गोरेका बाबु भन्छन्, ‘सुन तस्करिमा संलग्न सबैलाई सजाय हुनुपर्छ ।’
सारांश
- काठमाडाै, ११ जेठ ।
- नेपालकै चर्चित साँढे ३३ किलो सुन तस्करी र त्यसैसँग जोडेर सहकर्मी सनम शाक्य हत्याको मुख्य आरोपी गोरे नामबाट चिनिने चुडामणि उप्रेतीको बयान मोरङ जिल्ला अदालतमा चलिरहँदा, उनका बाबु नेत्र प्रसाद उप्रेतीले गोरेको कामबारे आफुलाई सुइँको नभएको बताएका छन।
- बिहिबार बयानको क्रममा आराम गर्ने समयमा गोरेले आफ्ना बाबुलाई भेटेका थिए ।
काठमाडाै, ११ जेठ । नेपालकै चर्चित साँढे ३३ किलो सुन तस्करी र त्यसैसँग जोडेर सहकर्मी सनम शाक्य हत्याको मुख्य आरोपी गोरे नामबाट चिनिने चुडामणि उप्रेतीको बयान मोरङ जिल्ला अदालतमा चलिरहँदा, उनका बाबु नेत्र प्रसाद उप्रेतीले गोरेको कामबारे आफुलाई सुइँको नभएको बताएका छन।
बिहिबार बयानको क्रममा आराम गर्ने समयमा गोरेले आफ्ना बाबुलाई भेटेका थिए । उनले प्रहरीकै रोहबरमा बाबुसँग गफ गर्न पनि भ्याएका थिए ।
गोरेका बाबुले आफुले गोरेको धन्धाको बारे थाहा पाएको भए रोक्ने पनि बताए । गल्ती गरेको काममा सजाय पाउनु पर्ने बताउँदै गोरेका बाबु भन्छन्, ‘यसमा संलग्न सबैलाई सजाय हुनुपर्छ ।’
ज्यानकै जोखिम भएको अवस्थामा अदालतको शरणमा आएकोले ज्यान जोगिने आश गरेको उनि बताउँछन् । मानव अधिकारकर्मी र पत्रकार सबैलाई गुहारिसकेकोले अब प्राण जोगिने विश्वास रहेको पनि उनले बताए ।
Ram Giri
Hunu par6a tapai ko xora lai vanus ki saby lai poldinu vany ra janta haru ko gunaso yahi