गण्डकी प्रदेशसभा : विधेयक पारित

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन ३, २०७९
|
|
५३ पटक हेरिएको
Shares
गण्डकी प्रदेशसभा : विधेयक पारित

सारांश

  • काठमाडौं ।
  • गण्डकी प्रदेशसभाको आजको बैठकले केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।
  • बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले विधेयकलाई पारित गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो ।

काठमाडौं । गण्डकी प्रदेशसभाको आजको बैठकले केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले विधेयकलाई पारित गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो ।
  
त्यसअघि विधेयकमाथिको दफावार छलफलमा सदस्य भीमबहादुर कार्की, अशोककुमार श्रेष्ठ, सुशीला सिंखडा, विन्दु अधिकारी पहाडी र जीतबहादुर शेरचनले भाग लिएका थिए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले ऐनहरू संशोधन गर्नुपर्ने आवश्यकता रहेकाले विधेयक ल्याइएको बताउँदै प्राप्त सुझावलाई आत्मसात् गर्दै अघि बढिने बताए । 
  
यसअघिका प्रदेशसभाका बैठकमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले गण्डकी प्रदेशमा शुद्ध खानेपानीको पहुँच घरघरमा पुग्ने गरी काम भइरहेको बताए । प्रदेशभित्रका नदी कटानको समस्या समाधान गर्न लागि मन्त्रालयको ध्यानाकर्षण भएको उनले उल्लेख गरे । 
  
आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले प्रदेश सरकारको पुँजीगत खर्च सुधारोन्मुख रहेको बताए । विकासका काममा एकमतका साथ अघि बढ्ने उनको भनाइ छ । सभाको अर्को बैठक फागुन ८ गते दिनको २ बजे बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?