गोदावरीमा बृहत् विज्ञान प्रदर्शनी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष २२, २०७६
|
|
५३ पटक हेरिएको
Shares
गोदावरीमा बृहत् विज्ञान प्रदर्शनी

सारांश

  • गोदावरी नगरपालिका–३ टौखेलमा अवस्थित किटिनी माध्यमिक विद्यालयमा पहिलो पटक बृहत् विज्ञान प्रदर्शनी गरिएको छ ।
  • विद्यालयमा अध्ययनरत छात्रछात्रा सबैमा लुकेर रहेको प्रतिभा बाहिर ल्याउन उक्त प्रदर्शनीले सहयोग गर्ने विद्यालयले जनाएको छ ।
  • प्रर्दशनीमा विज्ञान तथा गणित विषयलाई प्राथमिकतामा राखेर यसको अध्ययन गर्दा प्रयोग हुने विभिन्न वस्तुको ढाँचा निर्माण गरी उजागर गरिएको थियो ।

गोदावरी नगरपालिका–३ टौखेलमा अवस्थित किटिनी माध्यमिक विद्यालयमा पहिलो पटक बृहत् विज्ञान प्रदर्शनी गरिएको छ । विद्यालयमा अध्ययनरत छात्रछात्रा सबैमा लुकेर रहेको प्रतिभा बाहिर ल्याउन उक्त प्रदर्शनीले सहयोग गर्ने विद्यालयले जनाएको छ ।

प्रर्दशनीमा विज्ञान तथा गणित विषयलाई प्राथमिकतामा राखेर यसको अध्ययन गर्दा प्रयोग हुने विभिन्न वस्तुको ढाँचा निर्माण गरी उजागर गरिएको थियो । यहाँका विद्यार्थी कोही घोकन्ते विद्यामा तीक्ष्ण त कोही प्रयोगात्मक क्रियाकलापमा तीक्ष्ण रहेका हुँदा सबैलाई एकैसाथ विज्ञानमा अघि बढाउन पहिलो पटक विद्यालयले प्रदर्शनीको आयोजना गरेको विद्यालयका प्रधानाध्यापक सरोज केसीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले विद्यालयमा पटकपटक अन्य क्रियाकलाप गर्दै आएका थियाँै । यस पटक विद्यालयले विज्ञान विषयमा छात्रछात्राको आकर्षण बढाउन अन्य क्रियाकलापलाई थाँती राखी विज्ञान प्रदर्शनी मेला आयोजना गरेका हौँ ।” आउँदो वर्षदेखि अझ व्यापक विज्ञान प्रदर्शनी आयोजना गरिने केसीले जानकारी दिनुभयो ।

प्रदर्शनीमा कूल ४२ कक्ष राखिएका थिए । यसमा पाँच गणित विषय र ३७ विज्ञान विषयका सामग्री थिए । प्रदर्शनीमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रछात्राले निर्माण गरेका सामग्री राखिएको थियो । विद्यालयले किटिनी कलेजमार्फत तीन वर्ष अघिदेखि विज्ञान विषय पढाउन शुरुआत गरेको छ । यहाँ दश जोड दुई तहमा भर्ना भएका करीब ५०० छात्रछात्रामा केवल ५० जनाले मात्र विज्ञान विषयका लागि भर्ना गरेका हुँदा यस विषयप्रति विद्यार्थीको आकर्षण बढाउन प्रदर्शनीको आयोजना गरिएको विद्यालयका शिक्षक कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

प्रदर्शनीमा कागजको बाकस प्रयोग गरी निर्माण गरिएको रोबोट, पानी तान्ने रकेट, त्रिकोण, धुवाँ, तान्ने प्रविधि, वर्षात्मा उच्च वर्षा भई पुलले पानी थेग्न नसकेको समयमा पानी पठाउन खोल्न मिल्ने पुल (हाइड्रोलिक ब्रिज), पनडुब्बीबाट मास्तिर हेर्न मद्दत गर्ने ऐना भएको लामो नलीजस्तो यन्त्र (पेरिस्कोप), प्रिज्म, मुटु तथा फोक्सोको गति सुन्ने यन्त्र, भूकम्पका समयमा हुने ज्वालामुखी विस्फोटन, सामान सिधैँ झार्न मिल्ने हाइड्रोलिक ट्रक, रगत जाँचेर समूह छुट्टाइने प्रविधि, विद्युतीय कार, माटो उठाउने डोजर, बुद्धि जाँच्ने पाटी, पानी झार्ने डिस्पेन्सर, गर्मीमा घरभित्र बसी खोल्न मिल्ने पङ्खा, न्यूटन र विभिन्न वैज्ञानिकको सिद्धान्त, स्तम्भ र धरहरा, पानी तान्ने पम्प, राति आफैँ बाल्ने सडक बत्ती, भुइँ सफा गर्ने नयाँ प्रविधि, सफा गाउँ र शहर निर्माण गर्ने तरिकाको ढाँचा निर्माण गरी प्रदर्शनीमा राखिएको थियो ।

