संसारकै धनी बिरालोको गोली हानेर हत्या

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ १७, २०७६
|
|
५४ पटक हेरिएको
Shares
संसारकै धनी बिरालोको गोली हानेर हत्या

सारांश

  • काठमाडौँ, १७ असार ।
  • विश्वकै सबैभन्दा धनी बिरालोको ग्रुंपीको कहि दिन अघिमात्र मृत्यु भएको छ।
  • उनी सात वर्ष उमेरका थिए।

काठमाडौँ, १७ असार । विश्वकै सबैभन्दा धनी बिरालोको ग्रुंपीको कहि दिन अघिमात्र मृत्यु भएको छ। उनी सात वर्ष उमेरका थिए। ग्रुंपी सय मिलियन डलर करिब ७०० करोड रुपैयाँका मालिक थिइन्। सामाजिक सञ्जालमा उनलाई श्रदाञ्जली दिनेहरु र दुःख व्यक्त गर्नेहरुको क्रम वढेको छ ।

ग्रुंपीलाई विश्वको सबैभन्दा वढी चकचके बिरालो रुपमा पनि चिनिन्छ। उनको बारेमा लेखिएको किताब सबैभन्दा वढी बिक्रि भएको सिरिज पनि हो। यसका साथै ग्रुंपीको नाममा एक फिल्म पनि निर्माण गरिएको थियो।मोरिसटाउनका तबाथा बुंडेसनले ग्रुंपीलाई किनेका थिए। जसलाई २०१२ मा एक युटुयुव भिडियोमा चर्चा पाएको कारण गोली हानिएको थियो। १५।७ मिलियन मानिसहरुल सोे भिडियो हेरेका थिए। बुंडेसनका परिवारले शुक्रबार ग्रुंपीको निधनको घोषणा गरेका हुन्। सामाजिक सञ्जालको सहयोगमा उनको मृत्यु युरिनियल इन्फेक्सनको कारण भएको बताएका हुन्।ऐजेन्सी

यो पनि पढ्नुहोस्

छात्रामा अनौठो समस्या, १२ छात्रा एकैसाथ बेहोस

लम्की। कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ। बिहानीको विद्यालय समयमा छात्राहरु बर्बराउने, मान्छे नचिन्ने, छट्पटाउने र बेहोस हुने गरेका छन्। कक्षा ७ र ८ मा अध्ययनरत १३ देखि १८ वर्ष उमेर समूहका १२ छात्रा सोमबार बेहोस भएका हुन्। उनीहरुको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको छ। विद्यार्थीमा कन्र्भसन डिसअर्डर (मास हिस्टेरिया) को समस्या देखिएको भजनी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख वीरेन्द्र सापकोटाले बताए। “बढी तनाव तथा दवाबमा पर्दा मानसिकरूपमा यस्तो समस्या आउने गर्दछ।” सापकोटाले भने, “यस्तो समयमा बढी होहल्ला गर्नु हुँदैन । उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ।” स्वास्थ्य केन्द्रमा आएका विद्यार्थीको अवस्थामा सुधार भइरहेको उनले बताए।

             नेकपा सांसद खनिए नेत्तृत्वसँग
संसदीय दलको बैठक नेकपाका सांसदहरु नेतृत्वसँग खनिएका छन् । सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको दलको बैठकमा धेरैजसो सांसदले सरकार र पार्टीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै नेतृत्वको खबरदारी गरेका छन् । नेकपाका सांसद झपटबहादुर रावलले सबैजसो सांसदले आफूलाई लागेका कुरा खुलेर राखेको बताए । ‘लुकाउने छिपाउने कुरा आएन, जे छ त्यो सत्य हो भनियो, नेता केन्द्रित नीति र व्यवहार देखिएकोमा विरोध भयो’, रावलले भन्नुभयो– ‘यस्ता छलफल पहिले नै किन भएनन् भनेर प्रश्न गरें, पार्टीलाई सही ढंगले लानलाई नै सुझाव आएको छ, नेतृत्वले सुन्नुपर्छ ।’

