खोटाङमा सरकारि कार्यालयमा चाेरी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर ६, २०७५
|
|
३४ पटक हेरिएको
Shares
खोटाङमा सरकारि कार्यालयमा चाेरी

सारांश

  • खोटाङ, ६ मंसिर ।
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित वडा कार्यालय, हुलाक कार्यालय, स्वास्थ्य चौकी र चम्पावती माविको ढोका तोडफोड गरेर नगद तथा सामान चोरी भएको छ ।
  • बुधबार राति अज्ञात समूहले वडा कार्यालयको दराज तोडेर सामाजिक सुरक्षा भत्तासम्बन्धी कागजात च्यातेर फालेको, राजस्ववापत उठेको झन्डै ५ हजार रकम चोरी भएको, वडाको कागजात छरपस्ट बनाएर फालिदिएको वडाध्यक्ष वीरेन्द्र ढकालले बताउनुभयो ।

खोटाङ, ६ मंसिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित वडा कार्यालय, हुलाक कार्यालय, स्वास्थ्य चौकी र चम्पावती माविको ढोका तोडफोड गरेर नगद तथा सामान चोरी भएको छ । बुधबार राति अज्ञात समूहले वडा कार्यालयको दराज तोडेर सामाजिक सुरक्षा भत्तासम्बन्धी कागजात च्यातेर फालेको, राजस्ववापत उठेको झन्डै ५ हजार रकम चोरी भएको, वडाको कागजात छरपस्ट बनाएर फालिदिएको वडाध्यक्ष वीरेन्द्र ढकालले बताउनुभयो ।

यस्तै, चम्पावती माविको दराज फुटाएर एक थान ल्यापटप र लेखामा रहेको केही नगद चोरी भएको प्रहरीले जनाएको छ ।हुलाकको १ हजार नगद र तीन सयको हुलाक टिकट पनि चोरी भएको छ । हुलाक र स्वास्थ्यचौकीको कागजात पनि छरपस्ट पारेर फोलेको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले बताउनुभयो ।

यस्तै, व्यवसायी सागर खनालको पसल फोडेर नगद ६० हजार, रिचार्ज कार्ड र दम्पत्तीको नागरिकता चोरी भएको छ । ढकालका अनुसार अर्का व्यवसायी रमेश राईको पसल फुटाए । ५ हजारको रिचार्ज कार्ड, नगद ३ हजार, चुरोट, रक्सीलगायत चोरी भएको छ । घटनामा संलग्नको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झुलाघाट नाका आजदेखि तीनदिनका लागि  बन्द
झुलाघाट नाका आजदेखि तीनदिनका लागि बन्द
श्रीनिवासले आफुलाई आफै गोली हान्नुकाे रहस्य यस्ताे पाे ! पूर्वराजाको नाम पनि जाेडियाे
श्रीनिवासले आफुलाई आफै गोली हान्नुकाे रहस्य यस्ताे पाे ! पूर्वराजाको नाम पनि जाेडियाे
SRK’s daughter Suhana Khan’s picture hugging a mystery man going viral on social media!
SRK’s daughter Suhana Khan’s picture hugging a mystery man going viral on social media!
जलयात्रा लागि स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै कालीगण्डकी
जलयात्रा लागि स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै कालीगण्डकी
३३ किलाे सुन प्रकरण : चाचाजीलाई प्रहरीले पेस्तोल देखाए !
३३ किलाे सुन प्रकरण : चाचाजीलाई प्रहरीले पेस्तोल देखाए !
बाँदरले सातो लिएपछि किसानले बाली नै लगाएनन्
अभिनय बाहेक रेष्टुरेन्ट व्यवसायमा आवद्ध नेपाली अभिनेत्रीहरु
अभिनय बाहेक रेष्टुरेन्ट व्यवसायमा आवद्ध नेपाली अभिनेत्रीहरु
आफ्नो अपहरण आफैले रचेर परिवारलाई पैसा मागेपछि…
आफ्नो अपहरण आफैले रचेर परिवारलाई पैसा मागेपछि…
पाकिस्तानी प्रधानमन्त्रीको आरोप : स्टक एक्सचेन्जमा घटेको घटनामा भारतको मुख्य भूमिका थियो
पाकिस्तानी प्रधानमन्त्रीको आरोप : स्टक एक्सचेन्जमा घटेको घटनामा भारतको मुख्य भूमिका थियो
बेलायतको भीसा पाउने नयाँ प्रणाली आयो
बेलायतको भीसा पाउने नयाँ प्रणाली आयो

तपाईंले छुटाउनुभयो कि?