महिलामाथि लाठी प्रहार गर्ने प्रहरी निरीक्षकमाथि छानविन सुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १६, २०७६
|
|
४० पटक हेरिएको
Shares
महिलामाथि लाठी प्रहार गर्ने प्रहरी निरीक्षकमाथि छानविन सुरु

सारांश

  • ललितपुरको भैसेपाटीमा महिलामाथि लाठी प्रहार गर्ने महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ ।
  • नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्रीको घर घेर्ने टोलीमा सहभागी हेमा श्रेष्ठलाई लाठी हानेपछि इन्सपेक्टर पौडेलमाथि छानविन सुरु गरिएको हो ।
  • प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएपछि ललितपुर प्रहरी परिसरले छानविन सुरु गरेको बताइएको छ ।

ललितपुरको भैसेपाटीमा महिलामाथि लाठी प्रहार गर्ने महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ ।

नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्रीको घर घेर्ने टोलीमा सहभागी हेमा श्रेष्ठलाई लाठी हानेपछि इन्सपेक्टर पौडेलमाथि छानविन सुरु गरिएको हो । प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएपछि ललितपुर प्रहरी परिसरले छानविन सुरु गरेको बताइएको छ । निर्देशनपछि ललितपुर प्रहरीले प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ ।

समितिलाई घटनाबारे यर्थाथ विषय पत्ता लगाएर प्रतिवेदन बुझाउन म्याण्डेट दिइएको छ । प्रतिवेदनको रायको आधारमा पौडेलले कारबाही हुनसक्छ । स्रोतका अनुसार समितिले पौडेललाई प्रारम्भमा स्पष्टिकरण सोध्ने तयारी गरेको छ । समग्र प्रकरणको विषय एकातिर भए पनि महिलालाई नियन्त्रणमा लिने क्रममा पुरुष प्रहरीले बल प्रयोग गर्नु गलत भएको प्रहरी उच्च अधिकृतहरु बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमणबाट १० जनाको मृत्यु (विवरणसहित)
मङ्सिर अन्तिम साता ११औँ महाधिवेशन गर्ने एमाले सचिवालय बैठकको निर्णय
मङ्सिर अन्तिम साता ११औँ महाधिवेशन गर्ने एमाले सचिवालय बैठकको निर्णय
सदनको गतिरोध अन्त्य गर्न एमाले सहमत
सदनको गतिरोध अन्त्य गर्न एमाले सहमत
राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन अन्तर निकाय समन्वय र सहकार्य बलियो हुनुपर्छ ः प्रधानमन्त्री
राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन अन्तर निकाय समन्वय र सहकार्य बलियो हुनुपर्छ ः प्रधानमन्त्री
रु छ लाखसहित प्राविधिक कार्यालयका प्रमुख पक्राउ
रु छ लाखसहित प्राविधिक कार्यालयका प्रमुख पक्राउ
संविधान संशाेधन विरूद्ध कांग्रेस-माअाेवादीकै कार्याकर्ता सडकमा…
अफिसमै बोलाएर पटक पटक बलात्कार, ‘पैसा खाएर’ घटना मिलाउन खोज्दै प्रहरी ?
अफिसमै बोलाएर पटक पटक बलात्कार, ‘पैसा खाएर’ घटना मिलाउन खोज्दै प्रहरी ?
प्रदेश नं ५ का उद्यमीको भेला रामपुरमा
प्रदेश नं ५ का उद्यमीको भेला रामपुरमा
सांसदहरुको बिदाइमा नेताको सम्बोधन,सभामुखको रात्रिभोज,सांसदले पाउने भए स्थायी लोगो;
सांसदहरुको बिदाइमा नेताको सम्बोधन,सभामुखको रात्रिभोज,सांसदले पाउने भए स्थायी लोगो;
नीति तथा कार्यक्रममाथि २० सांसदको संशोधन प्रस्ताव
नीति तथा कार्यक्रममाथि २० सांसदको संशोधन प्रस्ताव