अमेरिकी अदालतमा नेपालीका मुद्दाहरु पेन्डिङ हुनुकाे कारण यस्ताे पाे ?(एक्सक्लुसिभ)

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण १२, २०७५
|
|
६५ पटक हेरिएको
Shares
अमेरिकी अदालतमा नेपालीका मुद्दाहरु पेन्डिङ हुनुकाे कारण यस्ताे पाे ?(एक्सक्लुसिभ)

सारांश

  • अमेरिकी अध्यागमन अदालतमा नेपालीका शरण सम्बन्धि मुद्दाको ब्याकलग अहिलेसम्मकै उच्च भएको छ ।
  • अहिले अमेरिकी अध्यागमन अदालतमा नेपालीका ३८४२ वटा एसाइलमका मुद्दाहरु पेन्डिङ अवस्थामा रहेको एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांकले देखाएको छ ।
  • नेपालमा बस्न असुरक्षित रहेको भन्दै अमेरिकामा विभिन्न तरिकाबाट आएर शरणका लागि आवेदन दिनेहरुको संख्यामा भएको बृद्धिका कारण पेन्डिङ एसाइलमको संख्या पनि बढेको हो ।

अमेरिकी अध्यागमन अदालतमा नेपालीका शरण सम्बन्धि मुद्दाको ब्याकलग अहिलेसम्मकै उच्च भएको छ । अहिले अमेरिकी अध्यागमन अदालतमा नेपालीका ३८४२ वटा एसाइलमका मुद्दाहरु पेन्डिङ अवस्थामा रहेको एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांकले देखाएको छ ।नेपालमा बस्न असुरक्षित रहेको भन्दै अमेरिकामा विभिन्न तरिकाबाट आएर शरणका लागि आवेदन दिनेहरुको संख्यामा भएको बृद्धिका कारण पेन्डिङ एसाइलमको संख्या पनि बढेको हो । नेपालीका सबैभन्दा बढी पेन्डिङ एसाइलम न्युयोर्कको अध्यागमन अदालतमा २१८४ वटा रहेका छन् । जसमध्ये न्युयोर्क सिटीमा २१८१ र ३ वटा बफेलोमा रहेका छन् ।

न्युयोर्कपछि क्यालिफोर्नियामा नेपालीका ८१७ पेन्डिङ एसाइलम रहेका छन् । त्यस्तै टेक्सासमा २८४, मासाचुसेट्समा ९३, मेरिल्याण्डमा ८३, भर्जिनियामा ८१, जर्जियामा ६९, कोलोराडोमा ५५, न्यु जर्सीमा ३९, वासिंटनमा ३८, पेन्सिलभेनियामा २२, इलिनोयमा २२, मिनेसोटामा ११, नेब्रास्कामा ७ र केन्टकीमा ७ पेन्डिङ एसाइलम रहेका छन् । त्यस्तै न्यु मेक्सिकोमा ६, ओरेगनमा ४, युटाहमा ४, ओहियोमा ३, मिसिगनमा २, नेभाडामा २, टेनेसीमा २, कनेक्टिकटमा २, लुजियानामा २, मिजौरीमा १, नर्थ क्यारोलिनामा १ र एरिजोनामा १ पेन्डिङ एसाइलम रहेको एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ ।

विगतका बर्षहरुको अवस्था हेर्दा आर्थिक बर्ष २०१७ को अन्त्यसम्म अध्यागमन अदालतमा ३६३२ नेपालीका पेन्डिङ एसाइलम रहेका थिए । त्यस्तै २०१६ को अन्त्यसम्ममा ३३४४, २०१५ मा २८६७, २०१४ मा २३०२, २०१३ मा २०५८ र २०१२ मा १९३६ नेपालीका पेन्डिङ एसाइलम रहेका थिए ।

यो अदालतमा पेन्डिङ एसाइलम मुद्दाको मात्र संख्या हो । युएससीआईएसमा पेन्डिङ एसाइलमको संख्या यसमा समावेश छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘जेन-जी’ आन्दोलन :ओली र लेखकविरुद्ध प्रहरीमा जाहेरी, अखिलको ‘काउण्टर’
‘जेन-जी’ आन्दोलन :ओली र लेखकविरुद्ध प्रहरीमा जाहेरी, अखिलको ‘काउण्टर’
आरजुको दबाबमा राखिएका मुख्य सचिव रेग्मीले टेरेनन्, हटाउन प्रधानमन्त्रीलाई दबाब
आरजुको दबाबमा राखिएका मुख्य सचिव रेग्मीले टेरेनन्, हटाउन प्रधानमन्त्रीलाई दबाब
मुख्यमन्त्री खोज्दै कांग्रेश ३ नंम्बर प्रदेशमा गगनको चर्चा , अरु को कहाँ ?
मुख्यमन्त्री खोज्दै कांग्रेश ३ नंम्बर प्रदेशमा गगनको चर्चा , अरु को कहाँ ?
यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कोरोना संक्रमितको धौलागिरि अस्पतालमा उपचार हुँदै
कोरोना संक्रमितको धौलागिरि अस्पतालमा उपचार हुँदै
गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
आधुनिकतासंगै जन्म दिन मनाउने शैलीमा व्यापक फेरबदल :युवन घिमिरे
आधुनिकतासंगै जन्म दिन मनाउने शैलीमा व्यापक फेरबदल :युवन घिमिरे
मोदीले किन पठाए ३ जना महिलालाई नेपाल ?
मोदीले किन पठाए ३ जना महिलालाई नेपाल ?
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५३ जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५३ जनाको मृत्यु
शीर्ष नेताहरु छलफलमा
शीर्ष नेताहरु छलफलमा

तपाईंले छुटाउनुभयो कि?