गृहनगरमा प्रधानमन्त्रीको व्यस्त दैनिकी
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओली बुधवार दिनभर आफ्नो गृहनगरमा व्यस्त रहने भएका छन्।
- प्रधानमन्त्री ओली बुधवार दमकमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागि हुने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
- प्रधानमन्त्रीले दमकमा चार वटा कार्यक्रममा सहभागिता जनाउने छन्।
प्रधानमन्त्री केपी शर्मा ओली बुधवार दिनभर आफ्नो गृहनगरमा व्यस्त रहने भएका छन्। प्रधानमन्त्री ओली बुधवार दमकमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागि हुने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
प्रधानमन्त्रीले दमकमा चार वटा कार्यक्रममा सहभागिता जनाउने छन्। उनले बिहान साढे ८ बजे दमक नगरपालिका कार्यालयमा पहिलो नागरिक घोषित धिमाल जातिको प्रतिमा अनावरण गरेका छन्। त्यसपछि दमकमा रहेको दोस्रो साना सहरी खानेपानी आयोजना र नमूना पार्कको उद्घाटन गर्ने कार्यक्रम छ।
त्यसपछि प्रधानमन्त्रीले साढे १२ बजे दमक नगरपालिकाको आयोजनामा हुन लागेको दमक गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्नेछन्। र, कार्यक्रमलाई सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री ओली गृहनगरमा रहेका विभिन्न कार्यक्रममा सहभागी भएपछि बुधबारै काठमाडौं फर्कने कार्यक्रम छ। प्रधानमन्त्री भएपछि ओली दोस्रो पटक गृहनगर आएका हुन्।
Justin Biral
? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє
? CH BOTTERZ ? SURAJ-KING,TK ?