गोपाल खड्काले एक घण्टामै अदालतलाई २ करोड ५० लाख बुझाए

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन १, २०७५
|
|
५० पटक हेरिएको
Shares
गोपाल खड्काले एक घण्टामै अदालतलाई २ करोड ५० लाख बुझाए

सारांश

  • काठमाडौं ।
  • नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्कालाई विशेष अदालतले भ्रष्टाचारको मुद्दामा २ करोड ५० लाख धरौटी बुझाएर छुट्न आदेश जारी गरेको छ ।
  • उनी आयल निगमको इन्धन भण्डारको लागि जग्गा खरिद गर्दा अनियमितता भएको आरोपमा भ्रष्टाचार मुद्दामा मुछिएका छन् ।

काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्कालाई विशेष अदालतले भ्रष्टाचारको मुद्दामा २ करोड ५० लाख धरौटी बुझाएर छुट्न आदेश जारी गरेको छ ।

उनी आयल निगमको इन्धन भण्डारको लागि जग्गा खरिद गर्दा अनियमितता भएको आरोपमा भ्रष्टाचार मुद्दामा मुछिएका छन् । उनी पक्राउ परेका भने थिएनन् । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा रहेका थिए । अब उनी बाहिरै बसेर मुद्दा लड्न पाउनेछन् ।

विशेष अदालतका अध्यक्ष बाबुराम अर्याल र न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य तथा नारायणप्रसाद पोखरेलको इजलासले मंगलबार थुनछेक बहसपछि खड्कालाई साढे २ लाख धरौटी राखेर तारेखमा छुटन आदेश गरेको हो । खड्काले अदालतले भनेको १ घण्टाभित्रै नेपाल इन्भेस्टमेन्ट बैंकको बैंक ग्यारेन्टी राखेर धरौटीमा छुटेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध गत पुस २३ गते अकूत सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । खड्काले आफू पदमा रहँदा १८ करोड ६६ लाख बराबरको गैरकानूनी सम्पत्ति कमाएको आयोगले दर्ता गरेको मुद्दामा उल्लेख थियो ।

आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार २ वर्षसम्म कैद सजाय, बिगोबमोजिम जरिवाना तथा बिगो भराउन माग गरेको छ । खड्काकी श्रीमती शर्मिला खड्का र अनिता लामाका नाममा अकूत रुपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोप लगाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेवा केन्द्र बढाउँदै आयुर्वेद सेवा केन्द्र
सेवा केन्द्र बढाउँदै आयुर्वेद सेवा केन्द्र
प्रदेश तीनः नाम बागमती, राजधानी हेटौंडा पक्का
प्रदेश तीनः नाम बागमती, राजधानी हेटौंडा पक्का
बामदेवको डोल्पाबाट सांसद बन्ने सपना साकार हुन सकेन
नेकपा बैठक धुम्बाराहीमा २ बजे बस्दै, ओली जान मानेनन्
राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश
राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश
नुवाकोट क्षेत्र २ प्रदेश (क) मा विकासप्रेमी नेता रामप्रसाद ढुंगानाको उम्मेदवारी किन ?
नुवाकोट क्षेत्र २ प्रदेश (क) मा विकासप्रेमी नेता रामप्रसाद ढुंगानाको उम्मेदवारी किन ?
श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग
श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
साझा र विवेकशील पार्टीबीच एकता : बैठकको अध्यक्षता रवीन्द्र मिश्रले गर्ने, चुनाव चिन्ह तराजु
साझा र विवेकशील पार्टीबीच एकता : बैठकको अध्यक्षता रवीन्द्र मिश्रले गर्ने, चुनाव चिन्ह तराजु
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

तपाईंले छुटाउनुभयो कि?