गोरेसहितका तीनजनालाई केन्द्रीय कारागार लगियो

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ २८, २०७५
|
|
४४ पटक हेरिएको
Shares
गोरेसहितका तीनजनालाई केन्द्रीय कारागार लगियो

सारांश

  • काठमाडौं, २८ जेठ ।
  •   साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका अभियुक्तमाथि सम्पत्ति शुद्धिकरणमा छानबिन अगाडि बढाइएको छ ।
  • जिल्ला अदालतमा बिचाराधिन मुद्दाका प्रतिवादी चूडामणि उप्रेती (गोरे) भुजुङ गुरुङ र डाक्टर डेविट भनिने छिरिङ वाङ्गेल घलेमाथि सम्पत्ति शुद्धिकरणमा छानबिन अगाडि बढाइएको हो ।

काठमाडौं, २८ जेठ ।  साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका अभियुक्तमाथि सम्पत्ति शुद्धिकरणमा छानबिन अगाडि बढाइएको छ ।

जिल्ला अदालतमा बिचाराधिन मुद्दाका प्रतिवादी चूडामणि उप्रेती (गोरे) भुजुङ गुरुङ र डाक्टर डेविट भनिने छिरिङ वाङ्गेल घलेमाथि सम्पत्ति शुद्धिकरणमा छानबिन अगाडि बढाइएको हो ।
तीनजनालाई सोमवार ललितपुरस्थित सम्पत्ति शुद्धिकरण विभागमा झिकाइएको थियो । विभागमा गोरेसहितको टोलीसँग प्रारम्भिक वयान लिइएको छ । त्यस लगत्तै गोरेसहितका तीनजनालाई केन्द्रीय कारागार सुन्धारा लगिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सम्पत्ति शुद्धिकरण अभियोगमा छानबिनका लागि छानबिन माग गर्दै अदालतमा अभियोग पत्र दायर गरेको थियो । सम्पत्ति शुद्धिकरण विभागले सरकारी वकिल कार्यालयको अभियोग पत्रका आधारमा तीन जनालाई झिकाउन जिल्ला अदालत मोरङमा पत्राचार गरेको थियो ।

मोरङले २५ जेठमा पठाएको पत्रमा प्रतिवादीहरुसँग कसुरको गाम्भीर्यताको आधारमा तत्काल केही कुरा बुझि जाँचबुझ कार्य अगाडि बढाउनुपर्ने भएकाले उनीहरुसँग बुझ्ने कुरा बुझी फिर्ता पठाइने उल्लेख छ ।

विभागले जाँचबुझ गर्नुपर्ने कुरा जाँचबुझ गरेपछि उनीहरुलाई फिर्ता पठाउनुपर्ने शर्तमा मोरङ जिल्ला अदालतले राजधानी झिकाउनका लागि अनुमति दिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले सुन तस्करीका अभियुक्तहरुले तस्करीमार्फत अकूत सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धिकरणमा छानबिनका लागि अभियोग पत्र दायर गरेको थियो ।

(rentalsfloridakeys.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?