गायक प्रकाश ओझालाई यौन शोषणको आरोपमा १० बर्षलाई जेल चलान

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ १५, २०७३
|
|
३२४ पटक हेरिएको
Shares
गायक प्रकाश ओझालाई यौन शोषणको आरोपमा १० बर्षलाई जेल चलान

सारांश

  • ‘भत्काई दिन्छु बाख्राको खोर’, ‘जाँउ कि क्या हो जिम खाना’, ‘तिते करेली’ लगायत चर्चित गीतका गायक प्रकाश ओझालाई १० बर्षका लागि जेल चलान गरिएको छ ।
  • केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले काठमाण्डौंको शंखमुलबाट ओझालाई पक्राउ गरेको हो ।
  • तीन नाबालिकाहरुलाई यौन शोषण गरेको आरोपमा अदालतबाट १० बर्षको जेल सजाय पाएका यि गायक लुक्दै हिडेको थिए ।

‘भत्काई दिन्छु बाख्राको खोर’, ‘जाँउ कि क्या हो जिम खाना’, ‘तिते करेली’ लगायत चर्चित गीतका गायक प्रकाश ओझालाई १० बर्षका लागि जेल चलान गरिएको छ । केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले काठमाण्डौंको शंखमुलबाट ओझालाई पक्राउ गरेको हो । तीन नाबालिकाहरुलाई यौन शोषण गरेको आरोपमा अदालतबाट १० बर्षको जेल सजाय पाएका यि गायक लुक्दै हिडेको थिए ।

बालिकाहरुलाई यौन शोषण गर्ने अनि भिडियो खिचेर वेबसाईटमा हाल्ने गरेको आरोप उनलाई लागेको थियो । २०५९ सालदेखि लगातार दुई बर्षसम्म डर देखाई अनुचित प्रभावमा पारी नाबालिकाहरुसँग उनी अनौतिक सम्बन्ध राख्ने गरेको बताईएको छ ।

काठमाण्डौं जिल्ला अदालतले आदेश मुताबिक उनलाई केन्द्रिय कारागार सुन्धारा पठाईएको छ । मानब बेचबिखन तथा ओसारपसारका दुई मुद्दामा उनले जम्मा १० बर्ष जेलजिवन बिताउनु पर्नेछ ।
इटहरी घर भएका ४३ बर्षका गायक तथा हाँस्यकलाकार प्रकाश ओझा काठमाण्डौंमै बसेर लुकी छिपी गीत रेकर्ड गरेर बजारमा ल्याउने गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?