गुठी विधेयकको विरोध सेलाउ नपाउँदै गुठी संस्थान खारेज गर्न माग

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ १२, २०७६
|
|
३५ पटक हेरिएको
Shares
गुठी विधेयकको विरोध सेलाउ नपाउँदै गुठी संस्थान खारेज गर्न माग

सारांश

  • काठमाडौं।
  • प्रतिनिधिसभाका सांसदहरुले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका छन्।
  • प्रतिनिधिसभाका सांसद प्रेम सुवालले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका हुन्।

काठमाडौं। प्रतिनिधिसभाका सांसदहरुले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाका सांसद प्रेम सुवालले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका हुन्। बिहीबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धि विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उनले सम्पदा र संस्कृतिहरुको संरक्षण गर्ने अधिकार गुठीलाई दिने व्यवस्था खारेज गरेर सम्बन्धित स्थानीय तहलाई नै दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए। सांसद सुवालले नेपाल ट्रष्ट पनि तत्काल खारेज गर्न सरकारको ध्यानाकर्षण गराए। नेपाल ट्रष्टले गर्ने काम पनि स्थानीय तहले गर्ने भएकाले त्यसमा संघीय सरकारले हस्तक्षेप गरिरहन नपर्ने उनको तर्क छ।

अर्का सांसद पार्वत गुरुङले भूमिहिनहरुको समस्या समाधानका लागि ‘विशेष आवास क्षेत्र’ को व्यवस्था गर्न सरकारसँग माग गरे। उनले सुकुम्बासी समस्या समाधानको नाममा हुने वन क्षेत्रको विनाश रोक्न पनि सरकारलाई सचेत गराए। सांसद गुरुङले वन क्षेत्रको अतिक्रमणले भूमिहिनहरुको समस्या समाधान नहुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए।

(https://www.cookwarejunkies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकारहरुलाई फौजदारी अभियोग लगाइनु अनुचित: उपाध्यक्ष पोख्रेल
पत्रकारहरुलाई फौजदारी अभियोग लगाइनु अनुचित: उपाध्यक्ष पोख्रेल
ओली सरकार ढाल्ने प्रतिपक्ष दलका नेता देउवाको चेतावनी
ओली सरकार ढाल्ने प्रतिपक्ष दलका नेता देउवाको चेतावनी
असार १४ को निर्वाचनप्रति दृढ हुन आयोगको आग्रह
असार १४ को निर्वाचनप्रति दृढ हुन आयोगको आग्रह
नर्स मृत्यु प्रकरण: डा ढकाल र उनका बुबाविरुद्ध दुरुत्साहनमा जाहेरी दर्ता
नर्स मृत्यु प्रकरण: डा ढकाल र उनका बुबाविरुद्ध दुरुत्साहनमा जाहेरी दर्ता
विश्व क्रिकेटका कान्छा कप्तान
विश्व क्रिकेटका कान्छा कप्तान
पूर्वी अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान आफूहरुले खसालेको तालिबानको दाबी
पूर्वी अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान आफूहरुले खसालेको तालिबानको दाबी
घरमै सुत्केरी हुने दर शून्य
घरमै सुत्केरी हुने दर शून्य
चर्को विरोधपछि दुवै अध्यादेश फिर्ता लिने मन्‍त्रिपरिषद्‌को निर्णय
चर्को विरोधपछि दुवै अध्यादेश फिर्ता लिने मन्‍त्रिपरिषद्‌को निर्णय
बुर्तिवाङ उत्तरगंगा अस्पतालबारे नियोजित ढंगमा छापिएको समाचारप्रति कडा भर्त्सना, सजग रहन आग्रह
बुर्तिवाङ उत्तरगंगा अस्पतालबारे नियोजित ढंगमा छापिएको समाचारप्रति कडा भर्त्सना, सजग रहन आग्रह
बन्दमा सयौं कार्यकर्ता गिरफ्तार भएको दावी, नेकपाले ल्यायो संघर्षका नयाँ कार्यक्रम
बन्दमा सयौं कार्यकर्ता गिरफ्तार भएको दावी, नेकपाले ल्यायो संघर्षका नयाँ कार्यक्रम