इजरायलमा मारिएका सबै नेपालीको शव पहिचान

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक १४, २०८०
|
|
४० पटक हेरिएको
Shares
इजरायलमा मारिएका सबै नेपालीको शव पहिचान

सारांश

  • काठमाडौं।
  • दक्षिणी इजरायलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ।
  • मधुवन-१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही-६ धनुषाका अनन्द साहको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ।

काठमाडौं। दक्षिणी इजरायलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ।

मधुवन-१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही-६ धनुषाका अनन्द साहको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ। सोमबार साँझ दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, “आवश्यक प्रक्रिया पूरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ।”

दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। उनीहरूमध्ये मधुवन-१ सुनसरीका स्वर्णकार र सपही-६ धनुषाका साहको शव पहिचान हुन बाँकी थियो। दुवैको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ।

हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल आइपुगेको छ। हालसम्म बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू इजरायल गएका थिए। उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही-६ का आनन्द साह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा, डोटी लामीखाल-८ का पदम थापा र सल्यान शारदा-३ का प्रवेश भण्डारी छन्।

सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त-३ का विपीन जोशी सम्पर्कविहीन रहेका छन्। केही समयअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ-मुग्लिन र मुग्लिन-नागढुंगा सडकखण्ड एकतर्फी सञ्चालन
नारायणगढ-मुग्लिन र मुग्लिन-नागढुंगा सडकखण्ड एकतर्फी सञ्चालन
नक्सा सच्याउनुपर्ने माग गर्दै विद्यार्थीको आन्दोलन
नक्सा सच्याउनुपर्ने माग गर्दै विद्यार्थीको आन्दोलन
काठमाडौँ र ललितपुरमा राप्रपा र एमालेबीच चुनावी तालमेल : राप्रपा प्रवक्ता – Nepali Online News Media -shikharnews.com
यी हुन् प्रदेश नं ३ काे राजधानीका लागि प्रस्तावित ५ जिल्ला !
यस्तो छ पानीमा पनि गुड्ने हुण्डाईको कार
यस्तो छ पानीमा पनि गुड्ने हुण्डाईको कार
आज गाइजात्रा
मतदाता शिक्षामा ७५ करोड खर्च गरे पनि बदर मतको परिणाम उच्च रहेका कारण आयोग मौन
मतदाता शिक्षामा ७५ करोड खर्च गरे पनि बदर मतको परिणाम उच्च रहेका कारण आयोग मौन
बालुवाटार जग्गा प्रकरणमा अख्तियारले बयानकालागि बोलायो ८६ जनालाई
बालुवाटार जग्गा प्रकरणमा अख्तियारले बयानकालागि बोलायो ८६ जनालाई
अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि अस्पताल फर्काइयो
अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि अस्पताल फर्काइयो
युएईको सारजहाँमा रसायनिक धुँवाका कारण तीन नेपाली सहित ५५ जना बिरामी
युएईको सारजहाँमा रसायनिक धुँवाका कारण तीन नेपाली सहित ५५ जना बिरामी