सर्वोच्चको आदेशमा दीपक मनाङ्गे थुनामुक्त

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष ६, २०७५
|
|
३९ पटक हेरिएको
Shares
सर्वोच्चको आदेशमा दीपक मनाङ्गे थुनामुक्त

सारांश

  • काठमाडौ ६ पुष।
  • सर्वोच्च अदालतको आदेशमा दीपक मनाङ्गे थुनामुक्त भएका छन्।
  • सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराई धरौटी रकम बुझाएपछि सर्वोच्चले मुलुकी ऐन २०२० को अदालती बन्दोबस्तको महलको १९४ बमोजिम तारेखमा छाड्न डिल्लीबजार कारागारलाई आदेश दिएको हो।

काठमाडौ ६ पुष।सर्वोच्च अदालतको आदेशमा दीपक मनाङ्गे थुनामुक्त भएका छन्।सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराई धरौटी रकम बुझाएपछि सर्वोच्चले मुलुकी ऐन २०२० को अदालती बन्दोबस्तको महलको १९४ बमोजिम तारेखमा छाड्न डिल्लीबजार कारागारलाई आदेश दिएको हो।

गुरुङले सर्वोच्च अदालतमा २७ हजार ३ सय ७५ रुपैयाँ धरौटी बुझाएर मुद्दा पुनरावलोकनको निवेदन दिएका छन् ।

प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका मनाङ्गे डिल्ली बजार कारागार मा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा कैद सजाय काटीरहेका थीए।

दीपक मनाङ्गेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार होनेको थियो,सोही मुद्दा मा मनाङ्गेलाई तत्कालिन पुनरावेदन अदालत पाटनले पाँच वर्ष थुनामा  राख्न आदेश दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?