मन्त्रिपरिषद्का दुईजना मन्त्रीहरूले राजीनामा दिए

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ २६, २०७५
|
|
४५ पटक हेरिएको
Shares
मन्त्रिपरिषद्का दुईजना मन्त्रीहरूले राजीनामा दिए

सारांश

  • लण्डन(संयुक्त अधिराज्य), २६ असार (बीबीसी)।
  • ब्रिटेनको कन्जर्भेटिभ पार्टीका उच्च नेताहरूले प्रधानमन्त्री टरिजा मेले उनको नेतृत्वमा तत्काल चुनौतीको सामना गर्नुपर्ने बताएका छन्।
  • सोमवारको उतारचढावपूर्ण २४ घण्टामा उनले आफ्नो मन्त्रिपरिषद्का दुई वरिष्ठ मन्त्रीहरू गुमाएकी छन्।

लण्डन(संयुक्त अधिराज्य), २६ असार (बीबीसी)। ब्रिटेनको कन्जर्भेटिभ पार्टीका उच्च नेताहरूले प्रधानमन्त्री टरिजा मेले उनको नेतृत्वमा तत्काल चुनौतीको सामना गर्नुपर्ने बताएका छन्।

सोमवारको उतारचढावपूर्ण २४ घण्टामा उनले आफ्नो मन्त्रिपरिषद्का दुई वरिष्ठ मन्त्रीहरू गुमाएकी छन्।

ब्रिटेनले युरोपेली संघ इयु छोडेपछि पनि उनीहरूसँग निकट व्यापार सम्बन्ध राख्ने उनको योजनालाई लिएर ती मन्त्रीहरूले राजीनामा दिएका हुन्।

ब्रेक्जिटका मुख्य वार्ताकार डेभिड डेभिसले राजीनामा दिएपछि विदेशमन्त्री बरिस जोनसनले पनि दिएका हुन्।

उपनिवेशको हैसियत

जनसनले प्रधानमन्त्री मेको योजनाले देशलाई उपनिवेशको हैसियतमा पुर्‍याउने बताएका छन्।

तर मेले सरकार वा विपक्षी दलमा औपचारिक स्थान नभएका सांसदहरूसँग भेटेकी थिइन्। युरोपेली संघबाट ब्रिटेन बाहिरिनुपर्नेमा वकालत गर्नेहरूले आफूहरू अहिले मेविरुद्ध नजाने बताएका छन्।

जनसनले राजीनामा दिएपछि उनको ठाउँमा स्वास्थ्यमन्त्री जेरेमी हन्ट आएका छन्।

अविश्वास
हन्टको ठाउँमा चाहिँ संस्कृति मन्त्री म्याट ह्यानकक आएका छन्। ब्रिटेनले सन् २०१९ को मार्च युरोपेली संघ छोड्दैछ।

तर दुवै पक्षले त्यसपछि व्यापारबारे के गर्ने भन्नेमा चाहिँ सहमति जनाउन बाँकी नै छ।

ब्रिटेनको यस्तो उतारचढावपूर्ण दिनलाई युरोपमा अविश्वासको रुपमा हेरिएको छ।

युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले ब्रेक्जिटले निम्त्याएको समस्या समाधान अझै टाढा रहेको बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?