गृहमन्त्री शर्माले देखाए यस्तो अनौठो ,‘क्रियाकलाप’सबै परे छक्क…………

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण २६, २०७४
|
|
५२ पटक हेरिएको
Shares
गृहमन्त्री शर्माले देखाए यस्तो अनौठो ,‘क्रियाकलाप’सबै परे छक्क…………

सारांश

  • गृहमन्त्री जनार्दन शर्माले सिंहदबारमा फेरि बुधबार अर्को अनौठो ‘क्रियाकलाप’ देखाएका छन् ।
  • मुलुकलाई दीघकालीन सहयोग मिल्ने तथा गाउँका जनताले राहत पाउने गरेर शान्तिसुरक्षामा काम गर्नुको साटो सिंहदरबारभित्र पैदल हिँडेर हल्काफुल्का चर्चा कमाउने उपाय अपनाएका छन् ।
  • संसद भवन नयाँबानेश्वरबाट सिंहदरबारस्थित गृह मन्त्रालय आउने क्रममा बाटोमा जाममा परेपछि गृहमन्त्री शर्मा गाडीबाट ओर्लिएर पैदल हिँडेका थिए ।

गृहमन्त्री जनार्दन शर्माले सिंहदबारमा फेरि बुधबार अर्को अनौठो ‘क्रियाकलाप’ देखाएका छन् ।

मुलुकलाई दीघकालीन सहयोग मिल्ने तथा गाउँका जनताले राहत पाउने गरेर शान्तिसुरक्षामा काम गर्नुको साटो सिंहदरबारभित्र पैदल हिँडेर हल्काफुल्का चर्चा कमाउने उपाय अपनाएका छन् ।

संसद भवन नयाँबानेश्वरबाट सिंहदरबारस्थित गृह मन्त्रालय आउने क्रममा बाटोमा जाममा परेपछि गृहमन्त्री शर्मा गाडीबाट ओर्लिएर पैदल हिँडेका थिए ।

मुलुकमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएका गृहमन्त्री शर्मा गाडीबाट ओर्लिएर मन्त्रालय जानु अनौठोकत्तिसम्म जायज छ त्योसको लेखाजोखा होला ।

तर, उनले राजधानीको ट्राफिक जामको समस्या हटाउन पहल गर्नुको साटो मिडियामा चर्चा कमाउन गाडीबाट ओर्लिएर मिडियाबाजी गरेको भने लाग्न थालेको छ ।

पैदल हिँडेर गृहमन्त्रालयतर्फ जाँदै गरेका गृहमन्त्री शर्मालाई देख्ने एकजनाले भने, ‘गृहमन्त्री हिँडेर मन्त्रालय जानु थियो भने गाडी नै किन चढ्ने ? दुई समय मिटरको बाटोमा हिँडेको देखाएर के गर्न खोजेको होला ? यो त मिडियामा चर्चा कमाउने तरिका हो । गृहमन्त्रीज्यू राम्रो अभिनेता हुनुहुँदो रहेछ ।’

गृहमन्त्री शर्मा गाडीबाट ओर्लिएर हिँडेको केही समयभित्रै जाममा फसेको उनको गाडी आइपुगेको थियो । मुस्किलले ५० मिटर हिँडेका गृहमन्त्री शर्मा फेरि गाडी चडेर गृहमन्त्रालयतिर गएका थिए ।

नेपाल प्रहरीका एआईजी, डिआईजी, एसएसपी, एसपी लगायतका पदमा बढुवा विवादमा परेका गृहमन्त्री शर्माले आफ्नै सहपाठीलाई सुरक्षा सल्लाहकार नियुक्त गरेर अर्को आलोचना खेप्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हवाई मार्गको विकल्प नहुँदा सयौँ पर्यटक लुक्लामै अलपत्र
हवाई मार्गको विकल्प नहुँदा सयौँ पर्यटक लुक्लामै अलपत्र
पाँच नं प्रदेशबाट पहाडी जिल्ला टुक्य्राइको बिरोधमा  रोल्पा सदरमुकाम तनावग्रस्त…
पाँच नं प्रदेशबाट पहाडी जिल्ला टुक्य्राइको बिरोधमा रोल्पा सदरमुकाम तनावग्रस्त…
प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ
प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ
पाकिस्तानमा झडप, पाँच व्यक्तिको मृत्यु
पाकिस्तानमा झडप, पाँच व्यक्तिको मृत्यु
गोंगबु हत्या प्रकरण ‘फेसबुकमा नग्न तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या’
गोंगबु हत्या प्रकरण ‘फेसबुकमा नग्न तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या’
देशैभर मध्यमदेखि भारी वर्षाः नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
देशैभर मध्यमदेखि भारी वर्षाः नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन
निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन
जित्लान त शशांक नवलपरासीमा ? हेर्नुस कति सुरक्षित छन उनि
जित्लान त शशांक नवलपरासीमा ? हेर्नुस कति सुरक्षित छन उनि
सजिनाको शीरमा ‘मिस टिन प्रिन्सेसको ताज’ : फस्ट रनरअपको उपाधि प्रियालाई
सजिनाको शीरमा ‘मिस टिन प्रिन्सेसको ताज’ : फस्ट रनरअपको उपाधि प्रियालाई
नेकपा संसदीय दलको निर्णयः नाम बागमती र राजधानी हेटौंडा
नेकपा संसदीय दलको निर्णयः नाम बागमती र राजधानी हेटौंडा

तपाईंले छुटाउनुभयो कि?