नगरपालिकाभित्र सञ्चालित धेरै विद्यालयमध्ये १७ निजी तथा सामुदायिक विद्यालयका बालबालिकाले प्रदर्शनीको अवलोकन गरेका थिए । विसं २००४ मा किटिनी आधार स्कुलका नाममा स्थापित सो विद्यालय गोदावरीको सबैभन्दा पुरानो सामुदायिक विद्यालय रहेको स्थानीयवासी ८२ वर्षीय सानुप्रसाद न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “राणा प्रधानमन्त्री पद्मशम्शेरको पालामा २००४ सालमा किटिनीका साथै ताहाचलमा अभ्यास माध्यमिक विद्यालय, कीर्तिपुरमा आधार स्कुल र भक्तपुरमा आधार स्कुल नामक चार विद्यालय एकैपटक सञ्चालन भएका हुन् ।” विसं २०२५ देखि सो विद्यालयबाट एसएलसी, २०३२ सालमा विद्यालयले बोर्ड फस्टको नतिजा प्राप्त गर्न सफल, २०३२ सालमा विद्यालयबाट ४०० पूर्णाङ्कको कृषि विषय पढाउन शुरुआत, २०५२ सालमा दश जोड दुई अध्ययनको शुरुआत, २०५८ सालदेखि स्नातक तहको अध्ययनको शुरुआत गरी हाल विद्यालयमा ७०० भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । यसैगरी कलेज तहको दश जोड दुईमा ५०० र स्नातक तहमा ३५० विद्यार्थी अध्ययनरत रहेको प्रद्यानाध्यापक केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख मुना अधिकारीले विद्यालयलाई नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । वडा नं ३ का वडाध्यक्ष बालमुकुन्द घिमिरेले सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले केही गर्न सक्दैनन् भन्ने मानसिकतालाई आजको प्रदर्शनीले चिर्न सफल हुने बताउनुभयो ।

(https://www.sweetfixbaker.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देश बनाउने जिम्मा मेरो पनि हो भनेर लाग्नुहोस् : मन्त्री मोदी
देश बनाउने जिम्मा मेरो पनि हो भनेर लाग्नुहोस् : मन्त्री मोदी
प्रदेश नं १ मा सस्तोमा खाना खुवाउनेको लहर, इनरुवामा निःशुल्क खाना खुवाउने अभियान शुरु
प्रदेश नं १ मा सस्तोमा खाना खुवाउनेको लहर, इनरुवामा निःशुल्क खाना खुवाउने अभियान शुरु
अब बन्ने वाम गठबन्धनको सरकारले विकासको गति लिन्छ :अध्यक्ष प्रचण्ड
अब बन्ने वाम गठबन्धनको सरकारले विकासको गति लिन्छ :अध्यक्ष प्रचण्ड
भूकम्पका कारण थप एकको मृत्यु, दुईको अवस्था गम्भीर
भूकम्पका कारण थप एकको मृत्यु, दुईको अवस्था गम्भीर
प्रदेश नम्बर दुईमा कांग्रेसको ‘आक्रामक’ चुनावी तयारी, केन्द्रीय कमिटीले के निर्णय गर्यो ?
प्रदेश नम्बर दुईमा कांग्रेसको ‘आक्रामक’ चुनावी तयारी, केन्द्रीय कमिटीले के निर्णय गर्यो ?
सडक दुर्घटनामा बाबुछोरीको मृत्यु
सडक दुर्घटनामा बाबुछोरीको मृत्यु
एमालेभित्र राष्ट्रपति बन्न लबिङ
एमालेभित्र राष्ट्रपति बन्न लबिङ
बागलुङमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना !
बागलुङमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना !
‘कोरोना महामारी आफै अन्त हुने, भ्याक्सिन आवश्यक नपर्ने’ अक्फोर्डमा भएको अध्ययनको दाबी
‘कोरोना महामारी आफै अन्त हुने, भ्याक्सिन आवश्यक नपर्ने’ अक्फोर्डमा भएको अध्ययनको दाबी
स्कूल बस पल्टिदा एक जना विद्यार्थीको मृत्यु
स्कूल बस पल्टिदा एक जना विद्यार्थीको मृत्यु

तपाईंले छुटाउनुभयो कि?