा जिन्दावाद’ भन्न लगाउदै काग्रेस सभापति लाई कुटपिट
पीपीएल क्रिकेटः काठमाडाैँकाे लगातार दाेस्राे जित, विराटनगरको प्लेअफ खेल्ने सम्भावना न्युन !
पीपीएल क्रिकेटः काठमाडाैँकाे लगातार दाेस्राे जित, विराटनगरको प्लेअफ खेल्ने सम्भावना न्युन !
किन चिन्ता गर्नुहुन्छ ?’ भनेकी महिलाले चिन्तामा यसरि डुबाए पछि …
किन चिन्ता गर्नुहुन्छ ?’ भनेकी महिलाले चिन्तामा यसरि डुबाए पछि …
फेसबुकका मार्क जुकरवर्गको कीर्तिमान भंग, काइली जेनर बनिन २१ वर्षमै अर्बपति
फेसबुकका मार्क जुकरवर्गको कीर्तिमान भंग, काइली जेनर बनिन २१ वर्षमै अर्बपति
एमालेका अर्का नेता राजेन्द्र गौतमको गाडि पनि एम्बुसमा पर्यो, मार्ने योजना हुनसक्ने प्रहरीको अनुमान
एमालेका अर्का नेता राजेन्द्र गौतमको गाडि पनि एम्बुसमा पर्यो, मार्ने योजना हुनसक्ने प्रहरीको अनुमान
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर
मकवानपुरमा खुकुरी प्रहार गरी तीनको हत्या
मकवानपुरमा खुकुरी प्रहार गरी तीनको हत्या
आजको राशीफल
आजको राशीफल

तपाईंले छुटाउनुभयो कि?