मुम्बईमा रहेकी मनिषा कोइराला छिट्टै नेपाल आउँदै

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ ११, २०७७
|
|
५६ पटक हेरिएको
Shares
मुम्बईमा रहेकी मनिषा कोइराला छिट्टै नेपाल आउँदै

सारांश

  • मनिषा कोइराला यतिवेला मिडियामा छाएकी छिन् ।
  • एक समय भारतीय चलचित्र उद्योग बलिउडमा राज गरेकी नायिका मनिषाले नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेट्ने नक्सा जारी गर्नेबारे मन्त्रिपरिषदले गरेको निर्णयबारे परराष्टमन्त्री प्रदीप ज्ञवालीले खुशी व्यक्त गरेर गरेको ट्विटलाई रिट्वट गर्दै गरेको टिप्पणीका कारण उनी भारतीय मिडियाको तारो बनेकी थिईन् ।
  • मनिषाले लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश गरेर नक्सा प्रकाशन गर्ने सरकारको निर्णयको स्वागत गदै सानो देशको स्वाभिमान राखेको प्रतिक्रिया दिएका थिईन् ।

मनिषा कोइराला यतिवेला मिडियामा छाएकी छिन् । एक समय भारतीय चलचित्र उद्योग बलिउडमा राज गरेकी नायिका मनिषाले नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेट्ने नक्सा जारी गर्नेबारे मन्त्रिपरिषदले गरेको निर्णयबारे परराष्टमन्त्री प्रदीप ज्ञवालीले खुशी व्यक्त गरेर गरेको ट्विटलाई रिट्वट गर्दै गरेको टिप्पणीका कारण उनी भारतीय मिडियाको तारो बनेकी थिईन् ।

मनिषाले लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश गरेर नक्सा प्रकाशन गर्ने सरकारको निर्णयको स्वागत गदै सानो देशको स्वाभिमान राखेको प्रतिक्रिया दिएका थिईन् । उनले यो विषयमा नेपाल, भारत र चीनबीच शान्तिपूर्ण र सम्मानपूर्वक सम्वाद गर्नुपर्ने पनि स्पष्ट पारेकी थिईन् ।

मनिषाको ट्विट भारतीय मिडियाका लागि असह्य भयो । उनीहरुले उनलाई भारतको खाएर चीनको गाएको पनि आरोप लगाए । मनिषामाथि भारतीय मिडियाले तुच्छ टिप्पणी गरेपछि काठमाडौं र पूरा विश्वभरि छरिएर रहेका नेपालीहरु मनिषाको पक्षमा उभिएर भारतीय मिडियालाई जवाफ फर्काएका थिए । ट्विटरमासमेत मनिषाको पक्षमा नेपालीहरु खरो उत्रिएका छन् ।

मनिषा भने यतिवेला बुवा र आमासँगै भारतको मुम्बईमा छिन् । मनिषाका बुवा प्रकाश कोइराला र आमा सुष्मा कोइराला गत बैशाख १८ गते नै नेपाल आउने कार्यक्रम थियो । तर, लकडाउन सुरु भएको कारण उनीहरु मुम्बईमै अड्किए । मनिषाका बुवा प्रकाश कोइरालाले दिएको जानकारीअनुसार उनीहरु जतिसक्दो चाँडै नेपाल आउने कार्यक्रम छ । उनीहरुको साथमा छोरी मनिषापनि काठमाडौं आउँदैछिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए
राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए
नयाँ शक्तिको केन्द्रीय समिति भंग,महाधिवेशन कमिटी गठन
नयाँ शक्तिको केन्द्रीय समिति भंग,महाधिवेशन कमिटी गठन
ओली नेतृत्वको सरकारको  एक सय दिन पूरा, यातायात सिन्डिकेटविरुद्ध चालेकोे कदम नै प्रशंसनिय
सर्लाही ४ मा वाम गठबन्धनको सहयोग पाएका राजपा उम्मेदवार पछि
सर्लाही ४ मा वाम गठबन्धनको सहयोग पाएका राजपा उम्मेदवार पछि
लालसागरमा तनाव बढे पछि इरानले तैनाथ गर्‍यो युद्धपोत
लालसागरमा तनाव बढे पछि इरानले तैनाथ गर्‍यो युद्धपोत
सरकारभन्दा बिचौलिया बलिया – मन्त्री यादवले भने ‘कालिमाटीका स्टलको सम्झौता खारेज गर्छौं’
सरकारभन्दा बिचौलिया बलिया – मन्त्री यादवले भने ‘कालिमाटीका स्टलको सम्झौता खारेज गर्छौं’
केशव भन्दा बालेन ११२०४ मतले अगाडी
केशव भन्दा बालेन ११२०४ मतले अगाडी
Pin Up Bonus və Promosiyalar Təklifləri Pin-Up A
क्रिकेट सङ्घको अध्यक्षमा चन्द निर्वाचित
क्रिकेट सङ्घको अध्यक्षमा चन्द निर्वाचित
उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको ‘बदमासी’ बाहिर आएपछि..
उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको ‘बदमासी’ बाहिर आएपछि..

तपाईंले छुटाउनुभयो कि?