पुल निर्माण अलपत्र

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र २५, २०७५
|
|
५३ पटक हेरिएको
Shares
पुल निर्माण अलपत्र

सारांश

  • जाजरकोट, २५ भदौ ।
  • जाजरकोट–जुम्ला सडकको छेडा–थलह सडकखण्डमा पर्ने मोटरेबल पुल निर्माण अलपत्र छ ।
  • ठेक्का सम्झौताको सात वर्ष बितिसक्दा पनि पुल बन्न नसकेको हो ।

जाजरकोट, २५ भदौ । जाजरकोट–जुम्ला सडकको छेडा–थलह सडकखण्डमा पर्ने मोटरेबल पुल निर्माण अलपत्र छ ।ठेक्का सम्झौताको सात वर्ष बितिसक्दा पनि पुल बन्न नसकेको हो । १८ महिनामा बन्नुपर्ने पुल नबनेपछि निर्माण कम्पनीलाई कालोसूचीमा राखेर ठेक्का तोड्ने सम्बन्धमा सर्वोच्च अदालतको फैसला ढिलाइले पुल निर्माण अलपत्र परेको छ । पुल नबनेपछि वर्षामा पश्चिम जाजरकोटको यातायात ठप्प हुने गरेको छ । स्थानीयले पुल निर्माण बनाउन धेरै पटक जिल्ला तहदेखि सङ्घीय सरकारको समेत ध्यानाकर्षण गराइसकेका छन् । कसैको यसतर्फ ध्यान नदिएको शिवालय–१ का पूर्णबहादुर महताराले बताउनुभयो ।

पुल निर्माणमा बेवास्ता गर्ने सर्वउद्धार÷फ्रेन्डस् जेभी निर्माण सेवा काठमाडौँलाई जिल्ला समन्वय समितिको सिफारिशमा सार्वजनिक खरिद अनुगमन कार्यालयले गत वर्ष नै कालोसूचीमा राखेर ठेक्का सम्झौता तोड्ने निर्णय गरेको थियो । फर्म कालोसूचीमा राखिएपछि निर्माण कम्पनीका प्रोप्राइटर हरिबहादुर लामा र पुष्पराज बजगाईंले कालोसूचीबाट हटाई पाऊँ भनी सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।सर्वोच्चले गत वर्ष असोज २७ गते विपक्षका नाममा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश जारी गरेको थियो । वर्ष दिन बित्न लाग्दा पनि अन्तिम फैसला भने हुन सकेको छैन ।

पुलको विषय अदालतमा विचाराधीन रहेकाले ठेक्का तोडी नयाँ खोल्न नमिल्ने जिल्ला समन्वय अधिकारी कमलराज भण्डारीको भनाइ छ । पुल निर्माण रोकिएपछि गत आवको रु ७० लाख बजेट फिर्ता गएको छ । सो मोर्क खोला पुल निर्माणमा ढिलाइ हुँदा जाजरकोट जुम्ला सडकमा पर्ने १२ वटा पुल निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । साथै अन्य विकास निर्माणमा पनि बाधा पुगेको जिल्ला समन्वय अधिकारी भण्डारीको भनाइ छ ।जाजरकोटको शिवालय गाउँपालिका–१ को मोर्कखोला जोडिने २५ मिटर लम्बाइ तथा चार मिटर चौडाइको मोर्क पुल स्थानीय सडक पुल आयोजनाअन्तर्गत निर्माण हुन लागेको हो ।

