लालसागरमा तनाव बढे पछि इरानले तैनाथ गर्‍यो युद्धपोत

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष १७, २०८०
|
|
५० पटक हेरिएको
Shares
लालसागरमा तनाव बढे पछि इरानले तैनाथ गर्‍यो युद्धपोत

सारांश

  • तेहरान।
  • तनाव बढ्दै गए पछि इरानले लालसागरमा युद्धपोत तैनाथ गरेको छ।
  • इरानी राज्य मिडियाका अनुसार तेहरानले लाल सागरमा युद्धपोत पठाएको छ र उसले लालसागर क्षेत्रमा द्रूत रूपमा सैन्यीकरण भइरहेकाले सो कदम चालेको हो।

तेहरान। तनाव बढ्दै गए पछि इरानले लालसागरमा युद्धपोत तैनाथ गरेको छ। इरानी राज्य मिडियाका अनुसार तेहरानले लाल सागरमा युद्धपोत पठाएको छ र उसले लालसागर क्षेत्रमा द्रूत रूपमा सैन्यीकरण भइरहेकाले सो कदम चालेको हो।

इरानी सेनाको आइरिस अलब्रोज ९४ औं नौसेना फ्लीटको एक हिस्सा लाल सागर पुग्नका लागि यमन नजिकै बाब अल मान्डेबस्ट्रेटको माध्यमबाट यात्रा सुरु गरेको छ।

यो युद्धपोत मूलतः आधा शताब्दी अघि १९७९ को इरानी क्रान्ति अघि निर्माण गरिएको थियो। तर, अहिले यसलाई पुनर्संरचना गरेर थप आधुनिक बनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

यसमा इस्लामिक क्रान्तिकारी गार्ड कर्पोरेशनको नौ सैनिक बलबाट अलग नौ सैनिक बलमा पुनः सामेल हुन चार वर्ष पहिले नयाँ लडाई प्रणाली जडान गरिएको छ।

उता, इरानका सुरक्षा प्रमुख अली अकबर अहमदियानले हुथी बिद्रोहीका उच्च वार्ताकार मोहम्मद अब्दुलसलामसँग भेटवार्ता गरे पछि सरकारी सञ्चार माध्यमले जनाएका छन्।

तर, इरानी अधिकारी र हुथी बिद्रोही नेताका बिचमा यो भेट कहाँ वा कहिले भएको हो ? भन्ने अझै खुलाइएको छैन। तर इरानी मिडियाले अहमदियनलाई उर्द्धृत गर्दै भनेको छ -प्यालेस्टिनीहरूलाई समर्थन गरेको र इजरायलको पक्षमा उभिएकोमा हुथीहरूको इरानले खुलेर प्रशंसा गरेको छ।

हुथी बिद्राेहीले इजरायलसँग सबन्धित भएका पानी जहाज, कार्गाेजहाज माथि हमला गरेकाे भन्दै अमेरिकाकाे नेतृत्वमा युद्धपाेत तैनाथ गराए पछि इरानले पनि युद्धपाेत लालसागरमा उतारेकाे हाे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?