गुणस्तरहीन काम भएको भन्दै अस्पतालको निर्माणाधीन भवन भत्काउन निर्देशन

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष १७, २०८०
|
|
६९ पटक हेरिएको
Shares
गुणस्तरहीन काम भएको भन्दै अस्पतालको निर्माणाधीन भवन भत्काउन निर्देशन

सारांश

  • खोटाङ ।
  • जन्तेढुङ्गा गाउँपालिकाले वडा नं ५ चिसापानीमा निर्माणाधीन १५ श्ययाको अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएको भन्दै संरचना भत्काउन निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।
  • गाउँ कार्यपालिकाको आजको बैठकले निर्माणाधीन अस्पताल भवनको जगमा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको अनुगमनका क्रममा पाइएको भन्दै निर्माणाधीन संरचना भत्काएर फेरि काम गर्न निर्देशन दिएको हो ।

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले वडा नं ५ चिसापानीमा निर्माणाधीन १५ श्ययाको अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएको भन्दै संरचना भत्काउन निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।

गाउँ कार्यपालिकाको आजको बैठकले निर्माणाधीन अस्पताल भवनको जगमा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको अनुगमनका क्रममा पाइएको भन्दै निर्माणाधीन संरचना भत्काएर फेरि काम गर्न निर्देशन दिएको हो ।

निर्माणाधीन अस्पताल भवनका लागि जग सम्याएर पिल्लर ठड्याउने क्रममा गुणस्तरहीन काम भएको स्थानीयले गुनासो गरेपछि अनुगमन गरिएको र गुणस्तरहीन काम भएको निष्कर्षसहित संरचना भत्काउन निर्देशन दिइएको गाउँपालिका प्रमुख अरुणादेवी राईले जानकारी दिइन् ।

“करिब दुई वर्षअघि निर्माण सम्पन्न गर्नुपर्ने अस्पताल भवनको हालै पिल्लर ठड्याउने काम हुँदै थियो । ठेकेदारको लापर्वाहीले गुणस्तरहीन संरचना निर्माण भइरहेको रहेछ । गाउँपालिकाको कार्यपालिकाको बैठक नै बसेर भत्काउन निर्देशन दिएका हौँ”, अध्यक्ष राईले भनिन्, “गाउँपालिकाको निर्देशनलगत्तै कम्पनीले निर्माण सम्पन्न भएका संरचना भत्काउन थालेको छ । गुणस्तरमा लापर्वाही गर्ने ठेकेदारलाई निगरानीमा राखेका छौँ ।”

निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन विसं २०७९ असार २८ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी विसं २०७८ असार २५ गते ड्रागन–रियर जेभीले ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले अस्पताल भवनको काम सिद्धगढी निर्माण कम्पनीलाई पेटी ठेक्कामा दिएको जनाएको छ । अस्पताल भवन निर्माणका लागि कूल रु २० करोड ७१ हजार पाँच सय ९० मा सम्झौता भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शैक्षिक र भौतिक प्रगति गर्दै नमूना विद्यालय
शैक्षिक र भौतिक प्रगति गर्दै नमूना विद्यालय
जेठ १ गते बिहिबारको राशिफल यस्तो छ
जेठ १ गते बिहिबारको राशिफल यस्तो छ
प्रमुख, उपप्रमुखलगायतले अझैपनि बुझाएनन सम्पत्ति विवरण
आमालाइ रुवाउदै निभे “प्रकाश”(फोटो फिचर)
आमालाइ रुवाउदै निभे “प्रकाश”(फोटो फिचर)
पुर्वाधार विकासमा नयाँ फड्को: झापाको रतुवा खोलामा अत्याधुनिक ‘ल्याण्डमार्क’ पुलको ५० प्रतिशत काम सम्पन्न
पुर्वाधार विकासमा नयाँ फड्को: झापाको रतुवा खोलामा अत्याधुनिक ‘ल्याण्डमार्क’ पुलको ५० प्रतिशत काम सम्पन्न
काठमाडौँको नयाँ बसपार्कस्थित ग्यारेजमा राखिएको ८ वटा माइक्रोबसमा आगलागी
काठमाडौँको नयाँ बसपार्कस्थित ग्यारेजमा राखिएको ८ वटा माइक्रोबसमा आगलागी
नवलपरासीमा बालविवाहका कारण विद्यालय छाड्नेको सङ्ख्या बढ्दो
नवलपरासीमा बालविवाहका कारण विद्यालय छाड्नेको सङ्ख्या बढ्दो
प्रधानमन्त्री र प्रचण्डबीच तीन दिनअघि नै सहमति भएपनि संशोधनपछि मात्रै थप मन्त्री
प्रधानमन्त्री र प्रचण्डबीच तीन दिनअघि नै सहमति भएपनि संशोधनपछि मात्रै थप मन्त्री
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन
सभामुख चयनमा सकस : ‘बार्गेनिङ’ गर्ने दाउमा प्रचण्ड’
सभामुख चयनमा सकस : ‘बार्गेनिङ’ गर्ने दाउमा प्रचण्ड’

तपाईंले छुटाउनुभयो कि?