नेपाल क्रिकेट संघमाथिको निलम्बन फुकुवा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन २८, २०७६
|
|
५७ पटक हेरिएको
Shares
नेपाल क्रिकेट संघमाथिको निलम्बन फुकुवा

सारांश

  • काठमाडौं।
  • अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथिको निलम्बन फुकुवा गरेको छ।
  • आईसीसीको बोर्ड बैठकले शसर्त निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।

काठमाडौं। अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथिको निलम्बन फुकुवा गरेको छ। आईसीसीको बोर्ड बैठकले शसर्त निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।

सोमबारको बैठकले नेपालमाथिको निलम्बन फुकुवा गरेको हो। २०१६ मा सरकारी हस्तक्षप भएको भन्दै आईसीसीले क्यानलाई निलम्बन गर्दै व्यवस्थापन नियन्त्रणमा लिएको थियो।

हालै आईसीसीले बनाएको स्वतन्त्र समितिले क्यानको निर्वाचन गराएको थियो। सो निर्वाचनपछि क्यानको निलम्बन फुकुवा हुने अपेक्षा गरिएको थियो। क्यानको निलम्बन फुकुवा भएपछि आईसीसीले केही शर्त भने राखेको छ। उसले एसोसिएट राष्ट्रले पूरा गर्नुपर्ने मापदण्ड पूरा गर्नुपर्ने भएको छ। यस्तै कोषमाथिको नियन्त्रण अझै आईसीसीले नै गर्ने जनाएको छ। नेपालबारे निर्णयपछि आईसीसी बोर्ड प्रमुख सशांक मनोहरले भनेका छन्, ‘नेपालले पछिल्ला दिनहरुमा राम्रो गरेको छ। क्यान निर्वा्चित भएको छ। अब निलम्बन राख्नु उपयुक्त हुँदैन।’

निलम्बन फुकुवासँगै अब नेपालले द्विपक्षीय खेलका लागि पहल गर्न सक्ने भएको छ। आगामी दिनमा नेपाली क्रिकेटलाई कसरी अगाडि बढाउने भन्ने पनि आफ्नै आचमा आएको छ। क्यानका महासचिब अशोकनाथ प्याकुरेलले डिसी नेपालसँग यो विषयमा छोटो प्रतिक्रिया दिँदै आगामी दिनमा आईसीसीका शर्त पूरा गर्ने गरी काम गर्न बाँकी रहेको बताए। उनले जे भए पनि निलम्बन फुकुवा भएकाले अब आगामी दिनमा क्रिकेटलाई अगाडि बढाउने जिम्मा क्यानको रहेको बताए। उनले आईसीसीको सबै शर्त हेरेपछि के के गर्नुपर्ने हो सबै गर्नुपर्ने बताए।

आईसीसीले नेपालसँगै जिम्बाबेको पनि निलम्बन फुकुवा गरेको छ। जिम्बाबेको फुकुवा गर्नुअघि आईसीसीका प्रमुख शंसाक मनोहर र जिम्बाबेका खेलमन्त्रीबीच वार्ता भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाईको हत्या आरोपमा दाई पक्राउ
भाईको हत्या आरोपमा दाई पक्राउ
सिन्धुपाल्चोकका नेपाली कांग्रेसका प्रभावशालि नेता एमालेमा प्रवेश
सिन्धुपाल्चोकका नेपाली कांग्रेसका प्रभावशालि नेता एमालेमा प्रवेश
जहाँ, महिलाले पुरुषमाथि गर्छन् बलात्कार, महिलाको यौन प्रस्ताव अस्वीकार गरे कारबाही
जहाँ, महिलाले पुरुषमाथि गर्छन् बलात्कार, महिलाको यौन प्रस्ताव अस्वीकार गरे कारबाही
कांग्रेस प्रचार विभागको प्रमुखमा विश्वकर्मा
कांग्रेस प्रचार विभागको प्रमुखमा विश्वकर्मा
नयाँ पुस्ताका आलुको बीउ उत्पादन
नयाँ पुस्ताका आलुको बीउ उत्पादन
उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, १० मतदानस्थल संवेदनशील
उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, १० मतदानस्थल संवेदनशील
नेपाल प्रहरीका १६ डीआईजीको सरुवा (सूचीसहित)
नेपाल प्रहरीका १६ डीआईजीको सरुवा (सूचीसहित)
विराटनगर डुवानमा, महोत्तरीमा सर्पले डसेर एक बालकसहित दुईजनाको मृत्यु
विराटनगर डुवानमा, महोत्तरीमा सर्पले डसेर एक बालकसहित दुईजनाको मृत्यु
सडक खाली नगरी कुमारी घर पुगेर राष्ट्रपतिले गरे जीवित देवी कुमारीको दर्शन
सडक खाली नगरी कुमारी घर पुगेर राष्ट्रपतिले गरे जीवित देवी कुमारीको दर्शन
रुसमा उत्पादिन कोरोना भ्याक्सिन सर्वसाधारणमा प्रयोग गरिदै
रुसमा उत्पादिन कोरोना भ्याक्सिन सर्वसाधारणमा प्रयोग गरिदै

तपाईंले छुटाउनुभयो कि?