‘दुनै प्रिमियरलिग’को उपाधि दुनै कोब्रालाई

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख १९, २०७५
|
|
३७ पटक हेरिएको
Shares
‘दुनै प्रिमियरलिग’को उपाधि दुनै कोब्रालाई

सारांश

  • दुनै, डोल्पा, १९ वैशाख ,दुनै प्रिमियर लिग क्रिकेटको उपाधि दुनै कोब्राले हात पारेको छ ।
  • दुनै प्रिमियर लिग क्रिकेटको पाँचौँ संस्करणमा जिल्ला प्रहरीलाई २७ रनले हराउँदै कोब्रा लिगको विजेता बनेको हो ।
  • विजेता दुनै कोब्राले नगद रु ३० हजार, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेताले रु १० हजारमा चित्त बुझाएको छ ।

दुनै, डोल्पा, १९ वैशाख ,दुनै प्रिमियर लिग क्रिकेटको उपाधि दुनै कोब्राले हात पारेको छ ।

दुनै प्रिमियर लिग क्रिकेटको पाँचौँ संस्करणमा जिल्ला प्रहरीलाई २७ रनले हराउँदै कोब्रा लिगको विजेता बनेको हो । विजेता दुनै कोब्राले नगद रु ३० हजार, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेताले रु १० हजारमा चित्त बुझाएको छ ।

करीब १० दिनसम्म चलेको लिगमा चारवटा टिमले सहभागिता जनाएका थिए । फाइनलमा पुगेको नेपाल प्रहरी र दुनै कोब्राको खेलमा टस हारेर कोब्राले पहिले ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १५५ रन बनाउँदै पहिलो इन्निङ सकिएको हो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल प्रहरीले सात विकेटको क्षतिमा १२८ रन बनाउन सफल भयो । लिगको विजेताको दाबेदार मानिएको नेपाल प्रहरी फाइनलमा भनाई अनुसार खेल प्रदर्शन नगर्दा खेलको उपविजेतामा चित्त बुझाउनु परेको हो ।

फाइनल खेलमा दुनै कोब्राका कप्तान अपार गुरुङले ५४ रनको अर्धशतक खेलेका थिए । त्यसैगरी, प्रिमियर लिगको खेल अवधिभर सर्वाधिक छक्का, सर्वाधिक रन र सर्वाधिक विकेटर पनि कप्तान गुरुङनै भएको आयोजकले जानकारी दिएका छन् । उनले २७२ रन, १५ विकेट र २३ छक्का प्रहार गर्दै उत्कृष्ट खेलाडीमा परेका हुन् ।

डोल्पाका खेलाडीको मनोबल वृद्धि गर्दै राम्रा खेलाडी उत्पादनका लागि हरेक वर्ष दुनै प्रिमियर लिगको आयोजना गर्न लागिएको आयोजकका प्रमुख क्षितिज गुरुङले बताए । उनले भने यसै वर्ष दुनै प्रिमियर लिग (डिपिएल)को छैटौँ संस्करण यसै वर्षको भदौ महिनामा हुन्छ, यसले खेलाडीमा उत्साह जागेको छ ।

गुरुङ होटेल, ओमपार रेष्टुराँ, दुनै भ्याली क्लब र अन्य विभिन्न निकायको सहयोगमा दुनै प्रिमियर लिगको पाँचौँ संस्करणको आयोजना गरिएको थियो । जिल्ला खेलकुद विकास समितिले भने चासो नदिएको खेलाडीको आरोप छ ।
–––

(https://www.genusinnovation.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले गृहमन्त्रीको पद खोसेर जनतालाई सुरक्षा दिन सकेनन्: नेम्वाङ
प्रधानमन्त्रीले गृहमन्त्रीको पद खोसेर जनतालाई सुरक्षा दिन सकेनन्: नेम्वाङ
मिसन ८४ नेपाली जनताको हो : अध्यक्ष ओली
मिसन ८४ नेपाली जनताको हो : अध्यक्ष ओली
छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण ,मतदान गर्ने समय सकियो!
छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण ,मतदान गर्ने समय सकियो!
राष्ट्रिय सभा निर्वाचन : मंगलबारदेखि आचारसंहिता लागू, के-के गर्न हुँदैन ?
राष्ट्रिय सभा निर्वाचन : मंगलबारदेखि आचारसंहिता लागू, के-के गर्न हुँदैन ?
काठमाडौँमै बस चढ्न हिउँद कुर्नु पर्ने ठाउँ
काठमाडौँमै बस चढ्न हिउँद कुर्नु पर्ने ठाउँ
श्रीलंकाको गृहयुद्धमा वेपत्ता २० हजार मृत घोषित
श्रीलंकाको गृहयुद्धमा वेपत्ता २० हजार मृत घोषित
भारत पहिरो अपडेटः १२३ जनाको मृत्यु, सय जनाभन्दा बढी फसेको आशंका
भारत पहिरो अपडेटः १२३ जनाको मृत्यु, सय जनाभन्दा बढी फसेको आशंका
पाँचौं रमपम उदयपुर गोल्डकप थ्रीस्टारलाई, मनाङ मस्र्याङ्दीलाई १–० ले पछि पार्दै उपाधिमा कब्जा
पाँचौं रमपम उदयपुर गोल्डकप थ्रीस्टारलाई, मनाङ मस्र्याङ्दीलाई १–० ले पछि पार्दै उपाधिमा कब्जा
अब इनरुवामा सेल्फी ब्रिज, शनिबारदेखि संचालनमा
अब इनरुवामा सेल्फी ब्रिज, शनिबारदेखि संचालनमा
संविधान संशोधनका लागि सबै दल मिल्नुपर्ने : नेता केसी
संविधान संशोधनका लागि सबै दल मिल्नुपर्ने : नेता केसी

तपाईंले छुटाउनुभयो कि?