रावलले सरकारले जनताका पक्षमा काम नगरेको, पार्टी एकता टुंगिन नसकेको, नेताहरुले तल्लो तहसम्म अधिकार बाँडफाँड नगरेको, बजेट व्यावहारिक र जनमुखी नभएकोलगायतका विषयमा सबैजसो सांसदले धारणा राखेको बताए ।

             बाबुराम छोडेर प्रचण्ड तिर करिष्मा !
हालै एसइइ उतिर्ण गरेर चर्चामा आएकी सदाबहार अभिनेत्री तथा तत्कालिन नयाँ शक्ति, पार्टी नेपालकी केन्द्रिय सदस्य करिश्मा मानन्धरले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छिन् । बाबुराम भट्टराईसँग राजनीतिक सम्बन्ध अन्त्य गरेकी करिश्माले अन्ततः बाबुरामकै पूराना सहयात्री प्रचण्डसँग सम्बन्ध विस्तार गरेकी छिन् ।

नयाँ शक्तिमा सुरुवातदेखि नै लागेकी करिश्माको राजनीतिक मोह त्यतिवेला भंग भयो, जतिवेला उनले नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालबीच एकता भएर गठन भएको नयाँ पार्टी समाजवादी पार्टी, नेपालमा कुनै भूमिका पाईनन् । बाबुरामले पनि करिश्मालाई जिम्मेवारी दिलाउन मरिहत्ते गरेनन । त्यही भएर मानन्धर बाबुरामसँग चिढिएको कुरापनि बाहिर आएको थियो । तर, बाबुरामले भने करिश्माले साथ छोडेकोमा कुनै पछुतो मानेका छैनन । बरु, खुशी नै व्यक्त गरेका छन् ।हालैमात्रै एसईई उत्तिर्ण भएकी नायिका करिश्माको धोको भनेको मास्टर्सदेखि पिएचडी गर्नेसम्मको रहेको छ । उनी पूनः राजनीतिमा सक्रिय हुनेछिन । प्रचण्डसँगको भेटवार्तापछि करिश्मा नेकपामा प्रवेश गर्ने निश्चित प्रायः भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघ सस्था दर्ता ऐन -२०३४ तत्काल खारेज गर्नुपर्छ: अध्यक्ष पौडेल
संघ सस्था दर्ता ऐन -२०३४ तत्काल खारेज गर्नुपर्छ: अध्यक्ष पौडेल
नयाँ पार्टी खोल्दै माधव नेपाल, झलनाथ र भीम रावलले पाउनेछने यी जिम्मेवारी
दुर्घटनापछि दमकललगायत अत्यावश्यक सवारीसाधनलाई पहिलो प्राथमिकता दिने अठोट
दुर्घटनापछि दमकललगायत अत्यावश्यक सवारीसाधनलाई पहिलो प्राथमिकता दिने अठोट
दशगजामा भारतको दादागिरी, एकतर्फी सडक बनाउँदा नेपाली त्रसित
दशगजामा भारतको दादागिरी, एकतर्फी सडक बनाउँदा नेपाली त्रसित
विना मगरलाई आयोगले सोध्यो स्पष्टिकरण
विना मगरलाई आयोगले सोध्यो स्पष्टिकरण
प्रधानमन्त्री कार्यालयका सचिवको गाडी नेविसंघको कब्जामा
प्रधानमन्त्री कार्यालयका सचिवको गाडी नेविसंघको कब्जामा
खर्चालु चुनाव नरोक्दा युवा भ्रष्टचारी हुने: पूर्वसभामुख ढुंगाना
खर्चालु चुनाव नरोक्दा युवा भ्रष्टचारी हुने: पूर्वसभामुख ढुंगाना
चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कासँगको   शिखर सम्बाद !
चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कासँगको शिखर सम्बाद !
प्रदेश नं ५ को सभामुखमा घर्तीको निर्विरोध निर्वाचित
प्रदेश नं ५ को सभामुखमा घर्तीको निर्विरोध निर्वाचित
बाँकेमा प्रहरीको आक्रामक कानुनी डण्डा: २१६ मुद्दा दर्ता, ९२ फरार अपराधी पक्राउ
बाँकेमा प्रहरीको आक्रामक कानुनी डण्डा: २१६ मुद्दा दर्ता, ९२ फरार अपराधी पक्राउ

तपाईंले छुटाउनुभयो कि?