गमला बनाएर मासिक ५० हजार कमाई

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ १४, २०७६
|
|
५४ पटक हेरिएको
Shares
गमला बनाएर मासिक ५० हजार कमाई

सारांश

  • झापाको बाह्रदशी गाउँपालिका–६ कुमालगाउँका सावित्रादेवी पण्डितले गमला बनाउन थालेको झण्डै तीन दशक पुगेको छ ।
  • उहाँले गमला बनाएर नै घर धान्नुभएको छ ।
  • शुरुमा गमलासहित दियो, पाला, खुत्रुके बनाउँदै आए पनि पछिल्लो समय गमलाको माग बढेपछि अहिले उहाँले गमला मात्रै बनाउनुहुन्छ ।

झापाको बाह्रदशी गाउँपालिका–६ कुमालगाउँका सावित्रादेवी पण्डितले गमला बनाउन थालेको झण्डै तीन दशक पुगेको छ ।
उहाँले गमला बनाएर नै घर धान्नुभएको छ । शुरुमा गमलासहित दियो, पाला, खुत्रुके बनाउँदै आए पनि पछिल्लो समय गमलाको माग बढेपछि अहिले उहाँले गमला मात्रै बनाउनुहुन्छ ।

ग्रामीण क्षेत्रदेखि शहरसम्म नै गमलाको माग बढेपछि उहाँसहित उहाँका श्रीमान् रामेश्वर पण्डित बिहान सबेरैदेखि माटोको काममा निस्कनुहुन्छ । गमलाका लागि रामेश्वरले बिहानभरि मुछेको माटोलाई दिउँसो सावित्रादेवीले गमला बनाएर सुकाउनुहुन्छ । सावित्राले दैनिक झण्डै १०० वटा गमला बनाउने गर्छन् । ती गमलालाई सुकाएपछि रामेश्वरले भट्टीमा पकाउँछन् र त्यही गमला बेचेर पण्डित परिवारको जनजीविका चलेको छ ।

पण्डित दम्पतीले बनाएको गमला घरबाटै बिक्री हुन्छ । एउटा गमलाको होलसेल मूल्य रु ३० हो । बजारमा रु ५०–६० पर्ने गमलालाई पण्डित दम्पतीले घरबाटै व्यापारीलाई रु ३० मा बिक्री गर्नुहुन्छ । एक सातामा ५०० गमला बिक्री गर्ने पण्डित दम्पतीले महिनामा दुई हजार गमला बिक्री गर्नुहुन्छ । साताकै रु १५ हजार गमला बेचेर कमाई गर्ने पण्डित दम्पतीको मासिक कमाई रु ६० हजार हुने गरेको छ ।

त्यसो त माटो खरीदका लागि मासिक रु १० हजार छुट्याउने पण्डित दम्पतीले घरमै बसेर गमला बनाएर मात्रै मासिक रु ५० हजार आम्दानी गर्दै आउनुभएको छ । “बुबा (बाबुलाल) ले यही काम गर्नुभयो”, रामेश्वरले भन्नुभयो, “बुबाले गरेको देखेर सिकेको हो यो काम, यही कामले हामीलाई बचाएको छ, चार छोराछोरी हुर्कायौँ, बढायौँ र पढायौँ पनि ।”

हिउँदयाममा मात्रै गरिने यो कामसँगै उहाँहरु खेती पनि गर्नुहुन्छ । तर, खेतीबाट भन्दा गमला बनाउँदा नै धेरै आम्दानी हुने गरेको रामेश्वरले बताउनुभयो । “खेती गर्दा कहिले उत्पादन राम्रो दिन्छ, त कहिले उत्पादन दिदैन”, उहाँले भन्नुभयो, “गमला बनाएपछि नबिक्ला भन्नु पर्दैन, घर बाटै बिक्री हुन्छ । खेतीभन्दा राम्रो आम्दानीको स्रोत हाम्रो गमला बनाउने काम हो ।”

त्यसो त पण्डित दम्पती मात्र होइन, त्यस ठाउँमा बसोबास गर्ने झण्डै ३० घरपरिवार यही पेशामा निर्भर छन् । उनीहरुले माटोकै भाँडाकुँडा बनाएर वर्षाैदेखि जीवन निर्वाह गर्दै आएका छन् । “हातमा सीप भए जिउन सकिनेरहेछ”, सावित्राले भन्नुभयो, “हामी यहाँ फरक–फरक सामग्री बनाएर बिक्री गर्छाैँ, कसैले गमला त कसैले दियो, कसैले खुत्रुके अनि कसैले घैला । यही कामले हामीलाई बचाएको छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजधानीका विद्युत्त लाइन भूमिगत गरिँदै, ओछ्याउन सडक भत्काउने तयारी
राजधानीका विद्युत्त लाइन भूमिगत गरिँदै, ओछ्याउन सडक भत्काउने तयारी
सरकार निर्माण र पार्टी एकतामध्ये कुन पहिला भन्न सकिने अवस्था छैन : रावल
सरकार निर्माण र पार्टी एकतामध्ये कुन पहिला भन्न सकिने अवस्था छैन : रावल
बैशाख २८ गते काठमाडौँमा ६ देशका टप रेसलरको महाभिडन्त हुने
बैशाख २८ गते काठमाडौँमा ६ देशका टप रेसलरको महाभिडन्त हुने
काभ्रेमा  काँग्रेसका जनप्रिय उम्मेदवार,  लामा जिताउन जनता आतुर
काभ्रेमा काँग्रेसका जनप्रिय उम्मेदवार, लामा जिताउन जनता आतुर
अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइँदै
अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइँदै
एमाले ल्यायो टुटेका मनहरु जोड्ने मार्मिक चुनाबी बिज्ञापन एमाले छदै छ नि !!!
अवैध रुपमा लुकाएर राखेको अवस्थामा २७ हजार १८० किलोग्राम जडिबुटी बरामद !!
अवैध रुपमा लुकाएर राखेको अवस्थामा २७ हजार १८० किलोग्राम जडिबुटी बरामद !!
नेकपाका दुई अध्यक्षकै काँधमा सबै जिम्मेवारी
नेकपाका दुई अध्यक्षकै काँधमा सबै जिम्मेवारी
प्रतिशोध लिन भागरथीमाथि बलात्कार, गाउँमा भनिदिने डरले हत्या
मकवानपुर गढीमा कृषि उद्यान निर्माण प्रारम्भ
मकवानपुर गढीमा कृषि उद्यान निर्माण प्रारम्भ

तपाईंले छुटाउनुभयो कि?