गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट स्थापनामा पहल लिन रक्षामन्त्रीलाई आग्रह

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र २८, २०७५
|
|
३९ पटक हेरिएको
Shares
गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट स्थापनामा पहल लिन रक्षामन्त्रीलाई आग्रह

सारांश

  • काठमाडौं, २८ भदौ ।
  • नेपालस्थित दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग आज अपरान्ह रक्षा मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।
  • भेटका अवसरमा नेपाल र दक्षिण कोरियाबीचको कुटनीतिक सम्बन्ध, सरकारका कार्ययोजना, आर्थिक विकास, दुई मुलुकका बीचको सैन्य तालिम तथा सहकार्य एवं प्रविधि हस्तान्तरण लगायतका विषयमा छलफल भएको रक्षामन्त्रालयका प्रवक्ता ऋषि राजभण्डारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

काठमाडौं, २८ भदौ । नेपालस्थित दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग आज अपरान्ह रक्षा मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमा नेपाल र दक्षिण कोरियाबीचको कुटनीतिक सम्बन्ध, सरकारका कार्ययोजना, आर्थिक विकास, दुई मुलुकका बीचको सैन्य तालिम तथा सहकार्य एवं प्रविधि हस्तान्तरण लगायतका विषयमा छलफल भएको रक्षामन्त्रालयका प्रवक्ता ऋषि राजभण्डारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

राजदूत सिकले नेपाल र कोरियाबीचको सम्बन्ध सुदृढ गर्दै सैन्य क्षेत्रमा दुई देशबीच भइरहेको तालिमको आदानप्रदानले दुबै देश लाभान्वित भएको बताए । उनले भविष्यमा पनि यस प्रकारको तालिमको आदानप्रदान निरन्तर हुने विश्वास व्यक्त गर्दै नेपाली सेनाका लागि आवश्यक पर्ने गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट स्थापना गर्न चालिएको प्रक्रिया अगाडि बढिसकेको सन्दर्भमा केही विलम्व भएकोले रक्षामन्त्रीबाट थप पहलको अपेक्षा गरेका थिए ।

त्यस्तै दुई पक्षीय सैन्य सहयोगका लागि स्टाफ कलेजमा तालिम आदानप्रदान गर्ने विषयमा समझदारी प्रक्रिया अघि बढिसकेको बताउँदैं राजदूत सिकले विश्व शान्ति स्थापनार्थ नेपाली सेनाको योगदान मुक्तकण्ठले प्रशंसा गरेका थिए । विश्व शान्ति कायम गर्ने कुरामा नेपाली सेनाले अझ उत्कृष्ट कार्य गर्ने विश्वास व्यक्त पनि गरे । यसै सन्दर्भमा राजदूत सिकले कोरियाले नेपाली सेनासँग सहकार्य गर्न चाहिरहेको बताउँदै मित्रताको भावलाई अझ परिष्कृत गर्न चाहेको बताए ।

सो अवसरमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले महामहिम राजदूतलाई शिष्टाचार भेटको लागि धन्यवाद व्यक्त गर्दै नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध प्रगाढ रहेको बताए । नेपाल लामो संक्रमणपछि विकास र स्थायित्वतर्फ अघि बढिरहेको बताउँदै विगतमा जस्तै आगामी दिनमा पनि दक्षिण कोरियाको सहयोग निरन्तर हुनेमा विश्वास व्यक्त गरेका थिए ।

उपप्रधानमन्त्री पोख्रेलले सैन्य क्षेत्रको सदृढिकरणका निम्ति दुई देशबीच सम्पन्न भएका सम्झौता शीघ्र कार्यान्वयनमा ल्याउने विश्वास दिलाएका थिए । गोलीगठ्ठा उत्पादन गर्न प्लान्ट जडान स्थापना गर्ने सन्दर्भमा मन्त्रीपरिषदबाट विलम्व भएको महसुस भएको बताउँदै सरकार यस कुरामा सकारात्मक रहेको बताए । पोख्रेलले राजनीतिक परिवर्तनले केही विलम्व भएको बताउँदैं यसको अवधारणा आफैमा राम्रो रहेको र यो साझा सरोकारको विषय रहेको बुझिदिन आग्रह गरे ।

कोरियाली सेनाले नेपालमा हाई अल्ट्युचिड माउण्टेन वारफेयर ट्रेनिङ लिने गरिरहेको बताउदैं यसलाई निरन्तरता दिइने बताए । कोरियाद्वारा नेपालको आर्थिक सहयोगको क्षेत्रमा राम्रो योगदान हुँदैं आएको बताउँदैं सैन्य क्षेत्रमा प्राविधिक सहयोगको अपेक्षा गरेको बताए । शिष्टाचार भेटमा रक्षा मन्त्रालयका सहसचिव ऋषि राजभण्डारी तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेतको उपस्थिति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तरुलले बचाउँछ क्यान्सरबाट
तरुलले बचाउँछ क्यान्सरबाट
शेरबहादुरको भाग्य बलियो भएकोले प्रधानमन्त्री भएका हुन-ओली
शेरबहादुरको भाग्य बलियो भएकोले प्रधानमन्त्री भएका हुन-ओली
जनहितमा काम गर्न एमालेका मन्त्रीहरुलाई अध्यक्ष ओलीको निर्देशन
जनहितमा काम गर्न एमालेका मन्त्रीहरुलाई अध्यक्ष ओलीको निर्देशन
झापामा वर्ष ८० प्रतिशत मानिसले हात्तीपाइलेविरुद्धको औषधि सेवन गरे
झापामा वर्ष ८० प्रतिशत मानिसले हात्तीपाइलेविरुद्धको औषधि सेवन गरे
ऋणको किस्ता र ब्याज तिर्ने समय लम्बाउन राष्ट्र बैंकको निर्देशन कुर्दै व्यवसायी
ऋणको किस्ता र ब्याज तिर्ने समय लम्बाउन राष्ट्र बैंकको निर्देशन कुर्दै व्यवसायी
कांग्रेसले चारवटा प्रदेशमा उम्मेदवार टुङ्ग्यायो (नामावलीसहित)
कांग्रेसले चारवटा प्रदेशमा उम्मेदवार टुङ्ग्यायो (नामावलीसहित)
शक्तिराष्ट्रको ध्यान कोरोना भ्याक्सिन बेचेर मोटो रकम कमाउनेतर्फ
शक्तिराष्ट्रको ध्यान कोरोना भ्याक्सिन बेचेर मोटो रकम कमाउनेतर्फ
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी
गोर्खाल्यान्ड आन्दोलन : दार्जिलिङ सञ्चार सम्पर्कविहीन
गोर्खाल्यान्ड आन्दोलन : दार्जिलिङ सञ्चार सम्पर्कविहीन
११ दिन मिटिङ बसेपछि आयो विप्लवको यस्तो निर्णय
११ दिन मिटिङ बसेपछि आयो विप्लवको यस्तो निर्णय

तपाईंले छुटाउनुभयो कि?