गौचन हत्याका मुख्य योजनाकार बस्नेत यसरी पक्राउ : को हुन् बस्नेत?हेर्नुहोस् यसकारण भयो हत्या

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १८, २०७४
|
|
३७ पटक हेरिएको
Shares
गौचन हत्याका मुख्य योजनाकार बस्नेत यसरी पक्राउ : को हुन् बस्नेत?हेर्नुहोस् यसकारण भयो हत्या

सारांश

  • काठमाडौं: नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न मुख्य योजनाकार समीरमानसिंह बस्नेत पक्राउ परेका छन् ।
  • काठमाडौं–१३ बाफलका ३४ वर्षीय बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले शनिबार चितवनको नारायणगढबाट पक्राउ गरेको हो ।
  • सिआइबीका प्रमुख डिआइजी पुष्कर कार्कीले बस्नेतकै योजनामा गौचनको हत्या भएको बताए ।

काठमाडौं: नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न मुख्य योजनाकार समीरमानसिंह बस्नेत पक्राउ परेका छन् ।

काठमाडौं–१३ बाफलका ३४ वर्षीय बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले शनिबार चितवनको नारायणगढबाट पक्राउ गरेको हो । सिआइबीका प्रमुख डिआइजी पुष्कर कार्कीले बस्नेतकै योजनामा गौचनको हत्या भएको बताए ।

‘गौचन हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेत पक्राउ परेका छन् । अहिलेसम्मको अनुसन्धान हेर्दा उनी नै हत्याका मुख्य योजनाकार हुन् । हत्यामा संलग्न अन्य अभियुक्तको खोजी भइरहेको छ,’ आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्कीले भने ।,

यसरी पक्राउ परे बस्नेत
प्रहरीले बस्नेतको कमजोरी पक्राउ परेका अन्य अभियुक्तमार्फत लियो । हत्यामा प्रयोग गरिएका प्रविधिबारे जानकारी पनि उनीहरूबाटै प्राप्त गर्यो । पक्राउ परेका अभियुक्तले बस्नेत भारतमै लुकेका जानकारी दिए ।

सामाजिक सञ्जालमार्फत प्रहरीले बस्नेतलाई चितवनसम्म ल्याउन योजना बनायो । योजनाअनुसार नै बस्नेत चितवन आए । चितवन आएकै वेला उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार बस्नेत पक्राउ गर्न पाँच लाख भारु अर्थात् आठ लाख रुपैयाँ खर्च भएको छ ।

को हुन् बस्नेत ?

समिरमानसिंह बस्नेत काठमाडौं–१३ बाफलका स्थायी बासिन्दा हुन् । उनको शैक्षिक योग्यता १२ अध्ययन हो । कलेज पढ्दापढ्दै उनी चक्रे मिलन उर्फ मिलन गुरुङसँग निकट भए ।

अध्ययन छोडेर पूर्णकालीन रूपमा चक्रे मिलन समूहमा बसेर आपराधिक काममा सक्रिय बने । चक्रे मिलनसँग विवाद भएपछि उनी कुमार घैँटे समूहमा लागे । घैँटे समूहसँग संलग्न रहेका वेला उनले असुली धन्दा चलाए ।

घैँटे राजनीतिमा लागेपछि उनले घैँटे समूह पनि छाडे र आफ्नै समूह बनाउन तर्फ लागे । आश्रयस्थलका लागि भारतमै बसेका वेला उनको मनोज पुनसँग भेट भयो । मनोजको सक्रियतापछि समूहमा अन्य सदस्य पनि थपिए । र, डनका रूपमा आपराधिक क्षेत्रमा उदाए ।यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?