प्रधानसेनापतिका विषयमा झुठो सूचनामा आधारित समाचार प्रकाशित भयो : उपप्रधानमन्त्री खड्का

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २९, २०८०
|
|
५५ पटक हेरिएको
Shares
प्रधानसेनापतिका विषयमा झुठो सूचनामा आधारित समाचार प्रकाशित भयो : उपप्रधानमन्त्री खड्का

सारांश

  • काठमाडौँ ।
  • उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका विषयमा सञ्चारमाध्यमले झुठो र गलत सूचनामा आधारित समाचार प्रकाशित गरेको बताएका छन् ।
  • नेपाल पत्रकार महासङ्घ, राजनीतिशास्त्र अध्ययन सङ्घ र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा संयुक्तरुपमा आज आयोजित ‘नेपालमा इन्टरनेट र मित्थ्या सूचना : लोकतन्त्र र प्रेस स्वन्त्रतामा चुनौती’ विषयक कार्यक्रममा रक्षामन्त्री खड्काले नेपाली सेनाका विषयमा गलत र झुठा सूचनामा आधारित समाचार सम्प्रेषण हुँदा यसले संस्थामा अत्यन्तै ठूलो भ्रम सिर्जना गर्ने परिस्थितिका निर्माण भएको उल्लेख गरेका छन् ।

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका विषयमा सञ्चारमाध्यमले झुठो र गलत सूचनामा आधारित समाचार प्रकाशित गरेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ, राजनीतिशास्त्र अध्ययन सङ्घ र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा संयुक्तरुपमा आज आयोजित ‘नेपालमा इन्टरनेट र मित्थ्या सूचना : लोकतन्त्र र प्रेस स्वन्त्रतामा चुनौती’ विषयक कार्यक्रममा रक्षामन्त्री खड्काले नेपाली सेनाका विषयमा गलत र झुठा सूचनामा आधारित समाचार सम्प्रेषण हुँदा यसले संस्थामा अत्यन्तै ठूलो भ्रम सिर्जना गर्ने परिस्थितिका निर्माण भएको उल्लेख गरेका छन् ।

“नेपाली सेनाका एकजना सहायक रथीको बढुवाको सन्दर्भ जोडेर ठूलो समाचार बन्यो, राजनीतिक पार्टीमा छलफलको विषय बन्यो । सो विषयमा सम्बन्धित फोरममा प्रष्ट पार्ने कोसिस पनि गरेँ”, उनले भने, “तर अझै पनि भावी प्रधानसेनापतिसँग जोडेर गलत सूचना आइरहेको छ । जसमा सत्यता छैन ।”

उपप्रधानमन्त्री खड्काले सरकारले नेपाली सेनाका सहायक रथी यामबहादुर अधिकारीको पदावधि सेनाको नियमावलीअनुसार थप भएको बताए । तत्कालीन माओवादीका लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने सहमति अनुरुप तोकिएको मापदण्ड, परम्परा, संस्थागत थिती, सैनिक ऐन नियमलाई प्रतिकुल असर नहुने गरी समायोजनको बन्दोवस्तो गरिएको प्रसंग उल्लेख गर्दै उनले सोही क्रममा अधिकारीलाई २०७६ सालमा सरकारले अतिरिक्त सहायक रथीको पद सिर्जना गरेर बढुवा गरेको बताए ।

रक्षामन्त्री खड्काले सहायक रथीको पदावधि सात वर्षको हुने उल्लेख गर्दै अधिकारीको उमेरको अवधिले पुग्ने, सेनाको बोर्ड, प्रधानसेनापति र रक्षामन्त्रालयको सिफारिसका आधारमा मन्त्रिपरिषदले एक पटकका लागि तीन वर्षको पदावधि थप गरेको स्पष्ट पारेका छन् । “अहिले नेपाली सेनाको नियमावली चलाएर अधिकारीलाई प्रधानसेनापति बनाउँदैछ भनेर सञ्चारमाध्यमले प्रपञ्च चलाएका छन्”, उपप्रधानमन्त्री खड्काले, “यी सबै झुठा कुरा हुन् ।”

नेपाली सेनाको प्रधानसेनापति हुनका लागि निश्चित मापदण्ड, तालिम आवश्यक हुने उनको भनाइ छ । “सो सम्बन्धमा सरकार, रक्षामन्त्रालय सैनिक नियमभन्दा दायाँबायाँ जाने कल्पना पनि गर्न सकिन्न”, उनले भने, “त्यसैले सहायक रथी अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत हो, झुठा हो । गलत सूचनाका आधारमा समाचार बनाएर राजनीतिबाट मुक्त रहेको र नेपाली जनताको भरोसाको संस्थालाई चलाउने प्रयास गरिएको छ ।”
  
उनले प्रेस स्वतन्त्रता, अधिकार र हकका साथै इन्टरनेट र सामाजिक सञ्जालको उपयोग गर्दा समाजमा हुने हानी, संस्थामा पर्ने असर, नागरिकमा पर्ने नराम्रो प्रभावले गलत कुरा पनि सही होकि भन्ने वातावरण उत्पन्न हुने हुँदा त्यसतर्फ सचेत हुन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केराले बजार नपाउदा चरालाई आहारा
केराले बजार नपाउदा चरालाई आहारा
विश्वकप फुटबल २०१८: अघिल्लो विश्वकप स्टार रड्रिगेजमाथि सबैका नजर
विश्वकप फुटबल २०१८: अघिल्लो विश्वकप स्टार रड्रिगेजमाथि सबैका नजर
कांग्रेसको चुनाव अभियान सुरु : एमसिसीबारे छरिएका भ्रम चिर्ने र तत्कालीन नेकपा सरकारको भण्डाफोर गर्ने
कांग्रेसको चुनाव अभियान सुरु : एमसिसीबारे छरिएका भ्रम चिर्ने र तत्कालीन नेकपा सरकारको भण्डाफोर गर्ने
घाउपछिको मलममा भन्दा रोकथाममा जोड दिनुपर्छ : एक्सनएड
घाउपछिको मलममा भन्दा रोकथाममा जोड दिनुपर्छ : एक्सनएड
राष्ट्रिय कविता महोत्सव २०७९ का विजेतालाई राष्ट्रपति भण्डारीद्वारा पुरस्कार वितरण
राष्ट्रिय कविता महोत्सव २०७९ का विजेतालाई राष्ट्रपति भण्डारीद्वारा पुरस्कार वितरण
महिलामाथि लाठी प्रहार गर्ने प्रहरी निरीक्षकमाथि छानविन सुरु
महिलामाथि लाठी प्रहार गर्ने प्रहरी निरीक्षकमाथि छानविन सुरु
सोमबारको मौसम : तपाईमा हुस्सु र हिमाली भू-भागमा हिमपातको सम्भावना
सोमबारको मौसम : तपाईमा हुस्सु र हिमाली भू-भागमा हिमपातको सम्भावना
अँध्यारोमा कसैले तरवार नचलाऊँ : सञ्चारमन्त्री बास्कोटा
जीतपछि गगनले भने- ‘ओलीजी, अहंकारको भारीले तपाइँलाई थिच्ला’
जीतपछि गगनले भने- ‘ओलीजी, अहंकारको भारीले तपाइँलाई थिच्ला’
ट्याक्टरले च्यापेर चालकको मृत्यु
ट्याक्टरले च्यापेर चालकको मृत्यु

तपाईंले छुटाउनुभयो कि?