गृहमन्त्री थापा न्यूरो अस्पतालमा !

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख २२, २०७५
|
|
५२ पटक हेरिएको
Shares
गृहमन्त्री थापा न्यूरो अस्पतालमा !

सारांश

  • काठमाडौँ, २२ वैशाख ।
  •   गृहमन्त्री रामबहादुर थापा‘बादल’ले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
  • पित्त थैलीको क्यान्सरबाट पीडित डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न गृहमन्त्री थापा आज बाँसबारीस्थित न्यूरो अस्पताल पुग्नुभएको हो ।

काठमाडौँ, २२ वैशाख ।  गृहमन्त्री रामबहादुर थापा‘बादल’ले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

पित्त थैलीको क्यान्सरबाट पीडित डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न गृहमन्त्री थापा आज बाँसबारीस्थित न्यूरो अस्पताल पुग्नुभएको हो ।

भेटमा गृहमन्त्रीले डा देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संक्षिप्त कुराकानीसमेत गर्नुभएको थियो ।

गृहमन्त्रीले डा देवकोटाको उपचारमा संलग्न चिकित्सहरुसँग उहाँको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो ।

त्यस्तै  राष्ट्रपति विद्यादेवी भण्डारीले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

पित्त थैलीको क्यान्सरबाट पीडित डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न राष्ट्रपति भण्डारी आज बाँसबारीस्थित न्यूरो अस्पताल पुग्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले डा देवकोटासँग संक्षिप्त कुराकानी समेत गर्नुभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । भेटका क्रममा राष्ट्रपति भण्डारीले देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

बेलायतको एक अस्पतालमा उपचारका लागि पुग्नुभएका डा देवकोटा केही दिनअघि मात्रै स्वदेश फर्कनुभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?