शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी छः प्रधानमन्त्री

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष १७, २०८०
|
|
३७ पटक हेरिएको
Shares
शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी छः प्रधानमन्त्री

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको बताएका छन् ।
  • कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस) समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले शिक्षा क्षेत्रको सुधारका लागि सरकार लागिपरेको बताए ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको बताएका छन् । कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस) समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले शिक्षा क्षेत्रको सुधारका लागि सरकार लागिपरेको बताए ।

उनले भने, ‘‘नेपालको उच्च शिक्षाले भूमण्डलीकरणको वैश्विक समस्याको सामना गरिरहेको सन्दर्भमा यस्ता कार्यक्रम विचार मन्थनका दृष्टिले मात्र नभएर विश्वभरिका अनुभवको आलोकमा हाम्रो आफ्नो विशिष्टता र मौलिकतासहित नीति निर्माणका निम्तिसमेत गुणात्मक योगदान दिन सक्दछन् ।”

शिक्षालगायत राष्ट्रिय जीवनका अधिकांश क्षेत्रमा भूमण्डलीकरणको प्रभाव परिरहेको उनको भनाइ छ । प्रधानमन्त्रीले भने, “भूमण्डलीकरणको प्रत्यक्ष प्रभाव विश्वभरि परिरहेको छ, त्यसमध्ये पनि नेपाल जस्ता विकासशील देशहरूमा यसको बहुआयमिक प्रभाव चुनौतीकै रूपमा विद्यमान छ । यसले साना, स्वतन्त्र र स्वाधीन देशहरूको अर्थतन्त्र, शिक्षा, मनोविज्ञान र सामाजिक संरचनामा नै काफी हदसम्म हेरफेर ल्याएको छ । यो तथ्यलाई गहिरो गरी विचार गर्ने र त्यसका आधारमा हाम्रो शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा परिवर्तन गरेर मात्र हामीले यो चुनौतीलाई छिचोल्न सक्छौँ ।”

पछिल्लोसमय नयाँ पुस्तामा देशको शिक्षा गुणस्तरीय छैन, यसले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्दैन भनेर नकारात्मक भाष्यको विकास हुँदै गएको र त्यसको प्रत्यक्ष प्रभाव बौद्धिक जनशक्तिको पलायनका रुपमा अभिव्यक्त भइरहेको जनाउँदै प्रधानमन्त्रीले त्यस्तो भाष्यलाई निरुत्साहित गर्नुपर्ने बताए ।

रोजगारीका अवसर प्राप्त गरेका नै विदेश पलायन हुनु चिन्ताको विषय भएको प्रधानमन्त्रीको भनाइ छ । उनले भने, ‘‘उत्पादकत्वमा कमि, बेरोजगारी लगायतका कारण देशभित्र भविष्य नदेख्ने बाध्यात्मक परिस्थिति एक ठाउँमा छ । तर देशभित्रै रोजगारीको अवसर प्राप्त गरेका र सामाजिक रुपमा समेत प्रतिष्ठित व्यक्तिमा समेत शीघ्रातीशीघ्र सम्पत्ति आर्जनको मोह अनपेक्षित रूपमा बढ्दै गएको छ । यो चाहिँ हाम्रा निम्ति साँच्चिकै चुनौतीको विषय हो ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुसमा उत्पादिन कोरोना भ्याक्सिन सर्वसाधारणमा प्रयोग गरिदै
रुसमा उत्पादिन कोरोना भ्याक्सिन सर्वसाधारणमा प्रयोग गरिदै
सामाजिक सञ्जालमा रोजगारीको विज्ञापन गरी ठगी गर्ने व्यक्ति पक्राउ
सामाजिक सञ्जालमा रोजगारीको विज्ञापन गरी ठगी गर्ने व्यक्ति पक्राउ
सुन्दर युवती देख्यो कि नछाड्ने पूर्व राष्ट्रपति
सुन्दर युवती देख्यो कि नछाड्ने पूर्व राष्ट्रपति
केटाको घाँटी र आँखा देख्दा सेक्स चाहना जाग्छ :माेडल एनि कुँवर
केटाको घाँटी र आँखा देख्दा सेक्स चाहना जाग्छ :माेडल एनि कुँवर
कांग्रेसमा असन्तुष्टी सबैका मोबाइल स्वीच अफ  ।
कांग्रेसमा असन्तुष्टी सबैका मोबाइल स्वीच अफ ।
कांग्रेसले थाल्यो  प्रदेश नम्बर दुईमा चुनाव प्रचार
कांग्रेसले थाल्यो प्रदेश नम्बर दुईमा चुनाव प्रचार
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
सांसदहरु नै भन्छन्, ‘सरकार यो कर आतंक बन्द गर’
सांसदहरु नै भन्छन्, ‘सरकार यो कर आतंक बन्द गर’
भैरवनाथ गणमा भएको विष्फोटमा घाइतेमध्ये ४ महिला सैनिक
भैरवनाथ गणमा भएको विष्फोटमा घाइतेमध्ये ४ महिला सैनिक
नेपाल वायु सेवा निगमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ दिन सक्दैन – प्रधानमन्त्री ओली
नेपाल वायु सेवा निगमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ दिन सक्दैन – प्रधानमन्त्री ओली