पुल बनाउन तत्कालीन जिल्ला विकास समितिले विसं ०६९ मा सर्वउद्धार÷फ्रेन्ड्स जेभी निर्माण सेवा काठमाडौँलाई ठेक्का दिएको थियो । रु एक करोड ९६ लाख लागतमध्ये घटाघटमा रु एक करोड ४४ लाखमा सम्झौता गरेको थियो ।ठेकेदारले पुल निर्माण गर्न रु ९१ लाख ८४ भुक्तानी लिइसकेका छन् । तर पुलको ‘सब स्टक्चर’ को कार्य बाहेक अन्य काम हुन सकेको छैन । पुलको ‘सुपरस्टक्चर’, पहुँचमार्ग, नदी नियन्त्रणलगायत कार्य अलपत्र छ । विसं ०७३ मा तेस्रो पटक म्याद थप हँुदासमेत निर्माण कम्पनीले पुल निर्माणमा सक्रियता देखाएन ।मोर्क बजारदेखि थलहबजारसम्मको २५ किमी सडकमा यातायात सहज बन्न नसकेको स्थानीयको गुनासो छ । सडक बने पनि यातायातको सुविधा नहुँदा स्थानीयलाई आवताजावतमा सास्ती हुने गरेको छ ।

वर्षेनी वर्षासँगै खोलामा पानी बढेपछि यातायात अवरुद्ध हुने गर्छ । पुल नहँुदा स्थानीयले जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता भएको शिवालय गाउँपालिका–१ स्यापीका हरिबहादुर पुनले बताउनुभयो । स्थानीय तहले रु २६ लाख खर्चेर बनाएको कजवेलेसमेत काम नगरेको उहाँ बताउनुहुन्छ ।पुल नबन्दा खोलाले बगाएर स्थानीयको ज्यानसमेत जाने गरेको छ । छिटोछरितो पुल निर्माण गर्न सरोकारवाला निकाय गम्भीर हुनुपर्ने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक राहत शिक्षकको भरमा पाँचवटा कक्षाका ८१ विद्यार्थी
एक राहत शिक्षकको भरमा पाँचवटा कक्षाका ८१ विद्यार्थी
तीन वटा तरकारी बजार विस्तार गर्न मन्त्री खनालको निर्देशन,यस्तो छ मन्त्रीको निर्देशनको पूर्ण पाठ 
तीन वटा तरकारी बजार विस्तार गर्न मन्त्री खनालको निर्देशन,यस्तो छ मन्त्रीको निर्देशनको पूर्ण पाठ 
मुना खत्री : जसले अन्तरर्रा्ष्ट्रिय मानव तस्करको जालो तोडिन्
मुना खत्री : जसले अन्तरर्रा्ष्ट्रिय मानव तस्करको जालो तोडिन्
राधिकाको हत्यामा संलग्न प्रहरी हबल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला
राधिकाको हत्यामा संलग्न प्रहरी हबल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला
सर्वोच्चको आदेशमा दीपक मनाङ्गे थुनामुक्त
सर्वोच्चको आदेशमा दीपक मनाङ्गे थुनामुक्त
माथिल्लो तामाकोशी आयोजना ःगाउँ गाउँमा स्वयंसेवक जाने,  काठमाडौँबाटै शेयर भर्न पाइने
माथिल्लो तामाकोशी आयोजना ःगाउँ गाउँमा स्वयंसेवक जाने, काठमाडौँबाटै शेयर भर्न पाइने
भारतमा एकैदिन २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित
भारतमा एकैदिन २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित
बजेट निर्माण र कार्यान्वयन दुवै चुनौतीपूर्ण : आर्थिक मामिला मन्त्री ढुंगेल
बजेट निर्माण र कार्यान्वयन दुवै चुनौतीपूर्ण : आर्थिक मामिला मन्त्री ढुंगेल
ईयूको प्रतिवेदनप्रति रवीन्द्र मिश्रको कडा टिप्पणी, ‘पश्चिमा राष्ट्र विष चुहाउँदै हिँडेका छन्’
ईयूको प्रतिवेदनप्रति रवीन्द्र मिश्रको कडा टिप्पणी, ‘पश्चिमा राष्ट्र विष चुहाउँदै हिँडेका छन्’
चीनको टकराव बढ्यो पश्चिमा देशहरुसँग
चीनको टकराव बढ्यो पश्चिमा देशहरुसँग

तपाईंले छुटाउनुभयो कि?